पोखरा,साउन १०
नेकपा एमाले कास्कीका नेता तोरणबहादुर केसी सहित ९७ जना नेता कार्यकर्ता नेकपा(एकीकृत समाजवादी) मा प्रवेश गर्नुभएको छ ।
सोमबार पोखरामा आयोजित एक कार्यक्रममा एमाले, काङ्ग्रेसलगायत पार्टी छाडेर ९७ जना नेता तथा कार्यकर्ता एकीकृत समाजवादीमा प्रवेश गर्नुभएको हो । उहाँहरु सबैलाई नेकपा(एकीकृत समाजवादी) काअध्यक्ष नेपालले अवीर र खादा लगाएर पार्टीमा स्वागत गर्नुभएको हो ।

त्यसै गरि पर्वतबाट विभिन्न पार्टीका ३ सय ५० जना कार्यकर्ता नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका थिए । प्रवेश नगर्नेहरूमा आधिकांश नेकपा एमालेका नेता तथा कार्यकर्ता रहेको बताईएको छ । कास्कीबाट प्रवेश गर्नेहरूको नामावली नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य, कास्की अध्यक्ष तथा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र पर्वतबाट प्रवेश गर्नेहरूको नामावली केन्द्रीय सदस्य मोतिप्रसाद पौडेलले वाचन गर्नुभएको थियो ।
पुष्पलाल स्मृति प्रतिष्ठानको आयोजनामा सोमबार पोखरा सभागृहमा भएको कार्यक्रममा आयोजित ‘पुष्पलालको योगदान, वर्तमान नेपालको राजनीतिक अवस्था र समाजवादी कार्यदिशा’ विषयक विचार गोष्ठी कार्यक्रममा अध्यक्ष नेपालले केसीलाई पार्टीमा स्वागत गर्नुभएको हो ।
यस अघि अध्यक्ष नेपाल, उपाध्यक्ष तथा गण्डकी प्रदेशका इन्चार्ज केशवलाल श्रेष्ठ, स्थायी कमिटी सदस्यहरू तुलवहादुर गुरुङ, शारदा प्रसाद सुवेदी, चुडामणि जंगली, पोलिटब्युरो सदस्यहरु श्रीनाथ बराल, दिलु पन्त प्रेम नारायण पौडेल, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य लगायत नेता कार्यकर्ताहरुले पोखरा ७ स्थित पुष्पलाल पार्कमा रहेको पुष्पलालको सालिकमा माल्यार्पण गर्नुभएको थियो ।