चीनियाँ कम्युनिष्ट पार्टी आफ्नो स्थापनाको शतवार्षिकी एक बर्ष अगाडि मनायो । जारी दशकभित्र विश्व महाशक्ति बन्ने दौडमा रहेको छिमेकी जनगणतन्त्र चीनले प्रारम्भमै कोभिड-१९ को दरो रोकथाम ग¥यो र आफ्नो जनसमुदाय तथा अर्थतन्त्रलाई किञ्चित असर पुग्न दिएन । दोस्रो मुलुकप्रति सदा अनाक्रमणको इतिहास रचेको चीनले बीआरआई रणनीतिको साझेदारी मार्फत विश्व समक्ष चीनियाँ विशेषताको समाजवादी अन्तर्राष्ट्रवादको प्रस्ताव गरेको देखिन्छ माक्र्सवादको पाँच आधारभूत सिद्धान्तका दृष्टिले सहमत भईहाल्न नसकिए पनि विद्यमान दक्षिणपन्थी अतिवाद र इतिहासको वामपन्थी अतिवादका विरुद्ध व्यवहारीक दृष्टिले चीनियाँ समाजवादी अन्तर्राष्ट्रयवादको रणनीति समकालीन नयाँ विश्व व्यवस्थाको पक्षमा सम्यक विकल्प प्रतीत हुन्छ । सय वर्ष अघि, सन् १९२१ मा स्थापित चीनियाँ कम्युनिष्ट पार्टीका एक सदस्य माओत्सेतुङ्को नेतृत्वमा राष्ट्रियता, जनवाद र जनजीविका सुनिश्चत गर्न लडिएको एक महान जनक्रान्ति सफलताको पृष्ठभूमिमा, पार्टी महासचिव क.सी जिनपिङ नेतृत्वमा छिमेकी जनगणतन्त्र चीनको अग्रसरता गणतन्त्र नेपालका लागि निश्चय नै प्रशन्नताको कुरा हो ।
यूरोपमा पुँजीवादी जागरणसंगै “संसारमा बहुमुल्य जे छ, खोज र कब्जा गर” को रणनीतिले यूरोपेलीहरु अमेरिका कब्जा गर्न पुगे । आदिम साम्यवादी संस्कृतिका आदिवासीहरुको सम्पूर्ण भूभाग कब्जा गर्दै यूरोपेलीहरुकै एकल प्रभुत्वमा संयुक्त राज्य अमेरिका स्थापना गर्न पुगे । रैथाने आदिवासीहरु समूल निषेध गरिए भने दास प्रयोजनमा अफ्रिकाबाट झिकाएइका पूर्खाका सन्तान करोडौ अश्वेत नागरिकहरु, श्वेत प्रहरी अधिकृतद्धारा घाँटी थिचेर मारिएका जर्ज ल्फोयडको जीवनदशामा आज पनि कैद छन् । अठारौं शताब्दीको अन्ततिर ब्रिटिश उपनिवेशवाट स्वतन्त्र बनेको संयुक्त राज्य अमेरिका वैज्ञानिक अलबर्ट आईन्सटाइनको अणु वम सुत्र अनुदानले दोस्रो विश्वयुद्धमा पुँजीवादी महाशक्ति बन्न पुग्यो ।
त्यस उप्रान्त सोभियत संघ र चीनियाँ साम्यवाद रोक्ने भन्दै अमेरिकाले मुख्यतः कम विकसित मुलुकहरु माथि सैनिक आक्रमण घनिभूत पार्ने अपराध जारी राखेको छ । सामान्यतः दोस्रो विश्वयुद्ध र विशेषतः भियतनाम युद्धमा भारी पराजयपछि साम्राज्यवादी अमेरिकाको अगुवाईमा पुँजीको निजीकरण, भूमण्डलीकरण र उदारीकरण भन्दै विश्व पुँजीवाद वस्तुतः नव–पुँजीवादमा पतन भयो । कोभिड–१९ को आम प्रकोपले नव–पुँजीवादलाई पतनको उत्कर्षमा पु¥याएको अवस्था प्रष्टै देख्न सकिन्छ । पुँजीवाद भित्रैका यी संकटका कारण आफ्नो साम्राज्यवादी अस्तित्व रक्षाका लागि अमेरिका चीनियाँ समाजवाद विरुद्ध आक्रमणको अन्तिम तयारी गरिरहेछन् । यसैले समाजवादी अन्र्तराष्ट्रवादको रणनीति लिएको जनगणतन्त्र चीन विरुद्ध दक्षिण चीन सागर र नेपालमा सैनिक अखडा जमाउन पछिल्लो समय साम्राज्यवादी अमेरिकाले दुस्साहस गरिरहेको छ । त्यसैको अभिव्यक्ति हो, इन्डो-प्यासिफिक सैन्य रणनीति को अभिन्न अंग एमसीसी परियोजना । परन्तु कतिपय शासकहरु विदेशी दलाल भए पनि सदा स्वाधीन नेपाली जनता देशभक्त छन् र सबै खाले जनप्रतिरोधका निम्ति सक्षम छन् । नेपाली समाजमा व्याप्त जातव्यवस्था र विपन्नताबाट नाजायज लाभ उठाउदै धर्म परिवर्तनद्धारा औपनिवेशीकरणको रणनीतिमा युरोपेलीहरु तल्लीन देखिन्छन् । त्यसमा यहाँकै कतिपय राष्ट्रिय आत्मसमपर्णवादी गद्दारहरु सारथी बनेका छन् । आफ्नो मौलिक परम्पराहरुमा गुणात्मक सुधार गर्दै धार्मिक स्वतन्त्रता पक्षधर राष्ट्रिय स्वाधीनताप्रेमी जनसमुदाय तथा राजनीतिक संगठनहरु नेपालको सार्वभौमिकता रक्षा गर्न निश्चय नै सामथ्र्यवान रहने छन् ।
दक्षिण छिमेकी भारत दक्षिण एसियाको सभ्यता विकास केन्द्र हो । यहाँबाट महान् सम्पदाहरु विकसित भएका छन् जसले, जातव्यवस्थाको कलङ्क बाहेक दक्षिण एसियाली मुलुकका जनताको अनुपम सेवा गरेको छ । सम्राट अशोकको समय स्वाधीन र अखण्ड रहेको भारतमा त्यसपछि अनेक बाह्य शक्तिले औपनिवेशिक शासन चलायो । पछिल्लो समय भारतका जनता विरुद्ध औपनिवेशिक उत्पीडन गरिरहेको ब्रिटिश साम्राज्यवाद दोस्रो विश्वयुद्धसम्म आउँदा यथावत टिक्न नसक्ने भयो । खासगरी, सन् १९१७ मा लेनिन-स्टालिन नेतृत्वको सोभियत क्रान्तिले उपनिवेशवाद विरुद्ध विश्वव्यापी राष्ट्रिय मुक्ति आन्दोलनको वैज्ञानिक सिद्धान्त र क्रान्तिकारी उर्जा दिलायो । सँगसँगै उत्तरको विशाल चीनमा माओवादी क्रान्ति निर्णायक बनिसकेको थियो । ठीक यही पृष्ठभुमिमा, सन् १९४७ मा भारत स्वतन्त्र बन्यो । आजाद हिन्द फौज स्थापना गरेर स्वतन्त्रता संग्राम लडेका सुभाषचन्द्र बोसको मुख्य योगदान रहेको स्वतन्त्र भारतमा गान्धी–नेहरु शासन परम्परा स्टालिन काल देखि नै सोभियत–रुस सम्बन्धमा आधारित थियो । पछिल्लो समय हिन्दु अतिवादी संगठन “आरएसएस” को राजनीतिक मोर्चा भाजपा पुगेपछि त्यसले हिन्दु सामन्ती साम्राज्यवादलाई बढावा दिएको छ । काश्मिरी जनताको विशेष स्वायत्तता खोस्ने र प्रगतिशील एवं गैरहिन्दुहरु विरुद्ध फासिवादी दमन त्यसको प्रमाण हो । यद्यपि, कांग्रेस आईकै सिक्किम कब्जा र छिमेकी प्रति गिद्दे दृष्टिका कारण भारतीय साम्राज्यवाद विरुद्ध नेपालमा राष्ट्रिय प्रतिरोध आन्दोलन जारी रहदै आएको हो । भाजपासम्म आउँदा सबै शक्ति दिल्लीमा केन्द्रित गर्न अभ्यस्त प्रधानमन्त्री नरेन्द्र मोदीले आफूलाई भारतको पृथ्वीनारायण शाह तुल्याउने धृष्टता गरिरहेका छन् । जसले, धार्मिक स्वतन्त्रता पक्षधर भारतीय जनता र प्रगतिशीलहरु विरुद्ध हिंसात्मक उत्पीडन थोपर्नुका साथसाथै स्वाधीन नेपाललाई भारतीय हिन्दु साम्राज्यवादको प्रत्यक्ष उपनिवेश तुल्याउने फासिवादी चुनौति बढाइरहेको छ । अतः देशभक्त नेपालीहरु इन्डो-प्यासिफिक सैन्य रणनीतिको वास्तविक रुप इन्डो- अमेरिकी सैन्य रणनीतिक परियोजना–एमसीसीले गडबडी नगरोस भनेर प्रतिरोध संघर्षमा छन् ।
स्वतन्त्रतापूर्व हिजो आफूमाथि भएको साम्राज्यवादी उत्पीडन चटक्कै बिर्सेर भारतीय शासकहरुले आफूलाई “ब्रिटिश”ठान्दै छिमेकीप्रति साम्राज्यवादी व्यवहार गरिरहे पनि विशाल भारतमा कराडौंको संख्यामा न्यायप्रेमी जनता छन् (भाइचारा शक्तिहरु, समाजवादी शक्तिहरु आन्दोलनरत छन), ती महान जनसमुदायले देशभक्त नेपालीको सम्मान र समर्थन अवश्य गर्ने छन् ।
राष्ट्रिय सन्दर्भ
जनआन्दोलन, जनयुद्ध, मधेस आन्दोलन, थारू आन्दोलनहरुको मुख्य राजनीतिक उपलब्धी हो –संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल । वाम विर्सजनवादीहरु दक्षिणपन्थीहरुको विद्यमान गणतन्त्रको हुर्मत लिन्छन् । मध्यपन्थीहरु सत्तासीन दलाल पुँजीवादीहरुका जनविरोधी रवैया देखेर दक्षिणपन्थी प्रतिगमनतर्फ ढल्किन्छन् । क्रान्तिकारीहरु मुलतः हाम्रो पार्टी नेकपा (एकीकृत समाजवादी) नेपालमा फेब्रुअरी पुँजीवादी क्रान्ति सम्पन्न भएको, तर अक्टोबर समाजवादी क्रान्ति बाँकी नै रहेका कारण यी यावत - राष्ट्रिय स्वाधीनता, पहिचान आधारित जनवाद र सामाजिक न्याययुक्त जनजीविका सुनिश्चित हुन नसकेको हुन् भन्दै उपलब्धीेको रक्षा तथा कमजोरी सच्याउन देशभक्त राष्ट्रिय स्वाधिनताको आन्दोलनमा जोड दिँदा उपयुक्त हुन्छ । आज माओवादी केन्द्रको सहयोगमा शक्तिशाली बन्न पुगेको खड्गप्रसाद ओली नेतृत्वको गठबन्धन, हिजोको दिनमा भष्मासुरे शासनले उग्ररुप लिएपछि विभिन्न संघर्षहरु बाट प्राप्त उपलब्धी गणतन्त्र रक्षार्थ समस्या उत्पन्न हुने देखिन्छ । अन्ततः हाम्रो पार्टीका शिर्ष नेता र प्रचण्ड लगायत संसदीय गठबन्धनको संघर्षले ओलीलाई सरकारको प्रधानमन्त्रीबाट हटाएर संसदतर्फ धकेलेको थियो । परन्तु, अहिले बनेको संसदीय खिचडी गठबन्धनको प्रधानमन्त्रीका विगत र सत्ता मोहले लम्पसार भएका कारण भयानक देशद्रोहको जोखिम त्यतिकै यथावत छ । यद्यपि, अमेरिकी साम्राज्यवाद विरुद्ध नेपाल र चीनको राष्ट्रिय स्वार्थ एकताबद्ध हुने गरी उत्तरका शक्तिशाली विदेशमन्त्री वाङ यीले आफ्नो आलेख मार्फत भनेका थिए “अमेरिका इन्डो-प्यासिफिक रणनीतिलाई रद्दीको टोकरीमा फालिन्छ ।”
अहिले बनेको नयाँ गठबन्धन भस्मासुरे केपी प्रवृत्ति - कथित राष्ट्रवादी पुनरुथानवादी शक्ति - संघीयता बिरोधि साम्राज्यवादका प्रतिनिधि शक्ति र संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधर शक्तिहरुले बनेको बिचित्र प्रकारको खिचडी सरकार अन्ततः पश्चगामी दक्षिणपन्थी अवसरवादी चरीत्रको छ । यदि यही गठवन्धन बाट ओलिको हातमा रास्ट्रपति पनि गयो भने संविधान उल्ट्याएर फेरि २०४७ साल तिर पुग्ने डरलाग्दो अवस्था नेपाली आकाशमा मडराइरहेको छ । यो गम्भीरता लाई ध्यानमा राख्दै हाम्रो पार्टीले बडो सचेतता साथ त्यो परिस्थिति लाई रोक्न, सके सम्म रास्ट्रपति हामीले नभए परिवर्तनकारी शक्ति लाई जिताउने पहलमा लाग्नु नै अहिलेको कार्यभार हो ।
अर्कोतिर भुमण्डलिकृत बित्तिय एकाधिकार पुजीवाद, घरेलु पुजीवादी उपभोक्तवादी संस्कृतिको सिकार भएका प्रेम प्रसाद आचार्य (बानेश्वरमा आत्मदाह गर्ने ब्यक्ती) जस्ता ‘कायरतापुर्ण आत्महत्या’ गर्ने एक निराशावादी युवालाई हाम्रो पार्टी लगाएत अन्य दलका जिम्मेवार नेता कार्यकर्ताहरुले ‘बिद्रोह’ को रूपमा परिभाषित गर्नु यो मुलुकको अर्को भयानक बिडम्बना हो । भुमण्डलिकृत बित्तिय एकाधिकार पुजीवाद, घरेलु उपभोक्तावादी संस्कृतिको कुप्रभाबले, आचार्य जस्ता एक होइन लाखौं करोडौं मान्छेलाई पिडा, तनाव, शारीरिक र मानसिक प्रताडना दिइरहेको छ । त्यसको समाधानको निम्ति बिद्रोह, आत्महत्या हुन् सक्छ त ? कदापि सक्दैन । बरु यो डरलाग्दो पुजीवादको विरुद्ध क्रान्ति छेडनु पर्छ । तसर्थ यस्तो प्रवृत्ति दृष्टिकोणको हिसाबले अवैज्ञानिक हो । निक्कमावादी, निराशावादी र चरम निम्नपुजीवादी चिन्तन हो । बिचार र दर्शनले कायरतापुर्वक मर्न होइन प्रतिकुल परिस्थिति र खराब ब्यबस्था विरुद्ध डटेर बहादुरीपुर्वक सामना गर्न सिकाउछ । त्यसकारण यो ब्यबस्थाका खराबीहरुको पहिचान गरि सचेतता पुर्वक प्राप्त उपलब्धिलाई परिष्कृत गर्दै समाजवादी क्रान्ति गर्ने बाटोमा लामबद्ध हुन् र सम्पुर्ण कमरेडहरु लाई क्रान्तिकारी अग्रदस्ता बन्न आग्रह गर्दछु ।
पार्टी पुनर्गठन र औचित्य बारे
नेकपा (एमाले) अध्यक्ष श्री खड्ग ओलिको (कमरेड भन्नु पर्ने कारण गुमाइसकेकोले श्री लेखेको) पश्चगामी, दक्षिणपन्थी अवसरवाद, दम्भ, अहंकार र चरम आत्मकेन्द्रित ब्यक्तिवादी प्रवृत्ति संग सचेत र साहसिक निर्णयले बिद्रोह गरेर पार्टी पुनर्गठन गरेको हो । सायद त्यतिबेला बिद्रोह नगरेको भए जनआन्दोलन, १० वर्षे सशस्त्र द्वन्द, मधेस आन्दोलन, थारु आन्दोलन लगाएत सघर्षहरु बाट प्राप्त उपलब्धि -संघीय लोकतान्त्रिक गणतन्त्र नै भस्मासुरे श्री खड्ग ओलि प्रवृत्तिले समाप्त पार्ने करिब निश्चित थियो । त्यसकारण त्यो बिद्रोहले संविधानको रक्षा मात्रै होइन नेपाली कम्युनिस्ट आन्दोलनको समेत शानदार ढंगले रक्षा भयो । समाजवादी आन्दोलनको विचार, भावना र क्रान्तिकारी विराशतको पार्टी पुनर्गठन हाम्रो राजनीति पहिचान बनेको छ । माक्र्सवाद - लेनिनवादकोे समीक्षा तथा वैचारिक विकास प्रक्रिया छाडेरे खड्गप्रसाद ओलीको दक्षिणपन्थी अवसरबाद, बिसर्जनवाद, सत्तावाद, कुर्सीवाद, आत्मसुरक्षावाद, दम्भ, घमण्ड, अहंकार र भस्मासुरे प्रवृत्तिका कारण पार्टी पुनर्गठनको तत्कालीन परिस्थिति उत्पन्न भएको हो । तत्कालीन प्रधानमन्त्री ओलीको संसद विघटन विरुद्ध अन्ततः माधव÷झलनाथ सडक आन्दोलनमा आउनुप¥यो । विचारधारामा माक्र्सवाद– लेनिनवादको अडान तथा राजनीतिमा खड्गप्रसाद ओली प्रवृतिप्रति विद्रोहको अभिव्यक्ति नेकपा (एकीकृत समाजवादी) को पुनर्गठन थियो तथापि केही कमिकमजोरी भए होलान, त्यस्लाइ वैज्ञानिक ढंगले हल गर्नु पर्दछ ।त्यसका बाबजुद पनि अहिले नेकपा (माओवादी केन्द्र)को समर्थनमा ‘पश्चगामी दक्षिणपन्थी अवसरवादीहरुको’ खिचडी प्रकारको गठवन्धन निर्माण भएको छ । त्यसैले फेरि ओलि प्रवृत्ति बलियो बन्ने ठाउँ बनेको कारण त्यो प्रवृत्तिले टाउको उठाउन सक्ने भय बिधमान छ, त्यसको उदाहरण केही समय अगाडि श्री खड्ग ओलिले संसद लाई सम्बोधन गर्दै, भनेका थिए, संसद विघटन ठिक थियोे, फेरि पनि संसद विघटन गर्न पाउनु पर्छ भन्ने आशयको अत्यन्त गम्भीर र खेदजनक अभिव्यक्ति दिएका थिए, जसको विरुद्धमा हाम्रो श्रदेय अध्यक्ष कमरेड माधवकुमार नेपालले दृढतापुर्वक, शसक्त ढंगले प्रतिवाद गर्नुभयो जस्ले देशभरी, पार्टी भित्र र बाहिरका नेता कार्यकर्ता र आम जनतामा सकारात्मक तरंग पैदा गरेको छ । देशमा नेकपा (एकीकृत समाजवादी) प्रतिको बिश्वास र आशा पैदा गरेको छ । यसकारण पनि भन्न सकिन्छ त्यो बिद्रोह अपरिहार्य एतिहासिक र पुर्ण रूपमा औचित्य पुष्टि भएको मेरो ठहर छ ।
नयाँ कार्यभारहरु
नेकपा (एकीकृत समाजवादी)का कार्यभार निम्न अनुसार तय गरिनु पर्छ ।
१. समाजवादी तथा अग्रगामी कम्युनिष्टहरु बिच महाधू्रवीकरण अभियान र नयाँ कम्युनिष्ट पार्टी निर्माणको पहलमा जोड दिने ।
२. श्रमिकवर्ग, जाति, क्षेत्र महिला र देशभक्तहरुको संयुक्त राज्यसत्ता स्थापना गर्न संगठनको स्वरुपमा काम गर्ने ।
३. गणतन्त्र, राष्ट्रिय स्वाधीनता र जनजीविका रक्षार्थ कम्युनिस्ट समाजवादीहरु सहितको बृहत्त संयुक्त मोर्चा घटकको भूमिका खेल्ने र एकता सम्म पुग्ने ।
४. नयाँ कम्युनिष्ट पार्टी निर्माणका लागि माक्र्सवाद-लेनिनवाद पथप्रदर्शक सिद्धान्त र वैज्ञानिक समाजवादको राजनीतिक कार्यदिशामा पार्टी संगठन समेतको कामकार्वाही गर्ने ।
५. प्रदेश, जिल्ला र स्थानीय तहमा रणनीतिक इलाका निर्धारण गरी त्यस इलाकामा नेतृत्व केन्द्रीकरणको कार्यविभाजन र संगठन तथा सघंर्ष निर्माणमा मुख्य प्राथमिकता दिने ।
६. राष्ट्रियता जनवाद र जनजीविका एवं श्रमिकवर्गीय समाजवाद सुनिश्चितताको राजनीतिक कार्यक्रमका आधारमा शान्तिपूर्ण सडक आन्दोलन हुदै निर्वाचन उपयोगको कार्यनीतिक पहलद्धारा समाजवादी नीतिलाई निरन्तरता दिदै, जनसमुदाय माझ महान जनविद्रोहको सामरिक कार्यदिशा स्थापित गर्ने ।
७. पार्टी नेकपा (एकीकृत समाजवादी) पुनर्गठन दौरान माक्र्सवाद–लेनिनवादको विकसित विचारधारा र नेपाली बिशेषताको समाजवादी कार्यक्रम लगायत सम्पूर्ण विचार सिद्धान्त नीति कार्यक्रम तथा योजनाहरुको उत्तराधिकारी संगठनको कार्यभार सम्हाल्ने ।
८. माक्र्सवाद-लेनिनवाद प्रति दृढ रहँदै नेपाली बिशेषताको समाजवादको विकाश गर्ने, नेतृत्व निमार्णमा सर्वहारा वर्ग प्रति वास्तविक रुपमा इमानदार रुपान्तरणको निम्ति दृढतापूर्वक प्रयत्न गर्ने, अर्थ राजनीतिक कार्यक्रममा बहु आयामिक समाजवादको कार्यक्रम लागु गर्ने । द्धन्दात्मक ऐतिहासिक भौतिकवादको विश्व दृष्टीकोणको आलोकमा जनवादी संस्कृतिको विकाश गदै अगाडि बढ्ने । प्रतिगामि, दलाल तथा नोकरशाही पुजीवादीका विरुद्ध जाति क्षेत्र महिला श्रमीक, देशभक्तहरुको राज्यसत्ता निमार्ण को निम्ति वर्ग संघर्ष मार्फत नेपाली विशिष्टताको समाजवाद स्थापना गर्ने रणनीति अन्र्तगत विचार मिल्ने तथा देशभक्त शक्तीहरु सँग मोर्चा गर्दै सडक आन्दोलनको कार्यनीति लागु गर्ने । भुमण्डलिकृत वित्तिय एकाधिकार पुजीवाद, भारतिय तथा अमेरिकी साम्राज्यवाद, घरेलु पुजीवादी उपभोक्तावादी संस्कृतिको कुप्रभाव, पश्चगामी, प्रतिगामी, प्रतिकृयावादलाई ध्वस्त पार्न राष्ट्रिय स्वाधिनता र नेपाली विशिष्टताको समाजवाद स्थापित गर्न देशभक्त राष्ट्रिय स्वाधिनताको आन्दोलनको अगुवाई गर्ने ।
उपरोक्त कार्यभारका आधारमा नेपाली विशिष्टताको समाजवादका लागि श्रमिकवर्गीय जागरण र समाजवादी धूवीकरणद्धारा नयाँ कम्युनिष्ट पार्टी निर्माण अभियानले हाम्रो संगठनको राजनीतिक पहिचान र धरातल सुदृढ गरिने हुन्छ ।
क. वाम विसर्जनवाद र दक्षिणपन्थी विर्जनवादका कारण उत्पन्न परिस्थितिले आज यस्तो स्थिती भयो, महाध्रूवीकरण अभियानद्धारा भोलि फेरि नयाँ सशक्त कम्युनिष्ट पार्टी निर्माण गरिन्छ भन्ने रणनीतिक पार्टी र मोर्चा संगठनको आधारभूत कार्यभार उठान गर्नु पर्दछ । यसरी विगत पार्टी केन्द्रीय समितिको उत्तराधिकार संगठन समेत नयाँ आधारमा हाम्रो पार्टी असली नेपाल कम्युनिष्ट पार्टी हुन आएको छ ।
ख. हाम्रो संगठनले माक्र्सवाद–लेनिनवाद र वैज्ञानिक समाजवादको राजनीतिक कार्यदिशामा पार्टी संगठन तथा माक्र्सवाद–लेनिनवाद र वैज्ञानिक समाजवाद स्वीकार गर्नेहरु बिच पनि घटक समुह रहन मिल्ने गरी विशेष संरचनाको मोर्चा संगठनका रुपमा काम गर्दा ठिक हुन्छ । यसरी मात्र महाध्रूवीकरण अभियानद्धारा नयाँ कम्युनिष्ट पार्टी सम्भव हुनेछ । अतः माक्र्सवाद-लेनिनवादको पथप्रदर्शक सिद्धान्त र वैज्ञानिक समाजवादको राजनीतिक कार्यदिशा स्वीकार गर्ने समुह तथा व्यक्तिहरु नेकपा (एकीकृत समाजवादी)मा घटकका रुपमा रहन सक्ने छन् ।
स्मरणीय छ कि पार्टी पुनगर्ठनका दौरान उच्चतम विकास नगरिएसम्म माक्र्सवाद–लेनिनवादको प्रयोग सम्भव हुदैन, भन्दै हाम्रो पार्टीले विचार कार्यदिशा र कार्यक्रमको क्षेत्रमा मौलिक विकासहरु ग¥यो र अझै गर्नेछ । यसरी विकसित विचार, कार्यदिशा र कार्यक्रमवारे छलफल र सहमति हुन बाँकी रहेका, तर माक्र्सवाद-लेनिनवाद र वैज्ञानिक समाजवादको राजनितिक कार्यदिशा अख्तियार गरिरहेका विभिन्न समुह तथा व्यक्तिहरुसंग वार्ता सम्वाद जारी रहेको स्थिति छ ।
हाम्रो पार्टी एक नम्बर बन्ने आधारहरु
- हाम्रो पार्टी यो ब्यबस्थाको रक्षक हो
- हाम्रो पार्टीमा बेदाग, निष्कलङ्क छवि बनाएका शिर्ष नेतृत्वहरु हुनु हुन्छ
- हाम्रो पार्टी संग असली माक्र्सवादी÷लेनिनवादी दृष्टिकोण छ
- स्पष्ट राजनैतिक - बैचारिक कार्यदिशा छ
- जनताको निम्ति बिद्रोह गर्ने आँट छ
- हाम्रा नेता कार्यकता हरुमा सकारात्मक, दृढ़ मनस्थिति छ
- पार्टी निर्माण र वर्गसंघर्षको निम्ति हामीमा, छालको गति सरह अघि बढ्ने दृढता छ ।
केहि सुझावहरु
पुजीवादको अन्त्यको निम्ति नेपालमा संघर्ष गर्नका लागि एउटा एकल केन्द्रीकृत, जुझारु पार्टीको आवश्यकता छ । जस्ले भाषा जाति धर्मको भेदभाव बिना, सम्पुर्ण सर्वहाराबर्ग लाई आफ्नो पछाडी लगाउन सकोस् ।
यस्तो पार्टी बनाउनको निम्ति निम्न कामहरु अनिवार्य छन् ।
- समस्या लाई एतिहासिक दृष्टिकोण बाट हेर्ने गरौं ।
- हाम्रो पार्टीलाई समाजवादीहरुको केन्द्र बनाउनको निम्ति संगठन लाई सर्वहारा बर्गको अग्रदस्ता बनाऔं ।
- निम्न पुजिवाद र पलायनबाद बाट मुक्त मानसिकताको निम्ति सहि अध्ययन गरौं ।
- पार्टी निर्माणको सवालमा विभिन्न तहका बैठकमा बिचार संश्लेषण र समाजवादी क्रान्तिको ठोस कार्यक्रम छिटो तय गरौं ।
- पार्टीमा जनवादी केन्द्रीयता लागु गरौं ।
- असल संस्कार, संस्कृति निर्माणको निम्ति अभियान चलाऔं ।
- पार्टी स्कुल बिभाग मार्फत अधिकतम प्रशिक्षण संचालन गरौं ।
- आँधिको बेगमा अगाडि बढौं ।
- बढी भन्दा बढी प्रभावको लागि प्रयास गरौं ।
- ठिक समयमा ठिक निर्णय गरौं ।
- जिम्मेवार बनौं ।.
- गलत चिन्तन बाट मुक्त होऔं ।
वर्ग विश्लेषण बारे
२१ औं शताब्दीको दोस्रो दशक चलिरहदा सम्म पनि हामी हाम्रो आधार वर्ग १९ औं शताब्दीको आधारमा विश्लेषण गरिरहेका छौ, यो अत्यन्त गम्भीर कुरा हो, आजको नेपाल र २० वर्ष अगाडिको नेपालमै समेत ठुलो परिवर्तन आइसकेको छ, सोच चिन्तन र अर्थ – राजनीतिक दृष्टिले ! आजको नेपालमा हामीले विश्लेषण गरेका आधार वर्ग को हुन् त ? मात्रै भुमि हिन राउटे समुदाय ? ती बाहेक अन्य समुदाय पुर्ण भुमि बिहिन, सुकुम्बासी कति प्रतिशत होलान् ? १ प्रतिशत ? सायद यस्तै । रोजगारीका स्वरुप फेरिए संगै बिशेष गरि युवा, अनि प्रौढ पनि आफ्नो अमुल्य श्रम कौडीको भाउमा बेच्न खाडी, युरोप, अमेरिका अस्ट्रेलिया लगाएत बिश्वभर पुग्न बाध्य भए पनि निम्न बाट मध्यम वर्गमा रुपान्तरण भएको तथ्य पनि त सत्य हो । तसर्थः आजको सन्दर्भमा वर्ग विश्लेषण गर्न सकिएन भने हामी हाम्रो लक्ष्य र उदेश्य सम्म पुग्न सक्दैनौं, मेरो विचारमा आजका मध्यम वर्ग हिजो हामीले विश्लेषण गरेका सर्वहारावर्ग हुन् । तसर्थ हाम्रा आधार वर्ग पनि यिनै हुन् भन्ने तथ्य लाई मिहिन ढंगले केलाएर वर्ग विश्लेषण गर्न जरुरी छ ।
युवा, बैकल्पिक शक्ति र झुठ लोकप्रियतावाद बारे
अहिले नेपाल लगाएत बिश्वका धेरै मुलुकहरूमा एउटा बहस छ , “युवा र बिकल्प”को लहर जोडतोडले चलिरहेको छ, यो सकारात्मक पनि हो, तर यो बिषयमा विशेषगरि नेपाल मा मान्छेको धारणालाई थुप्रै कुराहरुमा सच्च्याउनु पर्ने देखिन्छ, बुझाउनु पर्ने देखिन्छ, समाजलाई सचेतना दिनु पर्ने देखिन्छ । जस्तो, युवाको परिभाषा के हो त ? उमेरले युवा भएर मात्रै यो समाजले आशा गरेको जस्तो योग्य युवा पाउन सकिन्छ त ? कदापि सकिदंैन । केहि युवाहरु चोर, डाका, फटाहा, तस्कर, ठग, लुटेरा, बलात्कारी आदि आदि पनि त छन् , तर देशले खोजेका युवा हरु वैज्ञानिक बिचार, सिद्धान्त र दर्शनको आलोकमा नैतिकवान, स्पष्ट भिजन, जनप्रेमी, स्वाधीन, देशभक्त, जुझारु वा भनौं दृष्टिकोणको हिसाबले वैज्ञानिक र क्रान्तिकारी युवा खोजेको छ । त्यो नै व्यबस्था र अवस्था परिवर्तनको निम्ति योग्य उत्तराधिकारी बन्न सक्छ । त्यो नै बैकल्पिक शक्तिको हकदार हो । जो हाम्रो पार्टीले ती युवाहरु लाई पहिचान गरि स्थापित गर्न सक्नु पर्ने अभिभारा काँधमा बोक्न जरुरी छ । यो देशलाई हाम्रो पार्टी बाट देश निर्माणका खातिर वर्गीय मुक्तिको निम्ति महान साहित्यकार लियो टोल्स्टोयको लघुकथा “चलाख छाउरो” जस्तो युवाहरु निर्माण गर्नु छ र त्यस्ता युवाहरु आजको आवश्यकता बनेको छ । त्यसैगरी अर्को तर्फ हाम्रो मुलुकमा “युवा र विकल्प” को नाउमा ठुलो भ्रम पैदा भएको देखिन्छ त्यसैले जनतालाई सुसूचित गर्ने जिम्मा पनि हाम्रो पार्टीले लिएर जनतालाई छिटोभन्दा छिटो भ्रम बाट मुक्त बनाउनु छ ।
दल दर्ता गरेको अत्यन्त छोटो समयमै निकै ठुलो र आश्चर्यजनक तर शंकासपद सफलता हासिल गरेको रास्वपाका सभापति रबि लामिछाने सर्वाधिक विबादित पात्र हुन्, बिशेषगरि उनको ब्यक्तीगत र सार्वजनिक जीवनलाई लिएर । तर जनतामा रहेको राजनीतिक दलहरूको थिति देखेर वाक्क भएका बिशेषगरि शहरीया जनमत उनले बडो चलाखीपुर्वक “झुठ लोकप्रियतावाद” को सहारा लिएर तान्न सफल भए । तर सम्मानित सर्वोच्च अदालतले उनलाई नागरिकता मुद्दामा दोषी ठहर भए संगै उनको, सांसद, उपप्रधान तथा गृहमन्त्री बाट हात धुनु पर्यो । अहिलेलाई उनको झुठ लोकप्रियतावादको अवसान भए पनि जनतामा भने उनको झुठ लोकप्रियतावाद कायमै देखिन्छ । सत्ता र कुर्सी मोहमा उनले अन्य दल लाई पनि माथ दिएका छन, उनी कुर्सी मोहमा पुराना दलका नेता भन्दा १० गुणा बढी लागेको देखियो, उनले टेलिभिजनका पर्दामा गाली गरे जस्तो अथवा जादुको छडी घुमाए जस्तो, अन्याय, अत्याचार, रोजगारीका समस्या, जनजिबिका, जनतन्त्र, राष्ट्रियता र स्वाधीनता जस्ता कुराहरू समाधान हुदैनन्, त्यसको निम्ति निति, बिधि, सिद्धान्त, दर्शन, कार्यक्रम र कार्यदिशा सहि चाहिन्छ भन्ने कुरा लाई गोलमाल गरेर जनतामा ठुलो भ्रम पैदा गरिएको छ, त्यो भ्रम चिर्नको निम्ति हाम्रो पार्टीले माथि उल्लेख गरेको जस्तो टोल्स्टोयको लघुकथा ‘चलाख छाउरो’ जस्ता सक्षम युवाहरू निर्माण गर्नै पर्छ ।
संगठनात्मक काम
-केन्द्र, प्रदेश, जिल्ला र स्थानीय संगठन क, ख, ग, श्रेणीमा रणनीतिक इलाका निर्धारण गरी त्यस इलाकामा नेतृत्व केन्द्रीकरण सहितको कार्यविभाजन गर्ने । त्यस्तो इलाकामा - निम्न कामहरू गर्ने :
-जनसमुदाय माझ समाजवादी कार्यक्रमको मिहिन ढंगले व्यापाक प्रचार प्रशार गर्ने ।
-जिम्मेवार पात्रहरुको संगठन गर्ने, जवस-मोर्चा, युवा कम्युनिष्ट, भूगोल पार्टी ।
-संगठनका निम्ति जिम्मेवार पात्रहरुले पार्टी नीति र कार्यक्रम लगातार प्रचार प्रशार गरिरहने ।
-जनसेवा, सघर्ष र पार्टी निर्माणको कार्यक्रम स्वतः स्पष्ट छ ।
नेपाली बिशेषताको समाजवादका दश विशेषताहरु
लेनिनको अक्टोबर क्रान्ति महान जनविद्रोहको कार्यदिशामा नेपाली क्रान्ति सम्पन्न गर्न पार्टी यहाँ दुई चरणको समाजवादी राजनितिक कार्यदिशा दलाल तथा नोकरशाही पुँजीवादी निर्वाचन प्रणाली विरुद्ध समाजवादी निर्वाचन प्रणालीका आधारमा श्रमिकवर्ग, जाती, क्षेत्र, महिला र देशभक्तहरुको संयुक्तराज्यसत्ता निर्माण तथा स्थानीय तहलाई कम्युनमा बदल्ने वर्गसंघर्षको कार्यक्रम जस्ता मौलिकस्तरका राजनीतिक कार्यक्रमहरु विकसित गर्नुपर्छ । यस आधारमा मात्र नेपालमा वैज्ञानिक समाजवाद सम्भव हुन्छ, भनेर प्रष्ट भन्न सकिन्छ । जसका दश विशेषताहरु यहाँ प्रस्तुत छन् , साथै, माक्र्सवादको उच्चतम विकास हेतु प्रस्तावित नेपाली बिशेषताको समाजवाद निर्माणका अन्र्तवस्तुवारे अध्ययन, अनुसन्धान र वहश जारी राख्र्दै यसको पदावली भने अख्तियार गरेर जानु उपयुक्त हुनेछ । विज्ञान तथा प्रविधि र सूचना सञ्चारको अभुतपूर्ण विकास भइरहेको वर्तमान दुनियाँमा भौतिकवादी विज्ञान सम्बन्धी अज्ञानताले माक्र्सवादीहरु बाट सामाजिक अन्र्तविरोध पहिचान र वर्गसंघर्षको सही नेतृत्व सम्भव हुनै सक्दैन । अतः नेपाली बिशेषताको समाजवाद विचारधारा निर्माणको तहमा माक्र्सवादको विकास दायित्ववारे क्रान्तिकारी विशेष अग्रसरता अनिवार्य छ । यसरी नेपाली समाजवादका दश विशेषतामध्ये एक “नेपाली बिशेषताको विचारधाराको समाजवाद” हुन जरुरी छ ।
दश विशेषताहरु
१. नेपाली बिशेषताको विचारधाराको समाजवाद ।
२. चरणवद्ध क्रान्तिको समाजवाद ।
३. बहुदलीय प्रतिस्पर्धाको वहुवर्गीय समाजवाद ।
४. लैङ्गीक समताको समाजवाद ।
५. वहुजातीय, वहुभाषिक, वहुसांस्कृतिक, लैङ्गिक समाजवाद ।
६. जनसंख्या आधारित पूर्ण समानुपातिक प्रणालीको समाजवाद ।
७. स्थानीय जनताको समाजवाद ।
८. कृषि अर्थतन्त्रको जनकल्याणकारी समाजवाद ।
९. साम्राज्यवाद तथा दलाल नोकरशाही पुँजीवाद विरोधी समाजवाद ।
१०. अन्ततः वैज्ञानिक समाजवाद ।
अन्त्यमा,
देशभक्त, श्रमिकवर्ग, जाति, क्षेत्र, महिला को सच्चा प्रतिनिधि संघिय लोकतान्त्रिक गणतन्त्र, राष्ट्रिय स्वाधिनता र जनजिवीकाको असली रक्षक हाम्रो पार्टीका विचार र सिद्धान्तलाई अंगिकार गर्दै, मुलतः माक्र्सवादी÷लेनिनवादी वर्ग दृष्टिकोण, सर्वहारा कार्यशैलि, माक्र्सवादी दृष्टिकोण बोकेको, सर्वहाराको असली पहरेदार ले नेतृत्व गर्दा मात्रै नेपाली जनताको एकता, राष्ट्रियता, सहिष्णुता वलियो हुनुको साथै नेपाली तथा विश्व कम्युनिष्ट आन्दोलनलाई फाइदा पुग्ने आशा तथा विश्वास लिएको छु ।
१.पार्टी पुनर्गठनका दौरान माक्र्सवादको उच्चतम विकासको उदेश्यप्रति इमान्दार प्रयत्नस्वरुप विचार निर्माणको क्षेत्रमा आधारभूत सफलता हासिल भएको छ । यस वीच संगठन निर्माण तथा संघर्षका दर्जनौं कामहरु भएका छन् ।
२.पार्टी पुनर्गठन अभियानमा नेतृत्वको उदारतावश खराब चरित्रका मानिसहरु निम्न पुँजीवादीहरुले वेलावख्रत पार्टी, संगठनलाई दुख दिने गरे पनि इमान्दार कमरेडहरुको सामुहिक संघर्षबाट त्यसता “लम्पट चरित्र” लाई ठेगान लगाउने सफलता मिल्दै आएको छ ।
विद्यमान दलाल तथा नोकरशाही पुजीवादी राज्यसत्ताका विरुद्ध वैज्ञानिक समाजवादी कार्ययोजना सहित उपरोक्त आधारमा वैज्ञानिक विचारधारा, क्रान्तिकारी राजनीतिक कार्यदिशा र सर्वहारावादी-जुझारु संगठन हुनु र नहुनुले वर्गसंघर्षको स्थिति निर्धारण गर्छ, भन्ने कम्युनिष्ट पार्टी निर्माणमा नयाँ संश्लेषण - विधिप्रति संगठित सदस्यहरु सबैको कठोर योगदान सर्वत्र अपेक्षित रहन्छ । भुमण्डलिकृत वित्तिय एकाधिकार पुजीवाद, भारतिय तथा अमेरिकी साम्राज्यवाद, घरेलु पुजीवादी उपभोक्तावादी संस्कृतिको कुप्रभाव, पश्चगामी, प्रतिगामी, प्रतिकृयावादलाई ध्वस्त पार्न राष्ट्रिय स्वाधिनता र नेपाली विशिष्टताको समाजवाद स्थापित गर्न देशभक्त राष्ट्रिय स्वाधिनताको आन्दोलनको अगुवाई नेकपा (एकीकृत समाजवादी) अवश्य सफल रहनेछ ।
-माक्र्सवाद- लेनिनवादको विकास गरौं !
-देशभक्त राष्ट्रिय स्वाधिनताको आन्दोलन-जिन्दावाद !
-दलाल तथा नोकरशाही पुँजीवादी निर्वाचन प्रणाली-मुर्दावाद !
-श्रमिकवर्गीय समाजवादी निर्वाचन प्रणाली जिन्दावाद !
-नेपाली बिशेषताको समाजवाद स्थापनाको निम्ती संघर्ष गरौं !
-संघीय लोकतान्त्रिक गणतन्त्रलाई समाजवादी गणतन्त्रमा रुपान्तरणको संघर्ष गरौं !
-अमर सहिदहरु- लालसलाम !
-नेकपा (एकीकृत समाजवादी) जिन्दावाद !
( नेकपा (एकीकृत समाजवादी)को दस्तावेज मस्यौदा समिति समक्ष सुझाव प्रस्तुत गर्ने उद्देश्यले तयार पारिएको यस लेखका लेखक रायमाझी पार्टीको स्थायी कमिटी सदस्य हुनुहुन्छ । )