काठमाडौँ। इन्द्रबहादुर श्रेष्ठ स्मृति प्रतिष्ठानले ताप्लेजुङ जिल्लाका माध्यमिक विद्यालयहरूबाट कक्षा १२ को परीक्षामा उत्कृष्ट नतिजा ल्याउने छात्र छात्राहरुलाई छात्रवृति प्रदान गरेको छ।
प्रतिष्ठानले ताप्लेजुङमा एक कार्यक्रमका बिच विद्यार्थीहरूलाई पुरस्कृत गरेको हो। सामुदायिक विद्यालयहरूमध्येबाट उत्कृष्ट नतिजा ल्याउने छात्रालाई १५ हजारको गंगामाया प्रतिभा पुरस्कार, उत्कृष्ट नतिजा ल्याउने छात्रलाई १५ हजारको इन्द्रबहादुर प्रतिभा पुरस्कार र सामुदायिक तथा निजीबाट छात्रातर्फ प्रथम हुनेलाई १५ हजारको रिया एक्सीलेन्सी अवार्ड प्रदान गरिएको थियो।
पुरस्कार पाउनेहरुमा सरस्वती मावि हाङपाङकी छात्र सविना श्रेष्ठले गंगामाया प्रतिभा पुरस्कार र रिया एक्सीलेन्सी अवार्ड (२०७६), भानु जन माविकी छात्रा लामु शेर्पाले गंगामाया प्रतिभा पुरस्कार र रिया एक्सीलेन्सी अवार्ड (२०७७), भानु जन माविकी छात्रा इङ्सा परा लिम्बूले गंगामाया प्रतिभा पुरस्कार (२०७८), पृथ्वी मावि खाम्लुङका छात्र लाक्पा तेन्जिङ शेर्पाले ईन्द्रबहादुर प्रतिभा पुरस्कार (२०७८), कन्चनजंघा बोर्डिङ स्कुलकी छात्रा विनु भट्टराईले रिया एक्सीलेन्सी अवार्ड (२०७८), भानु जन माविकी छात्रा सृष्टिका पौडेलले गंगामाया प्रतिभा पुरस्कार (२०७९), कन्चनजंघा बोर्डिङ स्कुलकी छात्रा रक्षा आचार्यले रिया एक्सीलेन्सी अवार्ड (२०७९), भानु जन माविकी छात्रा इक्सा देवानले गंगामाया प्रतिभा पुरस्कार र रिया एक्सीलेन्सी अवार्ड (२०८०), भानु जन माविका छात्र सजित वरालले इन्द्रबहादुर प्रतिभा पुरस्कार (२०८०), भानु जन माविकी छात्रा मनिता लिम्बूले गंगामाया प्रतिभा पुरस्कार र रिया एक्सीलेन्सी अवार्ड (२०८१) र भानु जन माविका छात्र प्रतिक पुरीले इन्द्रबहादुर प्रतिभा पुरस्कार (२०८०) पाएका छन्।
गंगामाया प्रतिभा पुरस्कार र रिया अवार्ड दुबै पाउने छात्रालाई रिया अवार्ड १० हजार मात्रै दिइएको छ, दुईवटा गरी २५ हजार चार जना छात्राले यो दुइटै पुरस्कार पाएका छन्।
उता परीक्षा नियन्त्रण कार्यालयले छात्रको नाम पठाउनु पर्नेमा छात्राको नाम पठाएकोले तीन वर्षको इन्द्रबहादृुर प्रतिभा पुरस्कार वितरण गर्न सकिएन। परीक्षा नियन्त्रण कार्यालयबाट नाम उपलब्ध गराएपछि उक्त पुरस्कार प्रदान गरिने आयोजकले बताएको छ।
बुबा इन्द्रबहादुर श्रेष्ठको स्मृतिमा आमा गंगामाया श्रेष्ठको संरक्षकत्वमा स्थापित यो प्रतिष्ठानले २०६३ सालदेखि पहिला एसएलसी र त्यसपछि एसइइका उत्कृष्ट विद्यार्थीहरुलाई पृुरस्कार दिदै आएकोमा २०७६ सालदेखि कक्षा १२ का विद्यार्थीलाई दिने निर्णय गरेपछि कक्षा १२ को विद्यार्थीको नामावली जिल्ला शिक्षा कार्यालयबाट उपलब्ध हुन सकेन।
त्यसपछि कोरोनाको कारण पनि स्थगित हुन पुगेको यो पुरस्कार यस पटक २०७६ सालदेखिका सबैलाई प्रदान गरिएको भरतकुमार श्रेष्ठले बताए। १५ वटा पुरस्कारमा १२ वटा पुरस्कार छात्राको हातमा परेको छ। चार जनाले दोहोरो पुरस्कार पाउन सफल भएको छ भने ६ वटामा चारवटा पुरस्कारमा निजी बोर्डिङलाई उछिनेर सामुदायिक विद्यालयको छात्राले हात पारेको बताईएको छ। पुरस्कृत विद्यार्थीहरु र विद्यालयलाई आयोजक परिवारले बधाई तथा आगामी दिनमा थप प्रगतिको कामना गरेको छ।
प्रतिष्ठानका अध्यक्ष भरतकुमार श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा अग्रज व्यक्तित्व नन्दकुमार प्रसाईं, पूर्वमन्त्री तथा माननीय योगेश भट्टराई, मा।सुशिला श्रेष्ठ, डा। सुरेन्द्र केसी र पुरस्कृतिहरुको तर्फबाट मनिता लिम्बूले बोेलेका थिए।