चमिना भट्टराई
०६२- ६२ को क्रान्ति सम्पन्न भएर सामन्तवादलाई समाप्त गरी मुलुक पूँजीवादी युगमा प्रवेश गरे पनि सामन्तवादको बाछिटाले भने हामी महिलालाई छोडेको छैन । समाज, राजनैतिक दल र आफ्नै घर भित्र हामीले त्यो बाछिटाको सामना गरी रहेका छौं । सामन्तवादको अवशेषबाट हामीले मुक्त पाउन समाजवादमा पुग्नैपर्छ त्यो, निर्विकल्प हो । तर, समाज त यही हो नी खोइ त व्यवहारमा समाजवादमा जाने संकेत देखिएको ? प्रश्न चोटिलो छ
समाजवाद सुन्न र सुनाउन अति सुन्दर शब्द हो । समाजवादी समाज, समाजवादी राज्य संरचना सुन्दै पनि मन प्रफुल्लित हुन्छ । तर, समाजवादमा पुग्न हिँडेका हामी व्यवहारमा कति समाजवादी छौं ? हाम्रो व्यवहार, आचरण, शैली र हाम्रो दैनिकी समाजवाद सम्म पुग्ने आधारमा छन् की छैन ? गम्भिर हुन पर्छ । समाजवाद सुन्न र सुनाउनका लागि होइन, अनुभूति गर्न र भोग्नका लागि, मानिसका जीवन र दैनिकीलाई सहज बनाएर समानताका आधारमा बाच्नका लागि सर्वश्रेष्ठ व्यवस्था हो । त्यसैले यसलाई शब्द जाल बनाउने प्रयास नगरौँ । आफूले आफूलाई अब्बल ठान्ने र अरु सबै केही होइनन्, भन्ने सोचले समाजवादी व्यवस्था ल्याउन हिडेको भन्नु उल्टो गन्तव्य हुनेछ । त्यसो हुँदा यो एक प्रकारको देखाउने आडम्बर हो छ ।
समाजवादले जात, वर्ग र लिंगका आधारमा गरिने सबै प्रकारका विभेदलाई अन्त्य गरी समानताका आधारमा सबैले सम्मान र आत्मविश्वासका साथ बाच्ने आधार तयार गर्छ । रोग, भोक र शोकले मर्न परेको विद्यमान संरचनालाई अन्त्य गर्छ । राज्य, समाज र व्यवस्था हामी सबैको साझा भएकाले यसमा सबैलाई अपनत बोध गराउँछ र सबै जिम्मेवार बन्ने वातावरण बन्छ । त्यसैले कति सुन्दर छ समाजवादी व्यवस्थाको शब्द । यो शब्दमा मात्रै होइन, वास्तवमा नै सुन्दर छ हामीले चाहेको समाजवाद । सुन्दै गर्वले छाति फराकिलो हुन्छ । तर, यसलाई कतिले भन्नका लागि मात्रै सिमति गराएका छन् ।
समाजवादी लक्ष्य लिएका हरेक मान्छेले कुनै वर्ग, जात, धर्म र लिंगका आधारमा कसैलाई विभेद गर्देन । सबैलाई समान दृष्टिले हेर्छ, यो व्यवहारिक र सैद्धान्तिक कुरा हो । तर, समाजवादको नारा अलपेर नथाक्ने मान्छेले यी सबै कुरा पूरा गरेको भने अनुभूति भने गर्न सकिएको छैन । समाजवादीको लक्ष्य लिएर सँगै हिडेका हामी आफैले भने समानताको अनुभूति गर्न पाइरहेका छैनौं । कहिँ न कहिँ हामीसँगैका सहयात्रीबाट सामन्तवादी सोचको सिकार हुने गरेका छौं । त्यही समाजवादी चिन्तन बोक्ने भन्नेबाट नै । यो विडम्बना हाम्रो समाजमा, राजनैतिक दलमा, प्रशासनीक क्षेत्रमा कही कतै अछुतो छैन ।
नेपालको सन्दर्भमा भन्ने हो भने विभिन्न समयमा परिवर्तनको मोर्चामा लड्दै आएका महिलाले समाजवादी व्यवस्था पुग्दा चाहिँ समानताको अनुभूति गर्न पाइन्छ की ! भन्ने आस गरेका छौं । योगमायाको समाजिक विद्रोह देखि आजसम्म आउँदा महिलाले जति लडाइ लडे पनि कँही कतै समानताको अनुभूति गर्न पाएका छैनौँ । ०६२-६२ को क्रान्ति सम्पन्न भएर सामन्तवादलाई समाप्त गरी मुलुक पूँजीवादी युवमा प्रवेश गरे पनि सामन्तवादको बाछिटाले भने हामी महिलालाई छोडेको छैन । समाज, राजनैतिक दल र आफ्नै घर भित्र हामीले त्यो बाछिटाको सामना गरी रहेका छौं । सामन्तवादको अवशेषबाट हामीले मुक्त पाउन समाजवादमा पुग्नैपर्छ त्यो, निर्विकल्प हो । तर, समाज त यही हो नी खोइ त व्यहावहारमा समाजवादमा जाने संकेत देखिएको ? प्रश्न चोटिलो छ । हामीले व्यवहारमा किन उतार्न सकिरहेका छैनौं ? सबैले गभिर हुनैपर्छ ।
समाजवादको लक्ष लिएका हामीले महिलालाई भने किन त्यो आँखाले हेर्न सकेका छैनौँ ? दल भित्र हामी महिला एउटै पद र जिम्मेवारीमा रहदा पनि किन व्यवहारमा समान रुपमा उतार्न सकेको छैनौ ? हो यहि हो सामन्तवादी सोच भित्र महिलालाई घेरेर राख्न खोज्ने संकुचित प्रयास । यस्ता प्रयासले हामीले चाहेको जस्तो समाजवाद स्थापना गर्न सकौला त ! समाज परिवर्तन गर्ने आकंक्षा राखेका हामीले आफैलाई बदल्न सकेनौ भने कसरी बदलौँला समाज ? समीक्षा गर्नेपर्छ । सामन्तवाद अन्त्य भयो भनिरहदा हामीले किन समान्तवादी सोच र चिन्तन त्याग्न सकेनौं ? यसमा समाजका सबै राजनीतिक कर्मीले म म गर्ने पर्छ । हामीले खोजेको समाजवाद नामको होइन, व्यवहारको हो । समाजमा भएका हरेक मान्छेले आत्मस्वाभिमानका साथ बाच्न पाउने राज्य व्यवस्था हो । त्यसका लागि आफूलाई बदलौँ अनि समाज र राज्य संरचना बदलौँला । व्यवस्था बदलेर मात्रै हुँदैन, पहिला आफैलाई बदल्न सक्नुपर्छ ।
समाजमा विद्यमान राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक तथा पारिवारिक तहमा रहेको सबै प्रकारका विभेद अन्त्य गर्दै विश्वव्यापी रूपमा समतामूलक समाज स्थापना गर्ने लक्ष्य हो, समाजवाद । त्यही समाजवाद ल्याउन हिडेका हामी महिलालाई भने अहिले पनि कयैन ठाउँमा दोस्रो दर्जाको नागरिकका रूपमा व्यवहार गर्ने पितृसत्तात्मक सोच, सामन्तवादी व्यवहारले थिच्ने प्रयास गरिएको छ । हेर्दा समान्य लाग्छ, कतिलाई त बढी महिलावादी भएको भन्ने भान पनि पर्ला । तर, बिषय सामान्य होइन, एउटै जिम्मेवारीमा रहेका र समान हैसियत भएका महिला र पुरुषका बीचमा गरिने विभेद कुनै हालतमा स्वीकार्य हुँदैन । आफ्नै हैसियतमा रहेका महिलालाई नेता स्वीकार गर्न नसक्ने ! आफै मात्र अब्बल र जान्ने सुन्ने ठानेर व्यवहार गर्ने तपाइका सोच, चिन्तन र व्यवहार कुनै हालतमा समाजवादी हुन सक्दैन । हामीले गफका खोक्रा समाजवादी व्यवस्था चाहेका छैनौं । आफूलाई अब्बल ठान्दै गर्दा अरुलाई कमजोर ठान्ने चिन्तन त्यागौँ ।
हामी आफैले आफै भित्र सामन्तवादी सोच र व्यवहारलाई बाचयर राख्ने हो भने समाजवादी अवधारण र त्यसको बारेमा वकालत नगर्दा हुन्छ । आफूलाई समाजवादी अनुयायी भनेर फूर्ती लगाउन छाड्दा हुन्छ । पढेका, सिकेका र बुझेका कुरा व्यवहारमा लागू गर्न सकिन्न भने त्यसका वकालत गर्ने समाथ्र्य छैन भन्दा हुन्छ । हिजो हामीले सामन्ती तथा पुँजीवादी व्यवस्थाले लादेको दमन र उत्पीडनबाट महिलालाई उन्मुक्ति दिलाउने एक मात्र अस्त्र समाजवाद हो भन्यौं । त्यो सैद्धान्तिक ओज अहिले पनि हटेको छैन् । अझ आफूलाई माक्र्सवादी भन्ने र दर्शनका प्रवचन दिने हामीले त्यसलाई कति व्यवहारमा उतारेका छौं समीक्षा गर्नेपर्छ । औँला ठडाएर प्रवचन दिँदैमा आफू समाजको अग्रज हुने भावना त्याग्नै पर्छ । अरुको कुरा सुन्ने र अरुलाई आदर गर्न सकिएन भने त्यो समान्तवादी सोच हो । आरुलाई उपदेश दिने, आदेश फर्मान गर्ने र आफ्ना कुरा लाद्न खोज्ने चिन्तन सामन्तवादी चिन्तन हो, यसलाई स्वीकार गरे अगाडीबड्नुपर्छ । त्यसपछि समाजवादी व्यवस्थामा सिंगो महिलाको स्थान सम्मान जनक हुने छ । गफ समाजवादी व्यवहार सामन्तवादी लिने हो भने हामीले सोचेको जस्तो समाजवादको कल्पना गर्न सक्दैनौं ।
अझ हामीले समाजवाद मात्रै होइन, समाजका सबै वर्ग, लिंग र समुदायका नागरिकको पहिचान र अधिकार सुनिश्चित गर्ने वैज्ञानिक समाजवाद आजको आवश्यकता र अनिवार्यता भनिरहेका छौं । वैज्ञानिक समाजवादका बाटोमा हिडिरहदा आफू भित्रको पितृसत्तात्मक तथा सामन्तवादी सोच त्याग्नैपर्छ । राजनैतिक नेतृत्व गर्ने हामीले पनि दैनिक देख्ने र भोग्ने गरेका छौं, महिला भएका कारण मञ्च नपाउने, बोल्न नपाउने मात्रै होइन, त्यही पदमा आसिनपूरुषले पाएको सम्बोधन समेत नपाउने ! अनि समाजवादी आदर्शका कुरा सुनेर बस्ननु पर्ने ! आफ्नै हैसियतको महिलालाई तल राखेर समाजवादको गफ दिने र समानताको कुरा गर्ने ! अनि हामी सबै कुरा भुलेर समावजादमा पुगे पछि समानता पाइएला नी भनेर बस्ने अवस्था बनाइदै छ । यो पूर्ण रुपमा सामन्तवादी सोच र चिन्तनले ग्रस्त मानसिकता हो । जवसम्म हामी यसलाई पूर्ण रुपमा अन्त गर्न सक्दैनौंतवसम्म समाजवादमा पूग्ने कुरा सैद्धान्तिक होला व्यवहारी हुन सक्दैन । हामी व्यवहारमा सबैले अनुभूति गर्न पाउने बैज्ञानिक समाजवाद चाहन्छौं । लिंग वा गर्वका आधारमा उस्को हैसियत मापन गर्ने समान्तवादी सोचबाट पूर्ण रुपमा मुक्त भएको वैज्ञानिक समाजवाद । यति सामन्तवादी सोच त्याग्न सकिन्न भने दर्शनको कुरा गर्न बन्द गरौं र आफूलाई समन्तवादकैअनुवायी हुँ भनेर बसौं ।
हामीले समान्तवादलाइअन्तय गरी समाजवादउन्मुख संविधान लेख्यौं । त्यही संविधान लेख्नेहरु पनि आज सामन्तवादी व्यवहार थिचिइ रहेका छन् पूर्ण रुपमा मुक्त छैनन् । त्यसलै आफैले आफैलाई सुधारौँ, त्यस पनि समाज सुधारेर जाउला । माथि भनिए जस्तै समाजमा चलिरहेका सबै प्रकारको असमनता अन्त्य भयो भने त्यति बेला हामीले समाजवादमा पुगेको ठानौला । तर, तमाम प्रकारका विभद,विभेदकारीका बिचमा बसेर समाजवादमा पुग्ने कुरा गफ मात्रै हुने छ ।