काभ्रे। मण्डनदेउपुर नगरपालिकाले राष्ट्रिय धान दिवस २०८२ मनाइएको छ।
नगरकोट भ्रमण वर्ष २०८२ लाई प्रवद्र्धन गर्ने उदेश्यले वडा नम्बर ८ स्थित ढाईटारमा रोपाई गरि धान दिवस मनाइएको हो। नगरकोट भ्रमण वर्ष मनाइरहेका चारवटा नगरपालिका मण्डनदेउपुर नगरपालिका, बनेपा नगरपालिका, चाँगुनारायण नगरपालिका र शंखरापुर नगरपालिकाले संयुक्तरूपमा रोपाई महोत्सव मनाएका हुन्।
रोपाई महोत्सवमा इन्द्रेणी परिवारको सांगितीक प्रस्तुति रहेको थियो। महोत्सवको औपचारिक कार्यक्रममा हजारौं सर्वसाधारणको उपस्थिति थियो। आज २२औँ धान दिवसका दिनलाई, धान बालीमा सघनता खाद्य सुरक्षा र आत्मनिर्भरताभन्ने मूल नारालाई प्राथमिकता दिइएको छ।
रोपाइमा कृषक, नागरिक समुदाय,पालिका तथा वडाका जनप्रतिनिधि, कर्मचारी लगायत बागमती प्रदेशका सांसद लक्ष्मण लम्साल, जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दीपककुमार गौतमले सहभागीता जनाउनु भएको थियो ।
मण्डनदेउपुर नगरपालिकाका मेयर टोक बहादुर वाइबालेञअसार पन्ध्रमा सामुहिक धान रोपेर परम्परालाई निरन्तरता दिने प्रयास गरेको बताउनुभयो। उहाँले भन्नुभयो, नेपाल कृषि प्रधान देश हो तर आत्मनिर्भरताको बाटोमा हिड्न सकेको छैन। राज्यले कृषकलाई सहयोग पुग्नेगरी निति बनाएरै जानूपर्छ। मण्डन कृषिको सम्भावना बोकेको ठाँउ हो। हामीले कृषकको श्रमको उचित मूल्य पाउने तर्फ भूमिका निर्वाह गर्नु पर्छ।
यस्तै उपप्रमुख विष्णुमणि नेपालले निरन्तर किसानको हित हुने कार्यमा नगरले लगानी गर्ने बताउनुभयो