टि.एन. थाम्सुहाङ
१. समानता (Equality)
समानता बारे विभिन्न विद्वानहरूले प्रस्तुत गरेका परिभाषाहरूको अध्ययनबाट हामी समानताको वास्तविक परिभाषा यसरी प्रस्तुत गर्दछौँ ।
“राजनीतिशास्त्रमा समानताको अर्थ यस्ता परिस्थितिहरूको स्थायित्वसँग हुन्छ जसबाट सबै व्यक्तिहरूको व्यक्तित्व विकास गर्ने समान अवसर प्राप्त हुन सकोस र यस प्रकार त्यस समानताको अन्त्य होस जसको मूल सामाजिक बैशम्या छ।“ मनुष्य आफ्ना अधिकारहरूको सम्बन्धमा समान पैदा भएका छन् र समान रहेका छन् ।“
सामाजिक न्यायको दृष्टिले सबै समान छन् । सबैलाई मताधिकारको अधिकार प्राप्त छ। सरकारी नोकरी पाउने र चुनाबमा खडा हुने सबै नागरिकहरूलाई सामान अधिकार छ। यसरी समाज तथा राज्यले प्रत्येक व्यक्तिलाई कुनै भेदभाव नगरी व्यक्तित्वको विकासका लागि समान अवसर प्रदान गराउनुलाई नै समानता भन्न सकिन्छ ।
२. समानुपातिक निर्वाचन प्रणाली ( Proportional Representation System )
समानुपातिक निर्वाचन प्रणालीमा जाँदा जुन पार्टी, प्रान्त वा जातजातिले जति प्रतिशत मत प्राप्त गरेको हुन्छ, त्यतिकै प्रतिशत उसका प्रतिनिधि सविंधान सभामा सहभागि हुन्छन। समानुपातिक निर्वाचन प्रणालीले राजनीतिक दलहरूलाई पनि समावेशी प्रकृतिको बन्न उत्प्रेरित गर्दछ। मुलुकको सबै खालका समस्या समाधान र समावेशीकरणका लागि समानुपातिक निर्वाचन प्रणालीको विकल्प नभएको राजनीतिक शास्त्रीहरू बताउँछन् ।
राजनीतिक शास्त्रहरूको भनाइमा समानुपातिक निर्वाचन प्रणाली हुँदा निर्वाचन जित्न नसक्ने बर्ग र समुदायको पनि प्रतिनिधित्व हुने, अल्पमतले पनि आफ्नो हिस्सा पाउने उम्मेदवार छनौट दलहरूले सबैको प्रतिनिधित्व हुने गरी सूची वनाउने , पार्टी भित्र स्वच्छ प्रतिस्पर्धा हुनेछ सुचीमा आधारित समानुपातिक निर्वाचन प्रणाली बढी उपयोगी र लोकप्रिय पाइन्छ ।
समानुपातिक निर्वाचन प्रणाली १९ आउँ शताब्दीको पछिल्लो दशकमा बेल्जियमका भिक्टोर डि होन डि ट ले प्रस्तुत गरेका थिए। उनले यस सम्बन्धी पुस्तक १९८२ मा प्रकाशित समेत गरे ।
समानुपातिक निर्वाचन प्रणाली बढी सभ्य पश्चिमी प्रजातान्त्रिक मुलुकहरूमा प्रयोग हुन्छ । दलहरूका प्रतिनिधिहरू संसद्मा समानुपातिक प्रतिनिधित्व गराउनमा विश्वस्त हुन्छ्न् । समानुपातिक निर्वाचन प्रणाली भित्रः- ( क ) दलीय सूची प्रणाली ( ख ) मिश्रित सदस्यीय समानुपातिक प्रणाली ( ग ) एकल संक्रमणीय मत प्रणाली।
३. समानुपातिक प्रतिनिधित्वको व्यवस्था ( Proportional Representation )
यो समानुपातिक प्रतिनिधित्वको व्यवस्था प्रथा सब भन्दा पहिले अंग्रेज थोमस हेयरले प्रतिपादन गरेको हो भनेर अरू लेखकहरूले लेखेको पाइन्छ। यस प्रथाको प्रयोग सबभन्दा पहिले डेनमार्कमा भएकोे थियो। आधुनिक युगमा यस किसिमको प्रथा प्रचलित छ। यो प्रथा राजाको व्यवस्थापिकामा वास्तविक जनप्रतिनिधित्व गर्न उपयोगी छ।
यो प्रथा खास गरेर शिक्षित व्यक्तिहरूमा समुदायमा अत्यन्त लाभदायक सिद्ध हुन्छ। यो प्रथालाई आधुनिक युगमा हेयरको योजना भन्दछन। हेयरको योजना थियोकी निर्वाचन क्षेत्र ठूलो र अनेक प्रतिनिधिहरू निर्वाचित हुन सक्ने हुनुपर्थ्यो। निर्वाचन क्षेत्रबाट जति प्रतिनिधिहरू निर्वाचित हुन्छन्। प्रत्येक मतदातालाई त्यती नै मत दिने अधिकार हुनु पर्दछ।
निर्वाचित हुनका लागि प्रत्येक उम्मेदवारले एउटा निश्चित संख्या भन्दा कम मत प्राप्त गर्न हुंदैन र योनिश्चित संख्या निर्वाचनमा दिइएका मत पत्रको जम्मा संख्यालाई निर्वाचीत हुने सदस्यहरूको संख्याले भाग दिएर निकाल्न सकिन्छ।
समानुपातिक प्रतिनिधित्वको मौलीक योजना यही हो।
तर कालान्तरमा यसमा संशोधन गरियो। बर्तमान युगमा समानुपातिक प्रतिनिधित्वव्यवस्थाका कतिपय प्रणालीहरू प्रयोग गरिन्दैछन् । २०६४ मा सम्पन्न भएको एतिहासिक संविधान सभाको चुनावमा प्रत्यक्ष बाहेक समानुपातिक प्रतिनिधित्वको चुनाव पनि सम्पन भएको थियो। २०७२ को संविधान पछि २०७४ र अब २०७९ को चुनाबमा पनि यो प्रणालीको उपयोग हरेक मतदाताहरुले गर्दैछन् ।
४. समाबेशी लोकतन्त्र (Inclusive Democracy)
नेपाल एक बहुभाषिक, बहुसांसकृतिक, बहुधार्मिक, बहुजातिय तथा क्षेत्रीय विविधता भएको मुलुक हो। त्यसैले अन्यत्र झैं एक भाषा, एक भेष, एक राष्ट्र, एक साशन जस्ता कुराले यो विविधतालाई समेट्न सक्दैन। त्यसले आर्थिक, सामाजिक, राजनैतिक, लैङ्गिक, जातिय, भाषिक, धार्मिक एब सांस्कृतिक रपमा समानता तथा समता अभिव्यक्त गर्न सक्ने राजनीतिक प्रणाली नै समाबेशी लोकतन्त्र हो।
यस व्यवस्था अन्तर्गत सम्पूर्ण पक्षले राज्य संरचनामा आफ्नो स्थान निश्चित भएको महसुस गर्दछ र नीति तर्जुमा, कार्यान्यन, अवलोकन तथा मूल्याङ्कन र सुदृढीकरणमा आफ्नो सहभागिता गराएको हुन्छ। अपनत्वको भावना अभिवृद्धि भै सबै पक्ष गम्भीर जिम्मेवार तथा उत्तरदायी हुने हुनाले कुनै पनि कार्यक्रमको सफलता प्रत्याभूति हुन्छ। समावेशी लोकतन्त्रलाई शास्त्रीय लोकतन्त्र र समाजवादको वैचारिक समन्यको उपज पनि भनिन्छ।
समावेशी लोकतन्त्रले सार्वजानिक बृत भित्र राजनीतिक क्षेत्रलाई मात्र होईन, आर्थिक सामाजिक र वातावरणीय क्षेत्रलाई समेत समेट्दछ। समावेशी लोकतन्त्र एक बहुआयामिक अवधारणा होर यसको अवलम्बनले लोकतान्त्रिक परिवेशमा मुलुकका सबै जाति र क्षेत्रको सर्वतोमुखी विकास हुन सक्दछ। समावेशी लोकतन्त्रलाई राजनीतिशास्त्रीहरू सहभागितात्मक लोकतन्त्र र समाजवादको साधन वा संश्लेषण पनि भनिन्छ ।
त्यसले समावेशी लोकतन्त्रलाई माक्सवादी मुक्ति योजनाको नयाँ रुप पनि भनिन्छ। समावेशी लोकतन्त्रले समाजको प्रत्येक व्यक्तिलाई सामाजिक, आर्थिक राजनीतिक आदि प्रक्रियाहरुमा स्वतन्त्र सदस्यको हैसियतले सहभागी हुन पाउने परिस्थितिको निर्माणमा योगदान पुग्दछ।
स्रोत सामाग्री
१, सिद्धिश्वरण श्रेष्ठको महत्वपूर्ण राजनीतिक शब्द ज्ञान
२, निर्वाचन आयोगका बुलेटिन, आदि।