काठमाडौँ। विभिन्न कम्युनिष्ट घटक राजनीतिक दलहरुले अमेरिका र इजरायलले विश्व युद्ध सुरु गर्न खोजेको भन्दै चर्को विरोध जनाएका छन्।
बुधबार राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा एक अन्तरक्रियाको आयोजना गरेर ती दलहरुले अमेरिका-इजरायले इरान र प्यालेस्टाइन जनतामाथि हिँसा गरेको निष्कर्श निकालेका छन्।
नेकपा (एकीकृत समाजवादी), नेकपा (माओवादी केन्द्री), नेकपा, नेकपा (मसाल), राष्टिय जनमोर्चा, क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल, नेकपा बहुमत, राजनीतिक सम्वाद थालनी जस्ता वाम पक्षधर शक्तिहरुको संयुक्त आयोजनामा उक्त अन्तरक्रिया सम्पन्न भएको हो।
अन्तरक्रियामा एकीकृत समाजवादीका महासचिव घनश्याम भूसाल, माओवादी केन्द्रका नेता लिलामणि पोखरेल, जनमोर्चा अध्यक्ष चित्र बहादुर केसी, नेकपाका नेता चिरन सीलगायले अमेरिकी साम्राज्यवादका विरुद्ध विश्वका शान्ति पक्षधर मुलुकहरु एकजुट हुनुपर्नेमा जोड दिनुभएको थियो।
नेकपा (माओवादी केन्द्र) का सचिव लिलामणि पोखरेलको अध्यक्षता तथा नेकपा(एकीकृत समाजवादी) का स्थायी कमिटी सदस्य बलराम बाँस्कोटाले सञ्चालन गर्नुभएको थियो।