मैनापोखरी । बागमती प्रदेश सरकारका श्रम रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्सालले समुदायमा आधारित सहकारीमा बचतको सुरक्षा हुने बताउनुभएको छ।
दोलखाको वैतेश्वर गाउँपालिकाको मैनापोखरी स्थित जनसचेतन बचत तथा ऋण सहकारी को ३० औ वार्षिक साधारण सभाको उद्घाटन गर्दै मन्त्री लम्सालले पछिल्लो समय शहरी क्षेत्रमा रहेका सहकारी जोखिममा परेको,सहकारीले बचत फिर्ता गर्न नसकेको जस्ता गुनासो आइरहेको तर जनसचेतन सहकारी जस्ता समुदायमा आधारित भएर संचालन भइ स्थापित सहकारीलाई शंका नगरी ढुक्कसँग बचत गरि कारोबार गर्न आग्रह गर्नुभएको हो।
उद्घाटनमा समारोहमा आफ्नो मन्तव्य राख्दै मन्त्री लम्सालले सहकारीले अब आफ्ना सदस्यहरुलाई उत्पादनमा लागाई राष्ट्रिय पुजि निर्माणमा लाग्नु पर्ने बताउनुभयो । उहाँले कृषि प्रधान मुलुकमा क्रमस जमिन बाझो हुँदै गएको र यसो हुनु राम्रो नहुने हुनाले बाझो रहेको जमिनमा माटो सुहाउँदो उत्पादन गर्दै रोजगारी सिर्जना गर्न आग्रह गर्नुभएको छ ।समाजमा विभिन्न सामाजिक विकृतीहरु देखा परेकोले यसको नियन्त्रणमा लाग्न समेत सहकारीका सदस्यहरुलाई आग्रह गर्नुभयो।सहकारी राज्यको आर्थिक बिकासको मेरुदण्ड भएकाले राष्ट्रिय उत्पादन वृद्धिमा योगदान गर्न सहकारीलाई आग्रह गर्नुभयो।
संस्थाका अध्यक्ष हेमन्त कुमार चौलागाईंको अध्यक्षतामा भएको ३० औं बार्षिक साधारण सभामा अध्यक्ष चौलागाईंलेसस्थाकोबार्षिक प्रगति प्रतिबेदन तथा आर्थिक प्रतिवेदन सार्वजनिक गर्दै जसचेतन बचत तथा ऋण सहकारी संस्थाको कुल पुजी २ अर्व २५ करोड ६० लाख ८७ हजार ३९३ रुपैयाँ पुगेको छ जानकारी दिनुभएको थियो । दोलखा जिल्ला भर कार्यक्षेत्र रहेर सेवा दिदै आएको यस संस्थाले हाल दोलखा बाहेक काभ्रेपलान्चोक,भक्तपुर, काठमाडौं जिल्ला भर र ललितपुर महानगरपालिका थप गरी ५ जिल्ला कायम गरी सेवा क्षेत्र विस्तार गरेको छ ।
संस्थामा हाल ३७ हजार ९ सय ४३ सदस्य तथा कुल शेयर पूँजी १६ करोड ६७ लाख २४ हजार ९ सय,जगेडा तथा अन्य कोष २१ करोड ९३ लाख ८५ हजार ९ सय १४,बचत निक्षेप १ अर्व ६३ करोड ९ लाख ५३ हजार ५४१, लगानीमा रहेको ऋण १ अर्व ८२ करोड २७ लाख ९८ हजार ७ सय ९३ रुपैयाँ रहेको सचिव कमल बहादुर दहालले जानकारी दिनुभयो ।
जनसचेतनसंस्थाहरुको गुणस्तर सुनिश्चितता सम्बन्धिअन्तरास्ट्रिय स्तरको प्रमाणिकरण कार्यक्रम एक्सेस ब्रान्ड अन्तर्गत एसियायी ऋण माहासंघबाट सिल्भर ब्रान्ड प्राप्त सहकारी हो ।
संस्थाले बचत तथा ऋणको अलवा विभिन्न सामाजिक कार्यहरुमा पनि कार्य गर्दै आएको छ। संस्थाका वरिष्ठ उपाध्यक्ष गोपालध्वज श्रेष्ठका अनुसार संस्थाले ७५ वर्ष पुगेका शेयर सदस्यहरुलाईआजीवन मासिक ५०० भत्ता जनसचेतनआजिवनसाहारा उपलब्ध गराउँदै आएको छ भने गरिब जेहेन्दार छात्रवृत्ति, सदस्यहरुलाई उपचार सेवा मा छुट,उत्कृष्ट बचत कर्ता,ऋणी,शेयर खरिद कर्ता सम्मान लगाएतकाकार्यक्रमहरु रहेका छन् ।
साथै सस्थाले सदस्य सुरक्षा कोष कार्यक्रम मार्फत सदस्य को मृत्यु पश्चात् परिवारको आर्थिक सुरक्षा गर्ने अभिप्रायले मृत्यु हुँदा आश्रित परिवारलाई ५ हजारदेखि ४० हजारसम्म प्रदान गर्दै आइरहेको छ। कार्यक्रममा संस्थाका पुर्व अध्यक्ष एवं बागमती प्रदेश सहकारी संघका महासचिव भिमप्रसाद दहाल,जनमुखीसाकोषका उपाध्यक्ष गिताकृष्ण शर्मा लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।