काठमाडौं। नेकपा (एकीकृत समाजवादी) निकट एकीकृत सरकारी कर्मचारी संगठन नेपाल, भौतिक पूर्वाधार विभागीय समितिको आयोजनामा ‘सार्वजनिक खरिद’ विषयक विचार(गोष्ठी सम्पन्न धएको छ ।
सार्वजनिक खरिद प्रणालीलाई अझ पारदर्शी, सक्षम र प्रभावकारी बनाउन आवश्यक रणनीति तथा सुधारका सम्भावनाबारे विस्तृत छलफल गर्न आयोजित विचार(गोष्ठी राजधानीको सडक विभागको सभाहलमा सम्पन्न भएको छ ।

भौतिक पूर्वाधार तथा यातायात विभागीय समितिका अध्यक्ष धनदेव जोशीको अध्यक्षतामा सम्पन्न गोष्ठीमा मन्त्रालयका सचिव केशव कुमार शर्मा प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो भने सडक विभागका महानिर्देशक डा. विजय जैसी,कार्यक्रम संगठनका केन्द्रीय अध्यक्ष यामबहादुर खत्री,संगठनका संस्थापक तथा सल्लाहकार मोहनकुमार घिमिरे विशेष अतिथिका रुपमा सहभागी थिए ।
कार्यक्रममा सहभागी वक्ताहरूले सरकारी खरिद प्रक्रियामा देखिएका चुनौती, सुधारका उपाय र पारदर्शिताबारे आ(आफ्ना धारणा राखेका थिए ।

कार्यक्रममा एकीकृत सरकारी कर्मचारी संगठनका उपाध्यक्ष दिनेश लम्सालले ‘सार्वजनिक खरिद स् वर्तमान अवस्था र सुधारका सम्भावना’ विषयमा कार्यपत्र प्रस्तुत गरे । प्रस्तुत कार्यपत्रमा मन्त्रालयका सहसचिव चुडाराज ढकाल र कृष्णराज पन्तले टिप्पणी गर्दै खरिद प्रक्रियालाई व्यावहारिक, सरल र उत्तरदायी बनाउन संस्थागत सुधार आवश्यक रहेको सुझाव दिए ।

कार्यक्रमको सञ्चालन संगठनको भौतिक पूर्वाधार मन्त्रालय विभागीय कार्यसमितिका सचिव ज्ञानमान श्रेष्ठले गरेका थिए । गोष्ठीमा उपस्थित सरोकारवालाहरूले यस्ता छलफल कार्यक्रमले सरकारी निकायभित्र दक्षता, पारदर्शिता र जवाफदेहिताको संस्कृति विकास गर्न मद्दत गर्ने विश्वास व्यक्त गरेका थिए ।
कार्यक्रम संचालन एकीकृत कर्मचारी संगठन भौतिक पूर्वाधार मन्त्रालय विभागिय कार्यसमितिका सचिव ज्ञानमान श्रेष्ठले संचालन गरेका थिए ।