प्रेमलकुमार खनाल
मुसाहरू ,
जब मध्यरात हुन्छ,
मानिसहरू मस्त निन्दामा हुन्छन
सबै तिर सुन सान हुन्छ ।
तब उनीहरू ढिकुटी, भकारीमा पस्न थाल्दछन्
चोरहरू
चोरहरू मुसा झै
मानिसहरु निदाएको बेला
सुनसान रात भएको बेला
चोरी गर्न थाल्दछन् ।
कहिलेकाहीँ त
दिउँसो नै घर आंगनमा
ससाना केटाकेटी खेली रहेको बेला
अनि आंगनमा अशक्त बृद्ध बा आमा घाम तापी रहेको बेला
घर भित्रै पसेर चोरी गर्ने गर्दछन ।
प्रतिक्रान्ति पनि
जब आन्दोलन विरोधीहरु नै सत्तामा पुग्दछन्
अनि प्रतिक्रान्तिको तानाबाना बन्न पुग्दछन्
हो ,मुसा, चोर र प्रतिक्रान्ति
उस्तै उस्तै हुन् ।
होसियारी अपनाए मुसाले अन्न खान पाउदैनन्
घरमा मूल ढोका, झ्याल र दरबाजा बलियो भए
चोर छिर्न पाउदैनन् ।
क्रान्तिको भावना अनुरुप आमूल सुधार र परिवर्तन गरे
प्रतिक्रान्तिहरु पनि नामेट हुनेछन् ।