आज असार १५ गते आज मुलुक भरी रोपाइ गरी धान दिवस सम्पन्न भएको छ । यस रोपाइ कार्यक्रममा बिभिन्न राजनैतीक पार्टी आवद्ध किसान संघहरूले राजधानि लगायतका महत्वपूर्ण ठाउहरूमा आफ्ना पार्टीका नेताहरूलाई प्रर्दशित गरेर रोपाइ कार्यक्रम सम्पन्न गरेका छन । सरकारी क्षेत्रले पनि धानलाई महत्व दिएर उच्च सरकारी पदस्थ ब्यक्ति समेत सहभागि भएर धान दिबसमा सहभागि भए । गैरसरकारी क्षेत्र पनि विभिन्न कायक्रम साथ यस दिवसमा सहभागि बने । आज हामी बसोवास् गर्ने एशिया महादेश जुनमहादेशलाई अन्नको भण्डार भनेर समेत चित्रित गरिन्छ । धानलाई यस क्षेत्रको नीजि संस्कृति, पहिचानसमेत मानिने धानको बारेमा केही चर्चा परिचर्चा गर्ने प्रयास गरेको छु ।
धान एशियाको मुख्य खाद्य बाली हो । तर, यसको क्षेत्र केवल खाद बालीमा मात्र सिमित छैन । यो एशियाली जनताको पहिचान, संस्कार सभ्यता र जीवनशैलीसँग अभिन्न रूपले गासिएको छ । धान हजाराँै वर्ष देखिदेखि धान एशियाली जनताको जातिय धार्मिक र साँस्कृतिक अभिव्यक्तिको जनजीविकाको मुख्य आधार बनेको छ । अन्नको भण्डार भनेर चिनिने एशिया पहिले गरिबहरूको बस्ति भनेर पनि चिनिन्थ्यो । तर, आर्थिक रूपले दोश्रो स्थानमा रहेको चीन र दशौँ स्थान भित्र रहेको भारतको परिवेशलाई हेर्दा एशिया अब गरीबहरूको बस्ति होइन । ग्लोवल साउथको चम्किलो महादेश बनेको छ । धान एशियाली जनताको जीवनशैली हो भनेर हामीले स्विकार गरेका छौँ । बदलिदो परिवेशले आम युवा खेतीप्रति नै एकातिर वितृष्णाको अवस्था विद्यमान छ र अर्कोतिर बहुराष्ट्रिय निगमहररूले परम्परगत पारीपारीक खेती प्रणालीलाई ध्वस्त गर्दै कृषिलाई ब्यापारीकरण गरेपछि एशियामा धान संकटको स्थिति सृजना भएको छ र संटमा पारिएको धान खेतीको संरक्षण र सम्र्वद्धन गर्नु आम एशियाली किसानको अभिभारा बनेको छ ।
धानको उत्पत्ति आज भन्दा करबि १० हजार वर्ष अगाडी हिन्द कुश क्षेत्र र र दक्षिण पुर्वी एशियाका नदी किनार तथा उपत्यकाहरूमा भएको मानिन्छ । बैज्ञानिक अनुसन्धानले चीनको योगजे पदी उपत्यका र भारतको ब्रम्ह्पुत्र गंगा जल ग्रहण प्रणली धानको सम्भावित उत्पत्ति क्षेत्र हुन् भनि पुष्टिगरी सकेको छ । पुरातात्विक उत्खननहरूले चीनको योगजे नदी बरीपरी ८ हजार वर्ष पुराना धानका दानाहरू प्राप्त गरेका दाबिसमेत गरेका छन् । यसरी खेतीको विकास र विस्तार हुँदै जादा कोरियन प्रायदिप, जापान, फिलिपिन्स, इन्डोनेशिया भियतनाम, मलेशिया, भारत, नेपाल, बंगलादेश पाकिस्तान बर्मा हुँदै फैलदै अफ्रिकासम्म पुग्यो । यसरी खासगरी मनसुनी प्रभाव क्षेत्रहरूमा धान कृषि संस्कृतिको रूपमा विकास भयो ।
विश्वमा उत्पादन हुने धान मध्ये ९० प्रतिशत धान एशिया महादेशले गर्दछ । उपयभोग पनि सोही अनुरूप छ । नेपालमा जन्मे देखिनै धान गाँसिएको छ । छैठीको दिन भाविले धानको कलमले भाग्यरेखा कोरी दिन्छिन भन्ने किंवदन्ति पनि हामीले सुनेका छौँ । न्वारान, पास्नि छेवर ब्रतवन्ध, विवाह पुजाआजा, मृत्यु श्राद्ध र भुत मान्छन् । धामी झाँक्री आदी सबैले अक्षता भनेर चामललाई नै प्रयोग गरेको हामी पाउछौँ । हामी खना खानभयो भनेर सोध्दैनौँ भात खानुभयो भनेर सोध्दछाँै । नेवार समुदायले खाजा खानुभयो भन्दा बजि न्याउला, भनेर सोध्दछन् । जसको अर्थ हुन्छ चिउरा खानु । चिउरा धानकै उपज हो ।
जापानमा इनारी देवीले धानको रक्षा गर्नुहुन्छ भन्ने मान्यता छ । थाइलैन्डमा पनि धान देवीको पुजा आजा गरेर रोपाइ गरिन्छ । चीन र भारतका महत्वपुर्ण चाडवाडहरूमा भामलका परिकारहरू नै प्रयोग हुन्छ । यसरी धान रोप्ने गोड्ने दाइ गर्ने र भित्त्र्याउने हरेक एशियाली देशका आ-आफ्नै सस्कृति र परम्परा रहेका छन् । साँस्कृतिक सम्वद्धताले होला लोकगीत लोकलय लोकनाच पनि धानसँग जोडिएको छ । उदाहरणशको रूपमा हामी नेपालको पुर्वी भाग को राइ लिम्बु संस्कृतिसँग जोडिएको धान नाचलाई लिन सक्छौँ ।
हामीले नहिच्किचाइ कन भन्न सक्नु पर्दछ कि धान खेती एशियाली जनताको आत्मानिर्भरताको श्रोत बनेको छ । धान एशियाको शान हो, एशियाको मान हो र एशियाली जनताको सम्मान हो । दक्षिण एशियामा त धान औपनिवेशिक शोषण प्रतिरोधको प्रतिक पनि हो । ब्रिटिश साम्म्राज्यवादका विरूद्ध लडन धान खेतीले खाद्य अधिकारलाई जोगायो जसका कारण साम्राज्यवादको विरूद्ध लडन दक्षिण एशियाली देशहरू सफल भए । कमरेड माओले पनि धानले चीनलाइ आत्मानिर्भर बनाउँछ र आत्मानिर्भरता नै स्वाधिनता हो भनेका छन् । नेपालको सन्दर्भमा धानको अत्याधिक महत्व छ । नेपालमा करिब १३ लाख हेक्टर जमीनमा धान खेती गरीन्छ । यो फसलले कुल खाद्य उत्पादनको ३५ प्रतिशत योगदान गरेको छ । तराइका फाटदेखि पहाडका विभिन्न क्षेत्रमा धान खेती हुन्छ । पहाडि क्षेत्रमा कम सिंचाइ सुबिधा हुने हुँदा तद अनुरूपका मार्सी झिनुवा जस्ता जातिका धानको बिउ प्रयोग गरी खेती गरीन्छ ।