राममणि पोखरेल
यी तीनै मान्छे हुन
जो सार्क मुलुकका राष्ट्र प्रमुखसँग
भिडियो कन्फरेन्स गर्दछन् ।
छिमेकी देशका, प्रधानमन्त्रीको
जन्मोत्सवमा, बधाई दिन्छन् ।
सार्वभौम मुलुकको
सिमाना मिचिँदा
जानकारी पाइन भनेर
गुनासो पोखतछन
अनि उखान तुक्का
चुट्किला जोडेर मान्छे हसाउँदछन
भूपरिवेष्टित देशमा
पानी जहाज चलाउने भन्दै
जनता ढाटदछन
विरोधी मास्ने भनेर षड्यन्त्र गर्दछन् ।
यी तीनै मान्छे हुन
जो महाकाली सन्धिमा
विदेशीको पाउँ लागि गरेर
सलुट ठोक्दै -बिन्ती विसाउछन्
सात खरबको आय स्रोतको सपना
जनतालाई देखाउदछन ।
सत्तामा पुग्न चाकरी गर्दछन
टिकी रहन नदीनाला सुम्पन्छन
यी तीनै मान्छे हुन
जो वाइड वडी काण्डमा
मुछिएका भ्रष्टलाई काखी चेपेर म्वाईखान्छन
सुन पानी छर्केर चोख्याउँन
आफू पनि चोखिने प्रयत्न गदर्छन
आलोचना र कारवाहीको साटो
प्रशंसाका पुल बाँध्ने गर्दछन् ।
यी तीनै मान्छे हुन
निशर्त एम. सी. सी. पास गरेर
मुलुकलाई आकाशे मित्र मार्फत
गृह युद्धमा फसाउन चाहन्छन्
अरु विज्ञहरूको सल्लाह अस्वीकार गर्दछन् ।
तुइन चढेर नदी पार गर्ने
बाल बालिकाको भविष्य निर्माण
सुरक्षाका लागि रकम निकासा गरेर
काठे पुल बनाउनको साटो
आफ्नै जन्मोत्सव मनाउन हेलिकप्टर चढेर
ठूलो धनराशी खर्च गर्दै गाउँ जान्छन्
आफ्ना आउरे बाउरे धुर्पो रेलाई भोज लगाएर
मान्छे मताएररमाईलो गर्छन
पैसाको खोलो बगाउछन ।
यी तीनै मान्छे हुन
विदेशमा रगत पसिना बगाएर
पठाएको विप्रेषणले
राष्ट्र र सरकार प्रमुखका
सुविधाका निम्ति
दामी र सुविधायुक्त आरामदायी
चिल्ला गाडी भित्राउन अनुमति दिन्छन्
भन्सार छुट गर्छन
निवेदनमा तोक लगाउँछन्
भ्रष्ट्राचार र गुटबन्दीका निम्ति
माननीयलाई ढुकुटी सुम्पन्छन् ।
यी ती नै मान्छे हुन
शताब्दी अधि सीमानामा
गाडिएका सुरक्षा स्तम्भ
उखेलिदा, नदी कटानमा पर्दा
छिमेकीले सार्दा
यी मौन बस्दछन्
अनि विद्यालयमा पढ्ने विद्यार्थीलाई
पढाउने प्रयन्त्र गर्दछन्
नेपाली वीर हुन भनेर
गीत गाउन लाउँछन् ।
यी ती नै मान्छे हुन
तिम्रो देश कता फर्केको छ भनेर
शक्तिशाली छिमेकीले
निम्ता दिए भने भोजमा जान
धोती न टोपी भएर गिद्धले सिनो टिपे जस्तै
दौडन्छन् थाहा पाए सम्म ।
यी ती नै मान्छे हुन
निर्मला पन्तको बलात्कार हुँदा
रमाउँछन् सत्तामा बस्नेहरू
आफ्नै मातहतका प्रहरी प्रशासनका मान्छेहरूले
मनोरञ्जन गर्न भ्याए
ठूला वडाका छोरा रमाए
भन्दै मान अपमान यस्तै हो
समय क्रममा बदलिन्छ
सामाजिक न्याय प्राप्त हुन्छ भन्छन्
अपराधको ढाकछोप गर्छन ।
यी ती नै मान्छे हुन
कोरोना भाइरसले संक्रमित भएर
बाच्ने प्रबल चाहना राख्दै
मातृभूमिको मायामा
अभिभूत हुँदै
ती निरिह श्रमिक जनता
जो स्वदेश फर्कन चाहन्छन्
मातृभूमिको माटो चुम्न चाहन्छन्
जो विदेशमा अलपत्र छन।
ती आफ्ना देशका नागरिकलाई
स्वदेश फिर्ता गर्न
आनाकानी र वाहाना बाजी गर्छन
लाज घिन नमानी भन्छन्
भाग खान गएका ---- छोरा उतै मर्दा के हानी
देशको जनसंख्या घटदैन
हामीलाई गाडी किन्ने पैसा प्राप्त भइरहन्छ
यो धर्तीलाई बोझ भनेर
आरोप लगाउँछन्
बुझ्दैनन् धर्तीको बोझ आफू छु भन्ने यर्थाथ
विदेशमा अलपत्र परेका
श्रम बेच्न गएका
यी निर्दोष छोरीहरूलाई
आरोप लगाउँछन्
एडस्का पोका भनेर ।
ती तीनै मान्छे हुन
तुुईनचढदा हात खुस्केर
नदीमा परेर मृत्युवरण गरेका
ती निर्दोष भविष्यका कर्णधार
बालबालिकालाई आरोपित गर्दछन् ।
होस नपाई हिड्ने
बेहोसी लट्ठक भन्दै
मुलुकको सीमा मिचेर
छिमेकीले सडक निर्माण गर्दा
सर्वोच्च पदमा बसेर
थाहै पाइन , सूचनाको अभाव भनेर
ढाट कुरा गर्ने, ढाट प्रसादलाई
लोप्पा खुवाउनु छ
ती त नाङ्गा मान्छे पो रहेछन्
नाङ्गा र अन्धालाई पद दिनेहरू
अझ नाङ्गा र अन्धा बन्दै गएका छन ।
उदयपुर ,त्रियुगा न. पा.-३, मिलनचोक