काठमाडाैँ। साैर्य एयरलाइन्सकाे विमान दुर्घटनामा परी ज्यान गुमाएका मनुराज, प्रिजा र अधिराज शर्माकाे परिवारले फाउन्डेसन मनुराज, अधिराज प्रिजा फाउन्डेसन नेपाल (MAP Foundaion Nepal) स्थापना गरिने भएकाे छ।
फाउन्डेसनले अक्षय काेषका माध्यमबाट विभिन्न व्यक्तिलाई पुरष्कृत गर्ने भएकाे छ। साथै विभिन्न सामजिक कार्यक्रममार्फत समाजकाे विकासमा टेवा पुर्याउने लक्ष्य लिएकाे छ।
मृतक आइटी इन्जिनियर मनुराज शर्माकाे नाममा आविष्कारक, अन्वेषक, अनुसन्धानकर्ता र अनुगमनकर्तालाई हरेक वर्ष पुरष्कृत गरिने मनुराजकाे परिवारले जनाएकाे छ।`हाम्रा सन्तती नै हाम्रा सम्पत्ति हुन् । उनीहरूकाे सम्झना र याेगदानलाई सधैँभरी सम्झिने उद्देश्यले उनीहरूकाे नाममा फाउन्डेसन स्थापना गर्न लागिएकाे हाे,´ पारिवारिक स्राेतले बतायाे।
त्यसैगरी निजामती सेवामा रहेकी प्रिजा खतिवडाकाे नाममा उत्कृष्ट काम गर्ने निजामती कर्मचारीलाई पुरष्कृत गरिनेछ । दुर्घटनामा परी ज्यान गुमाएकी प्रिजा खतिवडाकी आमा उषा पाेखरेलले भनिन्, `हाम्री छाेरीले इमान्दार कर्मचारीकाे रूपमा १२ वर्षसम्म काम गरेकी थिइन्। त्यसकै सम्झनामा अक्षयकाेष जुटाएर हरेक वर्ष उत्कृष्ट निजामती कर्मचारीलाई पुरष्कृत गर्ने भएका हाैँ।
चार वर्षे नावालक नाति अधिराजकाे नाममा अर्यालहरूकाे थातथलाे सप्तरीकाे बैरवाका विपन्न परिवारका बालबालिकालाई छात्रवृत्ति प्रदान गरिनेछ । बाल्यकालमै ज्यान गुमाएका अधिराज शर्माका हजुरबुवा प्रकाश खतिवडाले भने, `पढाइमा तेज मेराे नातिलाई पढाउने मेराे इच्छा पूरा भएन। तर, पढ्ने चाहना हुँदाहुँदै पढ्न नपाएका दलित, अल्पसङ्ख्यक र अति विपन्न परिवारका बालबालिकालाई छात्रवृत्ति दिन लागेका हाैँ।´
यसका साथै म्याप फाउन्डेसनकाे सक्रियतामा विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय सरकारी तथा गैरसरकारी संस्थाहरूकाे सहकार्यमा सामाजिक तथा चेतनामूलक कार्यक्रम गरिनेछ। सामाजिक सञ्जाल फेसबुकमा खतिवडाले विभिन्न सराेकारवाला संघसंस्थासँग सल्लाह, सुझाव र सहयाेगका लागि अपिल समेत गरेका छन्।