काठमाडौँ। नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष तथा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनले नेकपा (एकीकृत समाजवादी) का अध्यक्षमाथि माधवकुमार नेपालमाथि राज्यले प्रतिसोध साधेको बताउनु भयो।
मंगलबार नेकपा (एकीकृत समाजवादी) दोलखाको पार्टी कार्यालय पुग्नुभएका उपाध्यक्ष पुनले उक्त कुरा बताउनुभएको हो। नेकपा (एकीकृत समाजवादी) दोलखाका इन्चार्ज गोपाल न्यौपाने, जिल्ला कमिटीका कार्यवाहक अध्यक्ष अशोक कुमार दहालले पुनलाई स्वागत गर्नुभएको थियो।
अध्यक्ष दहालकाअनुसार उपाध्यक्ष पुनले प्रधानमन्त्री केपी शर्मा ओली व्यवस्था विरोधि व्यक्ति भएका कारण जुनसुकै कदम चाल्न सक्ने आशंका व्यक्त गर्नुभएको हो। उपाध्यक्ष पुनले माधवकुमार नेपालसहित माओवादी केन्द्रका नेता अग्नि सापकोटाको मुद्धा उचाल्ने काम गरेको बताउनुभयो।
नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य तथा दोलखा सहइन्चार्ज गोपाल न्यौपानेले वर्तमान केपी ओली नेतृत्वको सरकार व्यवस्था विरोधि गतिविधिमा केन्द्रित बनेको बताउनुभयो।
त्यसैगरी कार्यवाहक अध्यक्ष अशोककुमार दहालले सरकार दलाल पूँजीपतिहरूको स्वार्थ पूर्तिगर्न बनेकोले यसको लक्ष्य नेपालको लोकप्रिय वामाअन्दोलनलाई समाप्त पार्नुभएको बताउनुभयो।
अध्यक्ष दहालले पुरानो मानसिकताको चल्ने दल र तीनको नेतृत्वबाट मुलुकको अवस्था परिवर्तन नहुने, समाजवादको स्थापना र विकासका लागि समाजवादी दलहरूले फराकिलो ढङगले बहस चलाउनुपर्ने धारणा राख्नुभयो।
रितबहादुर खड्का प्रतापको स्मृति दिवसका अवसरमा चरिकोट पुगेका उपाध्क्ष पुनसँगै माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा वागमती प्रदेशका पूर्वमन्त्री विशाल खड्का, शङ्कर लामा, त्यस्तै एकीकृत समाजवादीका नेताहरू माधवलाल कायस्थ, रामहरि शिवाकोटी, यादव दहाल, भुवन घिमिरे,
शम्भु तामाङको उपस्थिति रहेको थियो।
-1750145824.jpeg)
-1750145824.jpeg)