ग्लोबल साउथ बारे
अहिले विश्व जगतमा बुद्धिजीवि, राजनीतिकर्मी, अर्थविद, सामाजिक अभियन्ता, एवम् चेतनशिल तथा जागरूक महिलाहरू, युवाहरू तथा विद्यार्थी ग्लोबल साउथका बारेमा छलफल बहस र पैरवीमा केन्द्रित छन् । त्यतिमात्र नभएर हिजोसम्म ग्लोवल साउथलाई तृण बराबर नमान्ने अहंकार र दम्भ बोकेका ग्लोवल नर्थ पनि ग्लोवल साउथको जागरणले आफू एक्लिएको महशुष गरेका छन् र ग्लोवल साउथ उनीहरूका लागि टाउको दुखाइको विषय बनिरहेको छ । ग्लोवल साउथका समस्याहरूलाई नजरअन्दाज गरेर वर्तमान समस्याको समाधान हुन सक्दैन भन्ने कुरा विकशित तथा ग्लोवल नर्थका राष्ट्रहरूले राम्ररी बुझेका छन् । राजनीतिक र आर्थिक क्षेत्रमा ग्लोवल साउथलाई केन्द्रित गरौँ भन्ने जस्ता कुरा वामपन्थि वुद्धिजीविहरूबीच मात्र नभइ अन्य क्षेत्रमा पनि बहस, छलफल चलिरहेको छ । अत: आजको यस लेखमा यसबारे चर्चागर्ने प्रयास गरिने छ ।
यो ग्लोवल साउथ र ग्लोवल नर्थ भनेको के हो ? ग्लोबल साउथ भनेको पृथ्वीको दक्षिणी गोलार्धमा मात्र रहेकोले ग्लोवल साउथ उत्तरी गोलार्धमा रहेकाले र ग्लोवल नर्थ भनेको ग्लोवल नर्थ भनेको मात्र हो त ? ग्लोबल साउथ भन्नाले भुराजनीतिक आर्थिक, सामाजिक तथा ऐतिहासिक सन्दर्भमा परिभाषित गर्ने एक यस्तो अवधारणा हो, जसले भूगोल सित कुनै खास सरोकार राख्दैन। बल्कि यसले विकासशील राष्ट्रको त्यो समुहलाई जनाउँछ, जसले ऐतिहासिक रूपमा औपनिवेशिक शासन भोग्न बाध्य भए, हाल यी देशहरू राजनीतिक, सामाजिक र आर्थिक चुनौतीहरूको सामना गरिरहेका छन् । यसरी ग्लोवल साउथ भन्नाले मुख्यतया एशिया, अफ्रिका र ल्याटिन अमेरिकाका ती देशहरूलाई बुझिन्छ ।; जुन देशहरूको आर्थिक अवस्था न्युन र मध्यम छन् । जसका कारण उनीहरूले विभिन्न चुनौतीहरूको सामना गरिरहेका छन् ।
यसरी ग्लोबल साउथ अन्तरगत एशियामा भारत, चीन, इन्डोनेशिया बंगलादेश, पाकिस्तान, नेपाल श्रीलंका, भुटान, म्यानमार, थाइल्याण्ड, भियतनाम, कम्बोडिया, लाओस, फिलिपिन्स, मलेशिया, इराक, इरान यमन, जोर्डन लेवनान, सिरिया आदि पर्दछन्, भने अफ्रिकामा दक्षिण अफ्रिका, नाइजेरीया, इथियोेपिया, इजिप्ट, केन्या, घाना, मोजाम्विक, युगान्डा, जिम्वावे, सुडान आदि पर्दछन् । ल्याटिन अमेरीकामा ब्राजिल, अर्जेन्टिना, मेक्सिाको, पेरू, चिली, इक्वेडर, बोलिभिया, कोलम्विया आदि पर्दछन् । भारतले सन् २०२४ मा आयोजना गरेको भ्वाइस आफ ग्लोवल साउथ समिटमा १२३ देशहरूको सहभागिता रहेको थियो । यस बाहेक जी ७७ का १३४ देश मध्ये अधिकांश देशहरू पनि यही समुहभित्र छन् ।
ग्लोवल नर्थ भन्नाले श्विका विकसिता, धनी र औद्योगिक राष्ट्रहरूलाई जनाउँछ । यी देशहरू प्रायजसो उत्तरी गोलार्धमा अवस्थित छन् । ग्लोवल नर्थले विश्व अर्थतन्त्र र प्रविधिलाई आफ्नो नियन्त्रणमा राखेको छ । अमेरीका, क्यानडा, जर्मनी, फ्राान्स, इटाली, स्पेन, नेदरल्यान्ड, स्वीडेन, बेल्जीयम, जापान दक्षिया कोरीया, सिंंगापुर आदि देशहरू ग्लोबल नर्थ अन्र्तगत पर्दछन् । ग्लोवल नर्थले विश्वको ८० प्रतिशत भन्दा बढि आर्थिक क्षेत्र नियन्त्रित र निर्देशित गर्दछ भने ग्लोवल साउथ अविकास, ऋण तथा असमानतासँग जुधिरहेको छ । अझँ हामीले ग्लोवल साउथका बारेमा अर्को ढंगले परिभाषित गर्ने हो भने ग्लोवल साउथ हिजो परिभाषित गरीएको तेश्रो विश्वको परिभाषको विकसित रूपमा लिन सकन्छि । ब्रिक्सको सेतुको रूपमा पनि हो भन्न पनि सकिन्छ । अझ बामपन्थी दृष्टिकोणबाट विश्लेषण गर्दा “देशहरू स्वाधिनता चाहन्छन्, राष्टहरू मुक्ति चाहन्छन् र जनता क्रान्ति चाहन्छन्” भन्ने माओको भनाई “पूँजीवादको बिरोध, र सामाजिक न्यायको पक्षमा” को उक्ति ग्लोवल साउथमा ठ्याक्कै मिल्छ । अहिले ग्लोवल साउथ, बर्गिय शोषण, साम्राज्यवाद र पूँजीवादको विरूद्ध सामाजिक न्यायको पक्षमा उभिइ रहेको छ । यसकारण पनि ग्लोवल साउथ पूँजीवादको विरोध, र सामाजिक न्यायको पक्षको जन भूगोल पनि हो । ग्लोवल साउथमा अहिले पनि संरचनात्मक गरिवी, असमानता र बाह्य शक्तिको हस्तक्षेप कायमै छ । आइ.एम.एफ., विश्व व्यापार संगठन र बिश्व बैंकको प्रचुर वर्चश्व यी देशहरूमा कायमै छ ।
ग्लोवल साउथ र ग्लोवल नर्थलाई राजनैतिक रूपले हेर्दा ग्लोवल नर्थ पूँजीवाद, दलाल नोकरशाही पूँजीवाद र नवउदारवादको प्रतिक हो भने ग्लोवल साउथ श्रमिक बर्ग, किसान वर्ग, उत्पीडित राष्ट्रहरूको प्रतिक हो । बहुराष्ट्रिय कम्पनिहरूले ग्लोवल साउथका देशहरूमा गरिने संशाधनको दोहन रोक्न, श्रमजीवि जनताको हक सुनिश्चित गर्न, सामाजिक समानता कायम गर्न, जातीय, लैंगिक र बर्गीय भेदभाव अन्त्य गर्न, अझ नहिच्किचाइ कन भन्ने हो भने पश्चिमी देशहरूद्वारा गरिएको राजनीतिक, आर्थिक हस्तक्षेपको प्रतिरोध गर्न र पर्यावरणीय न्यायकालागि ग्लोवल साउथका राष्ट्रहरू एकतावद्ध भएका छन् । अहिलेको विश्व परिस्थितिमा साउथ साउथ कोअपरेशनको रणनीतिको तर्जुमा गर्न आवश्यक छ ।
हामीले माथि नै भनिसकेका छांै कि ग्लोबल साउथ भूगोल होइन । यो पिडक राष्ट्रहरूको पिडाको यथार्थ कथा हो, जहाँ दक्षिणपन्थी, उपनिवेशवादी, साम्राज्यवादी र पूँजीवादी शक्तिहरूले निर्मम शोषण गरी ग्लोवल साउथ अर्नगतका देशहरूलाई खोक्रो बनाइ दिएका छन् । ग्लोबल नर्थले विगतमा उपनिवेश बनाएर त्यहाँका स्रोत तथा साधनहरूको दोहन गरेका थिए । अहिले पनि त्यो क्रम रोकिएको छैन । ग्लोबल साउथका कतिपय देशहरू आफ्नो देशको प्राकृतिक स्रोतहरू खासगरी खनिज तथा पेट्रोलिय लुट्न दिन्न भनेर स्वाधिन राष्ट्रको हैसियतमा उभिन खोज्दा साम्राज्यवादी शक्तिहरूले नाकाबन्दी लगाएका छन् । ग्लोबल नर्थका देशहरू नाटोको बलमा ग्लोबल साउथका मुलुकहरूमाथि आफ्नो सामरिक बल प्रयोग गर्दछन् । उनीहरू हतियार उत्पादन र बिक्रिसमेत गर्दछन् । अहिले उनीहरू आ आफ्ना देशको सामरिक शक्ति बृद्धिकालागि सुरक्षा क्षेत्रमा लगानी बढाइरहेकाछन् ।
अब ग्लोवल साउथका देशहरू सामाजिक न्याय, आर्थिक समानता र मानव मुक्तिकोलागि संगठित हुनुपर्दछ । ग्लोवल साउथको संमृद्धि बिना शान्ति संभव छैन । अब ग्लोवल साउथ दुःखि भुगोल होइन; विकासको संभावना बोकेको चेतनशील र उर्जाशिल भूगोल बन्नु पर्दछ । नेपाल पनि ग्लोबल साउथको हिस्सा हो । हिनताबोधले ग्रसित पश्चिमाहरूको इसारामा नाच्ने कठपुतली सरकार भएकाले यो सरकारले केही गर्दछ कि भनेर सोच्नु सिंहले शिकार नगरी दिओस भन्ने जस्तै हो । नेपालमा राष्ट्रियता, लोकतन्त्र, र जनजीविका प्रति प्रतिवद्ध सरकार हुने हो भने तपसिलका कामहरू गर्न सकिन्थ्योः
१. जलबायु न्याय र गीरिवी निबारणकालागि ससक्त आवाज उठाउने ।
२. सार्कको अध्यक्षको हिसावले आफ्नो भूमिका अदा गर्ने ।
३. बिमिस्टेकमा शसक्त आवाज उठाउने ।
हाम्रो देश नेपालको हाम्रा उत्तर र दक्षिणका मित्र राष्ट्र चीन र भारत विश्वमा दुई भिन्न राजनैतिक प्रणाली अबलम्वन गरेका आर्थिक रूपले संपन्न हुँदै गएका देशहरू हुन् । ग्लोवल साउथलाई संमृद्ध बनाउन यी देशहरूको महत्वपुर्ण भूमिका हुन्छ । भारतले ग्लोवल साउथ समिट ग्लोबल साउथको पक्षमा दह्रो संग उभिएको छ भने चीनले बि.आर.आइ मार्फत् अघि बढेर विकासको स्पष्ट ढाँचा कोरिसकेको छ । चीनको श्राप भनिने ह्वाङ्गहो नदीलाई चीनको बरदानका रूपमा रूपान्तरण गरेको छ । कोभिड महामारीमा चीनले खेलेको भुमिकालाइ पनि विश्वभरका जनताले प्रसंशा गरेका छन् । चिन र भारत दुवै ब्रिक्समा संगैछन् ।
जनसंख्याका हिसाबले विश्वको पहिलो भारत, दाश्रो चीन, चौथो इन्डोनेशिया, पाचौँ पाकिस्तान छैठांै नाइजेरीया, सातौं ब्राजिल र आठौं बंगला देश यही भूगोलभित्र पर्दछन् । अर्थतन्त्रको हिसाबले विश्वमा दोश्रो स्थानमा पुग्न सफल चीन, पाचौं स्थानमा पुग्न सफल भारत र नवौं स्थानमा पुग्न सफल ब्राजिल ग्लाोवल साउथ भित्र रेका छन् । यसैगरी प्राकृतिक श्रोत र संसाधनले तेश्रो र तेल भन्डारणको हिसावले पहिलो साउदी अरब, अर्थतन्त्रको हिसावले दोश्रो र संसाधनको हिसाबले पाचौँ चीन जहाँ दुर्लभ खनिज पदार्थहरू, जलश्रोतहरू पर्याप्त छन् । छैठौं तहमा रहेको ब्राजिल जलश्रोतको सम्पन्नताका हिसाबले पहिलो देश हो । नवौं स्थानमा पर्ने भारत कोइला र दशौँ तहमा रहेका इरान पनि तेल र ग्यासले सम्पन्न देश हो । अति कम विकशित देशबाट बिकासशील देशमा रूपान्तरण तिर अग्रसर रहेको नेपाल पनि जलश्रोतका हिसावले दोश्रो धनि राष्ट्र हो । नेपालमा पनि दुर्लभ खनिज पदार्थहरू रहेका छन् । प्राकृतिक स्रोत साधन र जैविक विविधताले धनी हाम्रो देश दुई आर्थिक शक्तिको बीचमा बसेर आर्थिक उन्नतिको पथमा लम्कन सक्छ ।
अब जनसंख्या, श्रोत साधन, र अर्थतन्त्रका कुनै पनि हिसावले कमजोर नरहेको ग्लोवल साउथले विकासको आफ्नै राजमार्ग बनाउनु पर्दछ । ब्रिक्स यसको शुरूवात पनि हो। विश्वमा हाल भइरहेको युद्धको वातावरणलाई शान्तितर्फ अग्रसर गराउन ग्लोबल साउथको महत्वपूर्ण भूमिका रहन्छ। साम्राज्यवादी शक्तिहरूले सैन्य गतिविधि बढाइरहेका छन्। आ-आफ्ना शैन्य वेशहरू, मिसाइलहरू, र आणविक हतियारको नाममा विश्वमा प्रभुत्व कायम गर्न खोजिरहेका छन् । यस्तो समयमा ग्लोबल साउथका देशहरू एक आपसमा मिलेर अहिलेको विश्वमा देखिएको आर्थिक संकट, वातावरणीय संकट, स्वास्थ्य संकट लगायतका संकटको सामना गर्नु पर्दछ । साम्राज्यवादी शक्तिहरूको उक्साहटमा लागेर एक आपसमा युद्ध गर्नु हुँदैन । विश्व अब साम्राज्यवादीहरूको विषालु पञ्जाबाट मुक्त हुँदैछ ।