काठमाडौँ। नेपाल दलित मुक्ति संगठनले स्थापनाको ३६औं दिवसको अवसरमा एक विज्ञप्ति जारीगर्दै गलत प्रवृत्तिका विरुद्ध उभिन उत्पीडित समुदायलाई आह्वान गरेको छ।
मंगलबार संगठनका अध्यक्ष गणेश बिकले प्रेस विज्ञप्ति जारी गर्दै वर्तमान संघीय शासन व्यवस्था विरुद्ध लाग्नेहरूबाट सजक रहन अनुरोध गर्नु भएको हो।
विज्ञप्ति मार्फत समाजवमा विद्यमान सवालहरुलाई निम्न बुँदामा उठान गरेको छ:
१. हामी राजनीतिमा जनवादको युग समाप्त गरेर समाजवादको युगमा प्रवेश गरिरहेको सन्दर्भमा अबको नेपाली दलित आन्दोलन माक्र्सवादको मार्गदर्शनमा दलित समुदायको प्रतिनीधित्व गर्ने सही कम्यूनिष्ट पार्टी निर्माण अनिवार्य बनेको छ । नेपाली दलित आन्दोलनमा विकसित भएको व्यक्तिवादी दक्षिणपन्थी अवसरवाद, विसर्जनवाद र स्वेच्छाचारी प्रवृत्तिका विरुद्ध सबै प्रकारका लोकप्रियतावाद तथा प्रतिगमनकारी प्रवृतिका विरुद्ध सामाजिक न्यायसहितको स्वतन्त्रता, समानता र समृद्धिसहितको समाजवादको झण्डालाई अझ माथि उठाउन हामी दृढ संकल्पित छौं ।
२. अन्तरजातीय प्रेम सम्बन्धकै कारण रुकुमपश्चिममा नवराज विकसहित ६ जना युवाको हत्या हुनेगरी भएको नरसंहारका लागि हालै रुकुम अदालतले २४ जना अपराधीलाई जन्मकैद र थप दुई जनालाई दुई वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना तोकेको छ । त्यसैगरी पोखराकी दलित महिला वडा सदस्य मैया नेपालीमाथि जातीय विभेदजन्य गालीगलौज गर्ने पोखरा महानगरपालिका–२४ का वडाध्यक्ष भरतबहादुर अधिकारीलाई जिल्ला अदालत कास्कीले साढे ४ महिना कैद र ७५ हजार रुपैयाँ जरिवानाको फैसला गरेको छ । यी दुईवटा फैसला नेपालको इतिहासमै दलित आन्दोलनले सम्झनालायक परिघटना बन्न पुगेका छन् । रुकुम नरसंहारका विरुद्ध चलेको देशव्यापी आन्दोलनको बलमा संसदमादेबेन्द्रपौडयालको नेतृत्वमा गठीत संसदीय समितिको सिफारिश कार्यान्वयन गर्न र उक्त घट्नाका पिडित परिवारलाई उचित क्षेतिपूर्तिको लागि नेपाल सरकार समक्ष जोडदार माग गर्दछौं ।
३. अझै अन्तरजातीय विवाहकै कारण हत्या गरिएका काभ्रेका अजित मिजारको लाश आज पनि टिचिंग हस्पिटलमा न्यायको पर्खाइमा छ । त्यसैगरी हालै मोरङको पथरी–शनिश्चरेनगरपालिका–१० जिरीखिम्तीका दलित वस्तिलाई बहिष्कार गरेका छन् । कर्णाली प्रदेश सोरु गाउँपालिकाको खन्या स्वास्थ्य चौकीमा कार्यरत अनमि तुलसाकुमारी विकलाई स्थानीय शाही ९ठकुरी०हरुले दलित भन्दै भाडाको घरबाट निकाला गरेका छन् । सुर्खेत जिल्लाको गुर्भाकोट ८ की ७४ वर्षीया बास्मती परियार बलात्कृत भएकी छिन । धनुषाको बच्चेश्वर ४ की सुनैनाकुमारी महरालाई सामुहिक बलात्कारपछि हत्या भएको छ । २०८० सालको छठपर्वमा विन्दावन नगरपालिकाका कार्यपालिका सदस्य राजेश पासवानमाथि जातीय छुवाछूत तथा भेदभाव भएको छ । केही महिना अघि सिराह जिल्लाको भगवानपुर गाउँपालिकाका अध्यक्ष उग्रनारायण यादवले सार्वजनिक रुपमा दलितमाथि भेदभाव गरेका छन् । देशभरिका सम्पूर्ण घट्नाको सत्यतथ्य छानविन गरी अपराधीलाई कार्वाही गर्न र पिडितलाईक्षेतिपूर्ति प्रदान गर्न माग गर्दछौं ।
४. यही २०८० कार्तिक १७ गते गएको विनासकारी भुकम्पले जाजरकोट र रुकुमपश्चिमलगायतका क्षेत्रमा ठूलो जनधनको क्षति भएको थियो । उक्त क्षेत्रमा राहात र पुनःस्थापनाका लागि दर्जनौं प्रयास भएपनि त्यहाँ दलितहरुमाथिराहातमा राजनीति र विपदमा विभेद भएकोप्रति हाम्रो संगठनको गम्भिर ध्यानाकर्षण भएको छ । हाम्रो संगठन विना भेदभाव उद्दार, राहत, उपचार तथा प्रभावकारी पुनःस्थापना गर्न नेपाल सरकार तथा सबै राजनीतिक दलहरु र सरोकारवाहरुमा हामी हार्दिक अपिल गर्दछौं ।
५.आज नेपालको संविधानले सुनिश्चित गरेको संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक तथा समावेशीकरणको मर्म विपरित भइरहेका कामहरुका कारण उत्पीडित दलित समुदायमा उत्पन्न निरासा, अविश्वास, असन्तुष्टी र आक्रोसको फाइदा उठाउदै केही लोकप्रियतावादी तथा अराजकतावादी व्यक्तिहरु नेपाली जनता स्वयंले प्राप्त गरेको उपलब्धीका विरुद्ध भ्रम सिर्जना गरी उत्पीडित दलित समुदायलाई वर्तमान शासन व्यवस्थाप्रति नै वेवास्ता जगाउन उद्धत भइरहेकाले यस्ता गलत प्रवृतिका विरुद्ध सम्पूर्ण उत्पीडित समुदायहरु एक भएर संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षमा उभिन आव्हान गर्दछौं ।