खड्ग गिरी
नेपाली ट्रेडयुनियन आन्दोलनको नवीन विचार सहित एकीकृत ट्रेडयुनियन महासंघ नेपालको आफ्नो ऐतिहासिक प्रथम अधिवेशनमा २०८० बैशाख १८ गते मे दिवस पारेर शुरु गर्दै छ , ।
ICTU ले नेपाली ट्रेडयुनियन आन्दोलनलाई मजदुरहरू द्वारा मजदुरहरूको निमित्त मजदुरहरूले नै आफ्नो समृद्धिको लागी कर्म र संघर्ष अगाडि बढाउने भूमिका निभाउन नेतृत्व लिनेछ ,।
ICTU ले नेपाली ट्रेडयुनियन आन्दोलनमा देखिएका विकृति विसंगति,मजदुरहरूका विरुद्ध मालिक सँग मिलो मत्तो गरेर दलाली करण गर्ने ,दलाल पॅुजिपत्तिसँग मिलेर मजदुर विरोधी कानुन बनाउने ,गैर्ह श्रमिकलाई ट्रेडयुनियनको नेता बनाउने ,नाम श्रमिकको लिने तर मालिकसंग मिलेर श्रमिकको पेटमाथि लात हान्ने ,केवल yellowunion सञ्चालन गर्ने कथित ट्रेडयुनियन नेता बन्ने त्यस्ताको विरुद्ध संघर्ष गर्दै अगाडि बड्नेछ।
एकीकृत ट्रेडयुनियन महासंघ (ICTU) निर्माण भएको झण्डै २० महिना भयो यो २० महिनामा ऐतिहासिक प्रथम अधिवेशन गर्दै छ, स्थापना भयको यो २० महिनामा यसले कयौं आरोह अवरोह भोगेको छ ,यसले यो बिस महिनामा लोकतन्त्रको नाममा निरङ्कुशताको चरित्र बोकेकाक्रुरताहरुले हरेक जटिलताहरू उत्पन्न गराइदिएका छन् । तर पनि गम्भीरतापूर्वक सामना गर्दै अघिवडेको छ। हरेक जटिलताहरू(ICTU) ले शिक्षाको रुपमा ग्रहण गरेको छ।
हाम्रा प्रत्येक क्षेत्रमा अवरोध गरेका छन्, किनकी उनिहरुला थाहा छ कि आइसिटीयुले यही गतिमा श्रमिकहरूको मुद्दा उठाउँदै गयो भने आफ्नो समाप्ति तिव्र गतिमा हँदैछ भन्ने , उनिहरुलाइ थाहा छ, आइसीटीयूले यही गतिले अगाडि बड्दै जाने हो आफूले गरेका श्रमिक विरोधी विकृति विसंगति घैंटो फुट्ने छ भनेर , तिनिहरुको काम त केवल सदस्य बनाउने अनि फेरि सदस्य बनाउने अनि फेरि के गर्ने भन्दा फेरी सदस्य बनाउने अनि त्यही सदस्यको ढाडमा टेक्ने टाउकोमा चढेर पँहुचवाला नेता फुत्त सत्ताको र स्वस्वादन गर्न पुग्ने,। उनीहरूको काम केवल यस्तै रह्यो, अझ भन्नु पर्दा उनीहरूको काम बा भन्ने सत्ताको चाकडीगर्ने ,सत्ताकोदलाली गर्ने र श्रमिकहरूको पक्षमा काम गर्नु पर्छ भनेर लाग्नेहरुलाई हतोत्साहित गर्ने र कारवाही गर्ने नै उनीहरूको प्रमुख काम रह्यो श्रमिकको अधिकारको काममा भन्दा उनीहरू यस्तै काममा रमाउन थाले। यि मजदुर विरोधी कर्महरूको पाप बहिर आउला भनेर आईसीटीयुमाथि प्रहार गरेका गर्यै छन ।
श्रमिकहरूको भरोसाको केन्द्र भनिने संस्थाहरू आज यस्तो दलाली करण ,भ्रष्टीकरण ,मजदुर विरोधी चरित्र दलाल पॅुजिपत्तिको सेवाको अवस्था पुगेकै कारण नै नेपालमा वैकल्पिक ट्रेडयुनियन आन्दोलनको निर्माण गर्नु जरुरी थियो र नै आइसीटीयु जन्मियो र प्रथम ऐतिहासिकमहाधिवेशनको तयारीमा छ।
आइसीटीयूले आफ्नो ऐतिहासिक प्रथम अधिवेशन गरिरहँदा उसले पनि श्रमिकको प्राप्त हुनपर्ने अधिकारको दायित्त्वबाट विमुख भयो भने ,त्यो अधिकार प्राप्तिको लडाइवाट अरु जस्तै चुक्यो भने , ट्रेडयुनियन आन्दोलनमा उस्को पनि अरुको जस्तै केवल सत्ताको भोग गर्ने ट्रेडयुनियनको नाममा पहुँचवालाहरूले देश विदेश भ्रमण गर्ने, केवल ठुलाहरुको भजन गाउने ,आइ लभ यु को कोटरी चुम्ने बा भजनको श्रवण गर्ने जस्तो मात्रै भयो भने यो यसको पनि औचित्यमाथि प्रश्न चिन्ह उठ्छ ।
आइसीटीयले आफ्नो प्रथम ऐतिहासिक अधिवेशन गरिराख्दा हेक्का राख्नु पर्ने कुराहरु-
१. आफूलाईठूलाट्रेडयुनियनभनिएकाहरूबाटप्रताडित भयका लाखौ करार ज्यालादारीमा रहेका श्रमिकहरूका रोजगारी शुरक्षाका लागीसङ्घर्षकाकार्यक्रमहरू तय गर्नु पर्दछ।
२. कर्मचारी तन्त्रमा हजारौंव्यक्ति करार ज्यालादारीमा छन कोही कर्मचारीको भविष्यसुरक्षित र कोही कर्मचारीको छ छ महिनामा रोजगार सुरक्षित हुने हो कि होइन भनेर चिन्ताले स्वास्थ्यखराब पार्दै रोइरहेका सरकारी श्रमिकको बारेमा आइसीटीयले नेतृत्व लिनु पर्दछ ,।
३. यातायात क्षत्रका लाखौ स्वरोजगार यातायात श्रमिक र यातायात श्रमिकको न वर्तमान न भविष्यसुरक्षितछ ,उनिहरुकोभविष्यसुरक्षितको निमित्त आइसीटीयूलेनेतृत्व लिनु पर्दछ ।
४. वैदेशिक रोजगारमा रहेका ५० लाख भन्दा बडी श्रमिकको भविष्यसुरक्षाको निमित्त आइसीटीयले नेतृत्व लिनु पर्दछ।
५. नेपालमा रहेका औपचारिक र अऔपचारिक क्षेत्रका झण्डै १५० लाख भन्दा बडी श्रमिकहरूको न वर्तमान संरक्षित छ न भविष्यसुरक्षित छ उनीहरूकोवर्तमानमा संरक्षण र भवितव्यमा सुरक्षाको निमित्त आइसीटीयलेउच्चतम् पहलकदमी लिनु पर्दछ,
२०४६ सालको बहुदलीय प्रजातन्त्र पुनस्थापना पश्चात नेपालमा ट्रेडयुनियनहरु उदय भयो, हुनत २००६ सालमा नै मजदुर आन्दोलनको सुरुवात भएको भनिन्छ ,निरंकुशतानाशाहीपञ्चायती व्यवस्थामा पनि भूमिगतरूपले ट्रेडयुनियन गतिविधिनभएको होइन ,तथापि सचेतनता पूर्वक ट्रेडयुनियन आन्दोलनको गतिविधिचाँहि २०४६ पछिनै भएको देखिन्छ तर ति ट्रेडयुनियन आन्दोलन शब्दमा शुन्दरता र कर्ममा कुरुपता बाहेक केही भएन , भयो त केवल ति ट्रेडयुनियनका केहीनेताहरूकासम्वृद्धी भयो तिनका नेताहरूवैदेशिकशयर र तिनका केही नेताको सत्ताको रस्वस्वादन बाहेक आम श्रमिकले प्रताडना बाहेक केही पाएका छैनन् ति ट्रेडयुनियनहरु र तिनका नेता आफूले टन्न खाएर अघाए पछी सबै अघाए भनेर सोच्ने क्रुरता बाहेक उनिहरुमा केगी रहेन उनीहरू केवल शब्दरुपी रहे तर आइसीटीयलाइ कर्मरुपी हुनुको विकल्प छैन।
अब अलिकती राज्य सत्तासंगको सन्दर्भ
२०४६ सालको जनआन्दोलन मार्फत पुनश्थापित प्रजातन्त्रमा प्राय राजनितिक दल र तिनका नेता सत्ताधारी भएकै छन,अपबादमा कोही छुटेको भए भन्न सकिएन।
हरेक सत्ताधारीहरु जब सत्ताबाट बहिर हुन्छन तब भाषणमा,सेमिनार, हरेक प्लेटफर्ममा श्रमिकका अधिकारका बिषयमा आवाज बुलन्द गर्छन,जव सत्तामा पुग्छननी,त्यही श्रमिकको छातीमा टेकेर दिनमा सयौ दलाल पुजिपत्तीसंग उनीहरूको जिउबाट आएका अत्तरको वास्ना श्रवण गर्दै श्रमिकका अलिअलि भएका अधिकारपनि कटौती गर्न तत्पर हुन्छन्।
पॅुजिबादी चरित्र भएकाहरुले त्यसो गर्नु कुनै अस्वभाविक होइन तर आफुलाइ श्रमजिवी वर्गको पार्टी भनेर कहिल्यै नथाक्ने सर्वहारा वर्गको पार्टी भनेर कहिल्यै नथाक्ने कम्युनिष्ट भनिनेहरुबाट पनि श्रमिकहरु प्रताडित हनुपरेको आईसीटीयुले भुल्नु हँदैन।
नेपालका अधिकॅागंस ट्रेडयुनियनहरु थभिियध गलष्यल मा स्खलीत हुनथालेपछी हामिले नविन सोचका साथ विद्रोह द्वारा ट्रेडयुनियन पुनरनिर्माण गर्यौ हामी संगसंगै एउटा राजनितिक दलले पनि कम्युनिष्ट आचरण,बिधी पद्दती ,भन्दै पार्टी पुनरनिर्माण गर्यौ ( नेकपा एकिकृत समाजवादी) एउटा कम्युनिष्ट पार्टीले बिधी पद्दती निती सर्वहाराकरणको कुरा गर्दा हामिले अलि आशाको नजरले हेर्नु स्वभाविकै थियो तर त्यसपार्टीका पनि सत्तामा गएकाहरुले श्रमिकहरुमाथी गरेको अपमान र व्यवहारले सत्ता कति क्रुर हॅुदोरहेछ भन्ने छर्लगैं भएको आईसीटीयुले भुल्नु हँदैन।
प्रतिगमनको विरुद्ध आन्दोलनमा सहभागी भएकै कारण पशुपति विकासकोषले झण्ड ७० जना श्रमिकलाई रोजगारबाट विमुख गरायो नेकपा एकिकृत समाजवादीले पर्यटन नागरिक तथा उड्यन मन्त्रालयको नेतृत्व पायो हामिलाई आसाथियो श्रमजिविको नेतृत्व आयो श्रमिकमाथि न्याय हुन्छ तर उल्टो श्रमिक माथि प्रताडना दिएपछी संघर्षको मैदानमा उत्रनुपर्यो र लगातारको ९० दिनको संघर्ष पश्चात केही श्रमिक पुनरवाहाली भए कोह अहिले पनि अदालतको ढोकामा गुहार मागीरहनु भएको छ आइसीटीयुूले भुल्नु हॅुदैन। सहरी विकास मन्त्रालयको नेतृत्व पनि त्यही पार्टीले गर्यो त्यहापनि ढल विकासका श्रमिकहरुले रोजगार गुमाए,ऱश्रमिकले गुहार माग्दा गालि खाए । स्वास्थ्य मन्त्रालयमा पनि नेतृत्व पायो विर अस्पतालका श्रमिकको समस्या लिएर जॅादा यति अपमानित शब्द वोलियोकी जो दोहोर्याउन लाइक छैन।
संक्षपमा केहो भने सत्ता श्रमिककोलागी कहिल्यै आफ्नो हॅुदैन श्रमिकको आफ्नो भनेको संघर्ष मात्रैहो भन्ने आईसीटीयुले हेक्का राख्नु पर्दछ।
अन्तमा
आईसीटीयु एउटा सफा शुन्दर फुलवारी हो ,यहाँ माहुरीहरुको स्थिरता हुन्छ तर झिंगाहरुको उचितस्थान नभएको हुनाले टिक्न सक्दैनन। एकीकृत ट्रेडयुनियन माहासंघ नेपालको ऐतिहासिक प्रथम माहअधिवेशन नेपाली श्रमजिवी नागरिकको आसा र भरोसाको केन्द्र बनोस हार्दिक शुभकामना।
सदस्य
एकिकृत ट्रेडयुनियन माहासंघ नेपाल
अध्यक्ष
स्वरोजगार यातायात मजदुर संगठन नेपाल