काठमाडौँ। मधेश प्रदेशको बारा र पर्सामा नेपाल रिटर्नी एशोसिएशन समाजवादी गठन गरिएको छ।
सोमबार संगठनका केन्द्रीय अध्यक्ष प्रविण पौडेलको विशेष उपस्थितिमा १५ सदस्यीय जिल्ला कार्य समिति गठन गरिएको हो। अविनाश महतोको नेतृत्वमा १५ सदस्यीय जिल्ला कार्य समिति चयन गरिएको छ।
उपाध्यक्षमा मेघनाथ यादव, श्रीभगवान प्रसाद यादव, सचिवमा नागेश्वर यादव, उप(सचिवमा रमेश पटेल, कोषाध्यक्षमा कृष्ण पटेल र सदस्यहरूमा पवन कुमार, सरोज महतो, सुनिल महतो, बिनोद महतो, अनिल मण्डल, महेश मण्डल, जोख मण्डल, नागेन्द्र मण्डल रहनु भएको छ।
त्यसैगरी संगठनको बारा अध्यक्षको जिम्मेवारी अनिल कुमार साहलाई दिइएको छ। साहको नेतृत्वमा १३ सदस्यीय नेपाल रिटर्नी एशोसिएशन समाजवादी गठन गरिएको छ। जसको उपाध्यक्षमा सरोज गुप्ता, सचिवमा दिपेन्द्र साह तेली, कोषाध्यक्षमा मोहन साह र सदस्यहरुमा सनी साह, अहमद देवान, द्वारिका साह गोढ, शिवचन प्रसाद, मनोज पटेल, सुरेन्द्र पटेल, बिन्देश्वर पटेल र पानालाल प्रसादलगायत रहनु भएको छ। नवगठित कमिटीलाई पर्सा र बारामा केन्द्रीय अध्यक्ष पौडेलले पद तथा गोपनियताको सपथ खुवाउनु भएको थियो।
अध्यक्ष पौडेलले नवगठित कमिटीलाई बधाई दिदै यहाँहरुले संगठन र पार्टीको कार्यमा तदारुक्ताका साथ लाग्नु हुनेछ भनि विश्वास व्यक्त गर्नु भएको छ। उहाँले जनता र देशको पक्षमा ईमान्दारीपूर्वक लागेर कामगर्ने पार्टी एकीकृत समाजवादी नै भएको हुनाले संगठनको काममा गतिका साथ लाग्न सुझाउनु भएको छ।