काठमाडौँ। नेपालका वापमन्थी पार्टी निकट श्रष्टाहरूको साझा संगठनका रूपमा रहेको पुरानो र ऐतिहासिक संगठन प्रगतिशील लेखक सङ्घ नेपालको १३औँ सम्मेलन सम्पन्न भएको छ।
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) निकट, राष्ट्रिय जनसाँस्कृतिक महासङ्घ (समाजवादी) को तर्फबाट ११ जना स्रष्टाहरू विभिन्न पदमा निर्विरोध निर्वाचित हुनुभएको छ।
पार्टी कोशी प्रदेश कमिटीका सदस्य समेत रहनुभएका कमरेड बोधकुमार घिमिरे प्रलेस केन्द्रको उपमहासचिवमा निर्वाचित हुनुभएको नेकपा ९एस० केन्द्रीय अनुशासन आयोगका सदस्य डा.अमर गिरीले बताउनुभयो।
यसैगरी प्रलेसको केन्द्रीय समितिका लुम्बिनीका स्रष्टा गोविन्द अर्याल शृङ्खला, कोशीका स्रष्टा राजेन्द्र सर्वहारा र दुर्गा परियार, सुदूर पश्चिमका स्रष्टा रमेश पन्त ‘मीतबन्धु’ निर्वाचित हुनुभएको छ। प्रलेसको राष्ट्रिय परिषद् सदस्यमा गण्डकीका स्रष्टा रञ्जन घिमिरे, सुदूरपश्चिमका स्रष्टा प्रेमबहादुर सिंह ‘पल्लव’, वाग्मतीका स्रष्टा यदुनाथ वसन्तपुरे, छन्दविज्ञान निरौला र ध्रुव रायमाझी, कोशीका स्रष्टा सुष्मा तिमल्सिना निर्विरोध निर्वाचित हुनुभएको नेकपा (एस) का केन्द्रीय सदस्य गोपाल बरालले बताउनुभयो।
नेपालका वामपन्थी पार्टीहरूमध्ये ६ ओटा पाटीका जनसांस्कृतिक घटकको प्रतिनिधित्व रहेको उक्त संगठनमा राष्ट्रिय जनसांस्कृतिक महासङ्घ समाजवादीको सिफारिसमा उल्लिखित स्रष्टाहरु निर्विरोध निर्वाचित हुनुभएको नेकपा (एस) का केन्द्रीय सदस्य राममणि पोखरेलले बताउनुभयो। प्रलेसको १३औँ सम्मेलनबाट डा.देवी क्षेत्री दुलाल अध्यक्ष, डा.समीर सिंह र डा.अमृता शर्मा उपाध्यक्ष, झगिन्द्रराज ढकाल ‘पारस’ महासचिव, श्री बोधकुमार घिमिरे उपमहासचिव, डा.हरिप्रसाद तिमिल्सिना सचिव र डा.कृष्ण सुवेदी कोषाध्यक्षमा निर्वाचित हुनुभएको राष्ट्रिय जनसाँस्कृतिक महासङ्घ समाजवादीका अध्यक्ष कृपाराम शर्मा धमलाले बताउनुभयो।
साथै राष्ट्रिय जनसांस्कृतिक महासङ्घ समाजवादीका अध्यक्ष धमलाले पार्टी र संगठनले दिएको दायित्वअनुरूप घटक संगठनहरुसँग समन्वय गरेर आ—आफ्नो क्षेत्रमा क्षमतावान् संगठनप्रति प्रतिबद्ध र सम्बद्ध पदका लागि उपयुक्त व्यक्तिलाई प्रलेसमा प्रतिनिधित्वका निम्ति पठाइएकोले अपेक्षित नजिता हासिल हुने विश्वास व्यक्त गर्नुभयो।
राष्ट्रिय जनसाँस्कृतिक महासङ्घ समाजवादीको विश्वास र भरोसाका साथै विचारप्रति प्रतिबद्ध हुँदै सक्दो योगदान गर्न आफूहरू तयार भएर नै प्रलेसको केन्द्रीय निकायमा उम्मेदवारी दिएको राष्ट्रिय परिषद् सदस्य रञ्जन घिमिरेले बताउनुभयो। यसैगरी उहाँले संगठनले विश्वास गरी प्रलेसमा जिम्मेवारी प्रदान गर्न खेलेको भूमिकाप्रति राष्ट्रिय जनसांस्कृतिक महासङ्घ समाजवादीप्रति धन्यवाद ज्ञापन गर्नुभयो।
उक्त सम्मेलनमा राष्ट्रिय जनसांस्कृतिक महासङ्घ समाजवादीका तर्फबाट केन्द्रीय सदस्य गोपाल बराल, राममणि पोखरेल, विश्वेश्वर कट्टेल, केन्द्रीय अनुशासन आयोगका सदस्य डा। अमर गिरी, केन्द्रीय निर्वाचन आयोगका सदस्य विक्रम मैनाली, राष्ट्रिय जनसाँस्कृतिक महासङ्घ समाजवादीका अध्यक्ष कृपाराम शर्मा धमला, साहित्य–संस्कृति केन्द्रीय विभागका सदस्य आरजी शर्मा, वाग्मती प्रलेसका अध्यक्ष शान्तिप्रिय बन्दनालगायतका जिम्मेवार नेताहरूले प्रतिनिधिका रूपमा भाग लिनुभएको नवनिर्वाचित उपमहासचिव बोधकुमार घिमिरेले बताउनुभयो।