काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मावन सभ्यताको कलंकका रुपमा रहेको जातीय विभेदको समुल अन्त्य गर्नुपर्ने बताउनु भएको छ।
त्यसका निम्ति अध्यक्ष नेपालले कानुनको प्रभावकारी कार्यान्वयन, सामाजिक चेतना र जागरण अभिवृद्धिका लागि निरन्तर क्रियाशील हुन सबैमा आव्हान गर्नुभएको छ। बुधबार जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस २०८२ को शुभकामना दिदै अध्यक्ष नेपालले उक्त कुरा बताउनु भएको हो।
जारी विज्ञप्तिमा भनिएको छ, 'जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु। मानव सभ्यताको कलङ्कको रूपमा रहेको जातीय विभेद तथा छुवाछुत प्रथाको समूल अन्त्यका लागि कानुनको प्रभावकारी कार्यान्वयन, सामाजिक चेतना र जागरण अभिवृद्धिका लागि निरन्तर क्रियाशील हुन सबैमा हार्दिक आव्हान पनि गर्दछु।
वि।स २०६३ जेठ २१ गते मुलुकलाई ुजातीय छुवाछुत मुक्त राष्ट्रु घोषणा गरिएको थियो। सोही दिनको सम्झनामा प्रत्येक वर्ष जेठ २१ गतेलाई जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवसु का रूपमा हामीले मनाउँदै आएका छौँ। आजको दिनलाई हाम्रो मुलुकको सामाजिक रूपान्तरणको आन्दोलनमा महत्वपूर्ण दिनका रूपमा लिनुपर्दछ।
नेपालको संविधान तथा कानुनले जातीय छुवाछुत र सबै प्रकारका विभेदको अन्त्य गर्ने व्यवस्था गर्नुका साथै जातीय छुवाछुतजन्य कार्य गम्भीर सामाजिक अपराधका रूपमा दण्डनीय हुने र पीडितले क्षतिपूर्ति पाउने व्यवस्था गरेको छ। नेपालको संविधान, विद्यमान कानून र घोषणालाई चुनौती दिँदै देशका विभिन्न भागमा दलितमाथि हत्या, भेदभाव,अपमानपूर्ण व्यवहार र बहिष्करणका घटनाले हामी सबैलाई लज्जाबोध गराएको छ। छुवाछुतमुक्त राष्ट्र घोषणालाई हामीले अपेक्षाकृत रूपमा कार्यान्वयन गर्न सकेका छैनौँ।
आजको दिनले नेपाली समाजलाई सबैप्रकारका भेदभाव तथा जातीय छुवाछुतबाट पूर्ण रूपमा मुक्ति दिलाउने प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्दै जातीय छुवाछुत जस्तो असामाजिक, अमानवीय र घृणित कार्यको अन्त्यका लागि आ(आफ्नो ठाउँबाट ठोस योगदान गर्न सबैलाई हार्दिक अपिल गर्दछु।'