१. मार्क्सवादको विकास -एउटा बृहत् बैचारिक ‐दार्शनिक क्रान्ति
२. मानव समाजको विकासक्रम र ऐतिहासिक भौतिकवादको विकास
३.सिङ्गो विश्व साम्राज्यवाद र पुँजीवादबाट समाजवाद तिरको संक्रमणको युगमा
४. नेपालमा २००६ सालमा कम्युनिष्ट पार्टीको स्थापना र नयाँ जनवादी क्रान्तिको थालनी ।
५. हाम्रो देशमा क्रान्तिका २ ऐतिहासिक चरणहरू-
- जनवादी क्रान्ति
- समाजवादी क्रान्ति
६. हाम्रो देशमा ५८ वर्ष लगाएर ०६२-६३ को पूँजीवादी जनवादी क्रान्ति
- पूँजीवादी जनवादी क्रान्ति सम्पन्न
- .सामाजिक क्रान्ति सम्पन्न
७. नेपालमा समाजवादी क्रान्ति र रूपान्तरणको युगको थालनी
८. पहिलो निर्वाचन र ऐतिहासिक परिबर्तनको सम्भावना
९. दुई तिहाइको बामपन्थी संसद्विघठन र प्रतिगमन
१०. हाम्रो समुहको विद्रोह र त्यसका कारणहरू
११. एमाले र हाम्रा बिचका भिन्नताहरू -
१ जनवादी क्रान्ति सम्पन्न भएको बारे प्रष्टता छैन ।
२ नेपाली समाजको वर्तमान अवस्था प्रष्ट छैन ।
३ नेपाली समाजकै वर्तमान क्रान्तिको चरित्र प्रष्ट छैन ।
४ नेपाली क्रान्तिको लक्ष्य समाजवाद मान्दैन जबज मान्छ ।
५ हाम्रो मार्गदर्शक सिद्धान्त जबज भन्छ ।
६ जबजलाई नेपाली क्रान्तिको मौलिक सिद्धान्त भन्छ ।
७ नेपाली समाजको प्रधान अन्तरबिरोध प्रष्ट छैन ।
८ आजको प्रधान शत्रु दलाल पूजीँबाद र त्यसलाई प्रतिनिधित्व गर्ने शक्ति बारे प्रष्ट छैन। तर एमाले राप्रपा र काँग्रेस सँग गठबन्धन गर्न चाहन्छ ।
९. संसद जतिबेला पनि विघटन गर्न सकिन्छ, भन्छ ।
१०. चितवनमा अयोध्या देख्नु सांस्कृतिक अधपतन ।
११. ओली २ पाटी सिस्टमका पक्षमा छन् । हामी सबैसँग प्रतिस्पर्धा गर्दै कम्युनिष्ट पार्टीलाई स्थापित गर्न चाहन्छौ ।
१२ ओली राजतन्त्र प्रति अनुरागी छन् । अहिले पनि राप्रपा र दुर्गा प्रसाईँ सँगको साठँगाठ ।
१३. हामी प्रस्ट रूपले गणतन्त्रका पक्षमा छौ ।
१४. के.पी ओलीले पार्टीभित्र गुटबन्दीलाई वैधानिक बनाउन खोजे । तर हामी गुटबन्दीलाई अपराध पूर्ण कार्य भन्छौ र पार्टीलाई एकताबद्ध र एकीकृत बनाउन पर्छ भन्छौ।
१५. दुई तिहाइ बहुमत भएको संसद् जसबाट मुलुकमा ठूलो परिवर्तन ल्याउन सकिन्थ्यो। तर त्यसलाई विगठन गर्ने कुरालाई हामी अपराध ठान्छौँ तर के.पी त्यसलाई सामान्य कुरा ठान्छन्।
१६. ०७४ को चुनावको घोषणा पत्रमा दुबै पार्टीले गरेका प्रतिबद्धतालाई अस्वीकार गर्ने काम के.पी ओलीले गरे । तर हामी तिनीहरू दृढता पूर्वक लागू गर्नुपर्ने थियो भन्छौँ ।
१७. के.पीले पार्टीको नेतृत्वमा मात्र सरकार चलाउन र चल्नुपर्छ भन्ने मार्क्सवादी नीतिलाई अस्वीकार गरे र प्रधानमन्त्री सर्वेसर्वा हो, उसले जे भन्छ पार्टी त्यसरी चल्नुपर्छ भने । पार्टीबाट सरकार स्वायत्त हुनुपर्छ भने।
१८. केपीले केन्द्रीय प्रशासनलाई झनझन् केन्द्रीकरण गर्ने नीति लिए र उनी त्यही धारणा राख्छन्। तर हामी कम्युनिष्ट पाटीले केन्द्रीकरण होइन, विकेन्द्रीकरण गर्नुपर्छ भन्छौ।
१९. के.पीले देशका वामपन्थीहरूको एकता अनेक बाहनामा तोड्ने काम गरे । अनि एक बेलामा दक्षिणपन्थी भारतमुखी शक्तिहरूलाई ठूलाठूला सहुलियत दिएर साँठगाँठ गर्न पुगे । अर्को बेलामा राजावादी राप्रपासँग साँठगाँठ गरे ।अहिले नेपाली कांग्रेससँग साँठगाँठ गर्न खोज्दैछन् । यो घोर दक्षिणपन्थी भड्काउ हो। हामीले त्यस्तो गलत अडानको विरोध गर्नुपर्छ ।
२०. के.पी बिदेशी गुप्तचरहरुसँग गुप्त रुपले भेट्नु ठिक थियो भन्छन् तर हामी संस्थागत प्रक्रिया विना त्यसरी भेट्नु हुदैन भन्छौ ।
२१. के.पी वर्तमान पुँजीवादी लोकतन्त्रलाई“परिपूर्ण लोकतन्त्र” बनाउने कुरा गर्छन् हामी त्यस्तो वर्गभन्दा माथिको लोकतन्त्रको परिकल्पना पनि गर्न सकिन्न भन्छौँ । यो भ्रम र ठगी मात्र हो । वर्गीय चरित्र बिनाको कुनै लोकतन्त्र हुँदैन । आज पँजीवादी लोकतन्त्रबाट हामीले पुग्ने भनेको समाजवादी लोकतन्त्र मात्र हो ।
२२. हामीले लोकतन्त्रका चार ऐतिहासिक रुप मात्र हुन्छन्भन्छौं तर उनी जबज नामको “परिपूर्ण लोकतन्त्र”को भ्रमपुर्ण परिकल्पना गर्छन्। त्यो कहि सम्भव छैन र सम्भव भैहाले त्यो पुँजीवादी लोकतन्त्र बाहेक केही हुँदैन ।
२३.केपी ओली जनवादी र समाजवादी दुवै चरणमा जबज लागू हुन्छ र समाजवादमा पनि बहुदलीय प्रतिस्पर्धा हुनुपर्छ भन्छन्। यो माक्र्सवादमा गरेको ठाडो संशोधन हो । यो संशोधनवाद हो र यो पुँजीवाद हो । हामी समाजवादमा बहुदलीय प्रतिस्पर्धामा हुँदैन,त्यहाँ प्रतिस्पर्धा गर्ने वस्तुगत आधार नै समाप्त भएको हुन्छ भन्छौँ ।
१२.जबज भनेको के हो ?
-आदिम साम्यवाद,दास युग र सामन्तवादमा दलहरु थिएनन ।
- पुँजीवादको उदय भएपछि १८औ, १९औं र २०औं
-शताब्दीमा आएर मात्र राजनीतिक
-पार्टीहरूको उदय भयो ।
- राजनीतिक पार्टीहरm पँुजीवादका उपज हुन ।
- पुँजीवादमा दुईवटा अन्तरविरोध जन्मिए ।
- पुँजीपति र श्रमिक बीचको अन्र्तबिरोध
- पुँजीपतिहरुकै बीचको अन्र्तबिरोध
- त्यसबाट नै बहुदलीय प्रतिस्पर्धाको जनवाद विकसित भयो।
- बहुदलीय जनवाद भनेको पुँजीवादी जनवाद हो ।
१३.के समाजवादमा बहुदलीय प्रतिस्पर्धा हुन्छ ?
- त्यहाँ प्रतिस्पर्धाको वस्तुगत आधार नै समाप्त हुन्छ ।
- चीन, भियतनाम,सोभियत संघ, क्युबा, कोरिया,लाओसका नेताहरुले किन गरेनन ?
१४.हाम्रो देशमा समाजवादी क्रान्ति कसरी अघि बढाउनुपर्छ ।
- तीन हतियारहरु निर्माण गर्नुपर्छ ।
- पार्टी,संयुक्त मोर्चा, वर्गसंघर्ष ।
१५. हाम्रो पाटीको १८ महिना
- हामीले स्वतन्त्र क्रान्तिकारी पार्टीको रुपमा पार्टी निर्माण गर्नुपर्छ ।
- कार्यगत एकता गर्दा पनि स्वतन्त्रता र पहलकदमी गुमाउनु हुँदैन नत्र अरु पार्टीहरुकोपुच्छर बनिन्छ ।
- एम.सि.सि प्रकरणमा हाम्रोस्वतन्त्र भूमिका स्थापित हुन सकेन ।
- स्थानीय चुनावमा हाम्रो स्वतन्त्र भूमिका स्थापित हुन सकेन ।
- राष्ट्रिय चुनाबमा पनि हाम्रो भूमिका स्वतन्त्रता र पहलकदमीको रहन सकेन ।
- अहिले पनि स्वतन्त्रता र पहल जोगाउनुपर्छ ।
१६. आजका हाम्रा कार्यभारहरु
१ हामीले आफ्ना कार्यदिशा,नीति र सिद्धान्त प्रष्ट पार्नुपर्छ ।
२ सकेसम्म चाँडै राष्ट्रिय महाधिवेशन गर्नुपर्छ र पार्टीलाई संस्थागत गर्नुपर्छ ।
३ अहिले अर्को कुनै पार्टीसँग एकीकरण सम्भव छैन ।
४ प्रमुख शत्रुका विरुद्ध कार्यगत एकता वा मोर्चा बन्न सक्छ ।
५ विगतका अनुभवहरूको मसिनु गरी समीक्षा गर्नुपर्छ, निर्बाचनको राम्रो समिक्षा
गर्नुपर्छ ।
६ हामीले हाम्रा सबै तहका कमिटीहरुलाई सक्रिय र गतिशील बनाऔ ।
७ पार्टीलाई वर्गभित्र लैजाऔँ । वर्ग विश्लेषण गरौ ।
८ पार्टीका वरिपरि विभिन्न वर्गीय संगठनहरूको सञ्जाल विस्तार गरौ ।
९ पार्टीलाई जिल्ला अधिवेशन तीर अघि बढाऔ ।
१० पार्टीभित्र गलत विचारका विरुद्ध बैचारिक रुपान्तरणको कामलाई गहिरो बनाऔ ।
- पदबाद, कुर्सीबाद
- जातिवाद, सम्प्रदायबाद
- पार्टीको कार्यशैलीमा सुधार गरौ ।
११.हामीले सास्कृतिक अधपतन र सांस्कृतिक खरिद बिक्रीका विरुद्ध सङ्घर्ष गरौँ ।
१२.सबै तिर पार्टी कार्यालयहरु व्यवस्थित गरौ ।
१३.सबै १५ वटै पालिकामा पार्टी सदस्यता र कमिटिहरु बिस्तार गरौँ ।
१४.जितेका पालिका वा वडाहरुमा क्रान्तिकारी संसदवादको कार्यदिशा अनुरुप नीतिगत र विकास निर्माणका काम अघि बढाऔँ ।
१५. पाटीको आर्थिक स्थितिलाई जन आधारित भएर बलियो बनाऔ ।
- सदस्यबाट
- विशेष योगदान
- व्यवसायीहरुबाट
- जनप्रतिनिधिबाट
१६.दलाल पूँजीवादको शोषण कसरी फैलिदै छ । त्यसको व्यापक विरोध भण्डाफोर गरौं ।
१७.हामीले दक्षिणपन्थी औसरबादका विरुद्धको वैचारिक संघर्षलाई व्यापक बनाउनुपर्छ ।
१८.हामीले जनता र राष्ट्रका सरोकारका विषयहरु,जनता माथि भइरहेका शोषण र उत्पीडनको बिरुद्ध, भ्रष्टाचारका विरुद्ध, सीमा समस्या, विकासका आवश्यकता आदिका विषयमा विरोध प्रदर्शनहरु गर्ने, आलोचनाहरू गर्ने र वर्ग संघर्षलाई विकास गर्ने काम गरौँ ।
१९.पार्टीको विकासका निम्ति वैचारिक संघर्ष र समाजको वा क्रान्तिको विकासका निम्ति वर्गसंघर्ष नै मुख्य कडी हो ।
२०.नेतृत्वको नयाँ पिडि योजनाबद्ध रुपलेविकास गरौ ।
२१.सम्भव हुने सबै कम्युनिष्टहरूलाई सहि कार्यदिशा र नीतिका आधारमा पार्टीमा एकताबद्ध बनाउँदै जाऔं ।
२२.पार्टी र जन संगठनहरुलाई जिल्लाका १५ वटै पालिकाहरु १३१ वटै वडाहरु र सबै गाउँ तथा टोलहरुमा पुर्याऔँ ।
२३.पार्टीलाई सिङ्गो जिल्लाको निर्णायक नेतृत्व केन्द्रका रुपमा स्थापित गरौँ ।
२४.आगामी ५ वर्षमा झापा जिल्लालाई समाजवादी शक्ति किल्लाका रुपमा रुपान्तरित गर्ने लक्ष्यका साथ सम्पूर्ण जनतालाई गोलबन्द गर्दै अघि बढौं ।
(२०७९ चैत्र १८ गते सम्मानित नेता कमरेड झलनाथ खनालले झापामा २ दिने अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा राख्नुभएका टिपोटहरु)