सुर्खेत। मिजार समाज नेपाल कर्णाली प्रदेशको प्रथम सम्मेलन सम्पन्न भएको छ।
शनिबार रघुविर मिजारको अध्यक्षता एवं पूर्व राज्यमन्त्री खड्क बस्यालको प्रमुख आतित्थ्यतामा वीरेन्द्रनगर, सुर्खेतमा सम्पन्न भएको हो। मिजार समुदायको हक, हित र अधिकारका लागि समाजले महत्वपूर्ण भूमिका रहने बताइएको छ।
कर्णालीका १० वटा जिल्ला रहेका मिजार तथा सार्की समुदायलाई संगठित गर्ने, जातीय विभेद अन्त्यका लागि आवाज बुलन्द गर्ने, दलित संघ संस्था सवैसँग हातेमालो गर्दै दलित आन्दोलनलाई सशक्त बनाउने लक्ष्य संगठनले राखेको छ।
प्रदेश सम्मेलनमा विशिष्ट अतिथि केन्द्रीय अध्यक्ष होम वहादुर नेपाली, विशेष अतिथि नेपाल दलित मुक्ति संगठनका केन्द्रीय उपाध्यक्ष एवं कर्णाली इन्चार्ज वसन्त कुमार विश्वकर्मा, अतिथिहरू डा.श्याम मगराति, अजित मिजार, लाल वहादुर नेपाली, माया बस्याल रहनु भएको थियो।
उक्त कार्यक्रमका प्रमुख अतिथि बस्यालले सम्पूर्ण मिजार तथा सार्की समुदायहरू एकजुट भएर आफ्नो हक अधिकार सुनिश्चित गर्न लाग्नु पर्नेमा जोड दिनु भएको थियो।
विशेष अतिथि विश्वकर्माले संविधानको धारा २४ छुवाछूत विरूद्दको हक र धारा ४० दलितको हक स्पष्ट लेखिएको भए पनि अहिलेसम्म कानून बनाउन वाँकी रहेकोले दलितहरूले समस्या भोग्नु परेको बताउनु भएको छ। मिजार समाज नेपालको प्रथम सम्मेलनको शुभकामना दिदै सम्पूर्ण उत्पीडित दलित समुदायहरू विभेदका विरूद्द एकजुट हुन जरुरी रहेको बताउनु भएको थियो।