काठमाडौँ। पेसागत महासङ्घ नेपालको राष्ट्रिय समितिको पाँचौँ बैठक २०८२ असार २०-२२ गते अध्यक्ष प्रेमलकुमार खनालको अध्यक्षता तथा नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष एवं संसदिय दलका उपनेता, मोर्चा प्रमुख मा. राजेन्द्र प्रसाद पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ।
पूर्व अध्यक्षहरु तथा सल्लाहकारहरुको उपस्थितिमा भएको बैठकमा महासचिव राजन रेग्मी र कोषाध्यक्ष ध्रुव पौडेलले पेशगर्नु भएको क्रमशः सांगठनिक प्रतिवेदन र आर्थिक प्रतिवेदन उपर व्यापक छलफल पारित गरेको छ।
साथै बैठकले आगामी छ महिनाको अर्धवार्षिक कार्यक्रम तथा आगामी आर्थिक वर्षको वजेट पास गर्ने निर्णयसहित समसामयिक विषयका निम्न प्रस्ताव पारित गरेको छ।
1. बैठकले सहकारी घोटाला, भिजिट भिषा, ओम्नी, यति, भुटानी शरणार्थी, सुन काण्ड, गिरीवन्धु टि स्टेट, टेरामक्स अन्तःशुल्क स्टीकर छपाई जस्ता भ्रस्ट्राचारका काण्डमा संलग्नहरुलाई कडा भन्दा कडा कारवाही गर्न नेपाल सरकार समक्ष माग गरेको छ । को ध्यानाकर्षण गराएको छ ।
2. बैठकले सङ्घीयतालाई कार्यान्वयन गर्ने ऐन नियम ल्याउने विषयमा सरकार उदासिन रहेको छ । संघिय निजामती सेवा ऐन प्रतिनिधि सभाबाट पारित हुँदा सार्वभौम संसदले पारित गरेको विषयलाई तोडमोड गरी विचौलीयाको स्वार्थ सिद्धहुनेगरी थपघट गर्नेकार्यको अवश्यक छानबिन गरी कारवाहीको दायरामा ल्याउन तथा संघिय शिक्षा ऐनमा शिक्षक महासङ्घ सँग भएको सहमती हुबहु कार्यान्वयन गर्ने गरी यथासिघ्र पारित गर्न माग गरेको छ । साथै संबिधानले प्रदत्त गरेको ट्रेड युनियन अधिकार पेसाकर्मीहरुको बृत्तिविकास, सेवा सुबिधा र राजनीतिक अधिकार सहितको ट्रेड युनियन अधिकारको ग्यारेण्टी गर्नेगरी सेवा सञ्चालन गर्ने ऐनहरु जारी गर्न सरकारको ध्यानाकर्षण गरेको ।
3. बैठकले आ.व. ०८२÷८३ को संसदबाट पारित भएको वजेटका सन्दर्भमा महासङ्घको गम्भीर ध्यानाकर्षण भएको छ । कानुनले नै दुइ–दुइ बर्षमा राष्ट्रसेवकको तलब पुनरावलोकन गर्ने ब्यवस्था भएकोमा सो नगरी कानुन उलंघन गरिएको आम पेसाकर्मी तथा आम जनताका भावना नसमेटीएका नेताको निर्वाचन क्षेत्रमुखि राजश्वको तुलनामा चालू खर्च बढी भएको महत्वाकांक्षी वजेटका सन्र्दभमा गम्भीर ध्यानाकर्षण गराउँदै वजेटको प्रभावकारी कार्यान्वयनको लागि सरकारको ध्यानाकर्षण गराएको छ ।
4. बैठकले पेसागत महासङ्घ नेपालको नाम, झण्डा, लोगो, छाप, लेटरप्याड प्रयोग गरी समानान्तर गतिविधि गर्ने समुहका गतिविधिहरुको निन्दा र भत्र्सना गरेको छ । महासङ्घको बैधानिकता विरुद्ध समानान्तर गतिविधि गर्नेहरुलाई कारवाही र नियन्त्रण गर्न नेपाल सरकार समक्ष माग गरेको छ ।
5. बैठकले सरकारी निकाय तथा विद्यालय, क्याम्पस, स्वास्थ्य सेवा तथा सार्वजनिक संस्थाहरुमा अस्थायी, करार, आउटसोर्सिङ्मा काम गर्ने कर्मचारीहरुलाई सामाजिक सुरक्षाको सुविधा प्रदान गर्न र आवश्यक स्थानमा दरवन्दी निर्धारण गरी स्थायी तवरले नियुक्ति गर्न नेपाल सरकारको ध्यानाकर्षण गराएको छ ।
6. बैठकले सेवा निवृत्त राष्ट्रसेवकहरुको जीवन स्तर सुधार गर्न राज्यका यातायात, औषधि उपचार लगायतका क्षेत्रमा कम्तीमा ५० प्रतिशत छुट सुविधा प्रदान गर्न र महंगी भत्ता प्रदान गर्न नेपाल सरकारको ध्यानाकर्षण गराउँदछ ।
7. बैठकले आन्तरिक स्रोतले चालू खर्च धान्न नसक्ने बिकास खर्च अत्यन्त न्यून गर्ने गरी आएको सरकारको बजेट कार्यान्वनका सन्दर्भमा चालु खर्च आन्तरिक स्रोतबाटै गर्ने, पुँजीगत खर्चमा वृद्धि गर्न सरकार समक्ष माग गरेको छ ।
8. बैठकले कानून अनुसार नै प्रत्येक २ बर्षमा कर्मचारीको तलब सुविधा पुनरावलोकन गर्ने व्यवस्थालाई बेवास्ता गरी वजेट आएको हुँदा कर्मचारीको तलव सुविधा यही वर्ष पुनरावलोकन गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।
9. बैठकले कर्मचारीको वरियताका आधारमा तलव निर्धारण गर्न सरकार उदासिन रहेकोमा सम्मानित सर्वोच्च अदालतबाट मर्यादाक्रम अनुसारको तलवमान निर्धारण गर्न परमादेश जारी भएको ले परमादेश अनुसारको आदेश यथासिघ्र कार्यान्वयन गर्न सरकार समक्ष माग गरेको छ ।
ज्ञण्. बैठकले सरकार समक्ष महासङ्घको तर्फबाट पेश गरिएको राष्ट्रिय श्रम आयोग गठन, लगायतका विषय सम्बोधन नभएको हुँदा महासङ्घले पेस गरेका विषयहरुको सम्बोधनका लागि नेपाल सरकारको ध्यानाकर्षण गराएको छ ।
10. बैठकले सङ्घीय संसदमा कार्यरत कर्मचारीहरुको लामो आन्दोलन पश्चात भत्ता सुविधा वृद्धि गर्ने गरी सरकारसँग सम्झौता भएको छ । उक्त सम्झौता अनुसारको रकम सबै सरकारी तथा संघ संस्थाका कर्मचारीहरुले प्राप्त गर्ने गरी कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराउँदछ ।
11. बैठकले बजार नियन्त्रण गरी मुल्यबृद्धि नियन्त्रण गर्दै आम श्रमिक पेसाकर्मीहरुको जीवनस्तर सहज वनाउने योजना ल्याउन सरकारको ध्यानाकर्षण गराएको छ ।
12. बैठकले देशमा रोजगारीको अभावका कारण लाखौँ युवाहरु विदेशिन वाध्य भएका छन् । मिजिट भिसाको नाममा विचौलियाको चङ्गुलमा परेका नेपाली श्रमिकहरुलाई देशमा नै रोजगारीको आयोजना ल्याइ युवा श्रम शक्ति पलायन हुनवाट रोक्न र विदेशमा मृत्यूवरणमा परेका व्यक्तिहरुको परिवारलाई राहात उपलव्ध गराउन सरकारको ध्यानाकर्षण गराएको छ । ।
13. बैठकले देशभर स्थापना भएका सहकारी संस्थाहरु विविध कारणले दिन प्रतिदिन वन्द भइरहेको र सहकारीका सदस्यहरु सहकारी पिडित भई वचत तथा शेयर रकम फिर्ता नभइरहेको अवस्था हुँदा वचत कर्ताहरको वचत रकम यथा सिघ्र फिर्ता गर्ने व्यवस्था गर्न नेपाल सरकारको ध्यानाकर्षण गराउँदछ ।
14. यो बैठक जनतालाई आधारभूत सेवा उपलव्ध गराउन कृषिजन्य, खाद्य जन्य, दुग्ध जन्य, औषधिजन्य, साझा यातायात लगायतका सार्वजनिक संस्थानहरु ७५३ वटै पालिका सम्म सेवा विस्तार गर्न तथा सुपथ मुल्य पसल स्थापना गर्न र रासन कार्डको व्यवस्था गर्न नेपाल सरकारको ध्यानाकर्षण गराएको छ ।
15. बैठकले विभिन्न स्थानमा आफ्नो जिम्मेवारी पुरागरिरहेका कर्मचारीहरुलाई जनप्रतिनिधि तथा निजका परिवारका सदस्यहरुबाट अभद्र व्यवहार, कुटपिट गर्ने लगायतका घटनाको घोर निन्दा तथा भत्र्सना गर्दै उक्त घटना घटाउनेहरुलाई कडा भन्दा कडा कानूनी कारवाहीको लागि नेपाल सरकारसँग जोडदार माग गरेको छ ।
16. यो बैठक मरक्कोमा सम्पन्न विश्व शिक्षक महासङ्घ ९ँक्ष्क्भ्० को केन्द्रीय कमिटी सदस्यमा २० औँ सम्मेलनबाट जिम्मेवारी प्राप्त गर्नु हुने प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष श्री हिक्मतबहादुर बस्नेत तथा विश्वविद्यालय प्राध्यापक तथा विद्यालय शिक्षक एसोसिएसन नेपालका अध्यक्ष श्री रामकुमार बान्तावा र फ्रान्समा सम्पन्न विश्व ट्रेड युनियन महासङ्घको पाँचौँ युवा अन्तर्राष्ट्रिय सम्मेलनबाट सदस्यमा निर्वाचित हुनुभएका एकीकृत सरकारी कर्मचारी संगठनका उपाध्यक्ष सुरेन्द्र ठाकुर समेतलाई बधाई तथा सफल कार्यकालको शुभकामना ब्यक्त गरेको छ ।
17. यो बैठक सरकारले संघीयता लागू भए पछि झन्डै ६०० सामाजिक परिचालिकाहरु र भौतिक विषय स्थानीय तहमा हस्तान्तरण गरेकोमा यसरी हस्तान्तरण गर्दा हाल कतिपय पालिकामा सामाजिक परिचालिकाले काम गरिरहेकोे, काम गरिरहेको मध्ये कतिपयले न्यूनतम तलब सुविधा भन्दा कम रकममा काम गरिरहेकोे, विगतमा काम गरेको तर कतिपयलाई कामबाट हटाइ तलब सुविधा नपाएको र यसका लागि केन्द्रमा कुनै मन्त्रालय जवाफदेही नबनेको हुँदा मन्त्रीपरिषदबाट नै अध्ययन गरी रकम भुक्तानी दिनुपर्ने, कम तलब सुविधा पाइरहेको हकमा सरकारले निर्धारण गरेको न्यूनतम तलब सुविधा प्रदान गर्नुपर्ने र कामबाट अलग गरीएका लाई काममा लगाउन स्मवन्धित स्थानीय तहलाई अनुरोध गर्न सरकारको ध्यानकर्षण गराएकोे छ ।
18. यो बैठक मुलुकमा रहेका सहकारी संस्था तथा लघुवित्त क्षेत्र संकटको अवस्थामा पुगेको विश्लेषण भइरहेको विद्यमान अवस्थामा साना तथा विपन्न वर्गको आर्थिक कारोवारको माध्यम यि संस्थाहरुको समस्या एकिन गरी तत्काल समाधान गर्न सरकारको ध्यानाकर्षण गराएकोे छ ।
19. बैठकले इजरायलले प्यालेस्टाइन गाँजा क्षेत्रमा आक्रमण गरी हजारौ प्यालेस्टाइन जनताको हत्या गर्ने, अस्पताल, विद्यालय र विकासका भौतिक पूर्वाधार जस्ट गर्ने कार्य गरी नरसंहार गरिरहेको घटनाको विरोध गरेको छ । यस्तै इजरायल र अमेरिकाले इरानमा हवाइ आक्रमण गरी १००० जनाको हत्या गरेको र आणविक केन्द्रमा हमला गरी इरानको सार्वभौमिकताको हनन गरेकोमा बैठकले निन्दा र भत्र्सना गर्दै अविलम्व प्यालेस्टाइन लगायत मध्यपूर्वमा शान्ति कायम गर्न माग गरेको छ ।
20. बैठकले विश्वमा शान्ति कायम गरी उत्पादन र रोजगारी सहित आर्थिक विकासमा केन्द्रीत गर्नु पर्नेमा अमेरिका सहित नाटोमा आवद्ध ३२ वटा देशहरुले कुल गाहस्थ उत्पादनको ५ प्रतिशत रक्षा खर्च वृद्धि गर्ने निर्णयको विरोध गरेको छ । साथै सवै देशहरुलाई सुद्द र हतियारमा रकम खर्च गर्नुको सट्टा उत्पादन र रोजगारीमा लगानी वृद्धि गर्न र नाटो लाई विघटन गर्न माग गरेको छ ।
21. यो बैठक पाँचौँ राष्ट्रिय समिति वैठकमा उपस्थित हुनुभएका प्रमुख अतिथि, अतिथि, सल्लाहकार, प्रदेश अध्यक्ष, आवद्ध घटकका अध्यक्ष तथा महासङ्घ राष्ट्रिय समितिका सदस्यहरूलाई हार्दिक धन्यवाद सहित आफ्नो कार्यक्षेत्रमा कुशलताका साथ निर्णय कार्यान्वयन गर्न गराउन सफलता प्राप्त हुने आशाका साथ शुभकामना व्यक्त गर्दै वैठक समापन गरिएको घोषणा गरेको छ ।
22. यो बैठक कर्णाली प्रदेश समितिका अध्यक्ष खमबहादुर थापाकी ममतामयी माता उज्जली थापाको २०८१ थापाको साउन २० गते, राष्ट्रय समिति सदस्य मधु गिरीका पिता सूर्यबहादुर वि.सीको २०८१ भदौ ४ गते, एकीकृत स्वास्थ्यकर्मी संगठन नेपालका अध्यक्ष विष्णुप्रसाद फुँयालका पिता नन्दिकेशर फुयालको २०८१ भदौ ३० गते प्रगतिशिल नेपाल राष्ट्रिय शिक्षक संगठनका महासचिव हरिदेव यादवकी ममतामयी माता भगवती देवी यादवको २०८२ बैशाख ४ गते, पेसागत महासङ्घका महासचिव राजन रेग्मीको ममतामयी माता नैनकुमारी रेग्मीको २०८२ बैशाख १६ गते, उपाध्यक्ष किशोर कुमार नेपालीकी धर्मपत्नी मुना श्रेष्ठ नेपालीको २०८२ असार ८ गते, राष्ट्रिय समिति सदस्य सौभाग्य शाहीकी सासुआमा कमला देवी सिंहको २०८२ असार ११ गते भएको निधन प्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ ।
राजन रेग्मी
महासचि