बाँके। नेकपा (एकीकृत समाजवादी), बाँकेले शनिबार नेपालगञ्ज ‘सुशासन र रोजगारी, समाजवादको तयारी’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रमको प्रमुख अतिथि पार्टीको लुम्बिनी प्रदेश कमिटी अध्यक्ष अब्दुल हुसेन खाँ हुनुहुन्थ्यो। अध्यक्ष खाँले पार्टी केन्द्रदेखि स्थानीय तहसम्म गरेका आन्दोलनका विषयमाथी समग्रहमा प्रकाश पार्नुभएको थियो।
अध्यक्षता बाँके पार्टी जिल्ला अध्यक्ष दिपक जियमले गर्नुभएको थियो। केन्द्रीय सदस्य नारायणी ओलीले कार्यैपत्र प्रस्तुत गर्नुभएको थियो। सहभागिबाट आएको सुझाबलाई जिल्ला कमिटीका उपाध्यक्ष करिश्मा योगी, उपसचिव प्रेमिका शाही र नगर अध्यक्ष गणेश ज्ञवालीले टिर्पोट गर्नुभएको थियो।
कार्यक्रम सञ्चालन उपसचिव टेकेन्द्र मल्लले गर्नुभएको थियो। एकीकृत समाजवादी पार्टीले २०८१ चैत १ गतेबाट केन्द्र, प्रदेश सरकारदेखि स्थानीय तहसम्म ज्ञापन पत्र बुझाउने, अन्तरक्रिया, सुझाव संकलन, बहस छलफल जस्ता कार्यक्रम गरेर रोजगारी र सुशासनका लागि आन्दोलन गर्दै आइरहेको छ।
जसमा कृषि, उद्योग, पर्यटन, पुर्वाधार, शिक्षा, स्वास्थ्य, सुशासन, बिदेशनिति, संबिधान कार्यन्वयनको पुनरावलोकन, रोजगारी र सुशासनका लागि राष्ट्रिय सम्मेलन जस्ता विषय छ्न्। उक्त अन्तरक्रिया कार्यक्रममा राजनितिक शास्त्री बौद्धिक डाक्टर जनार्दन आचार्य, नेपाली काङ्ग्रेस जिल्ला कोषाध्यक्ष यज्ञ बहादुर बस्नेत, नेकपा माओवादी केन्द्रका नेता तारा प्रसाद खत्री, रास्ट्रीय स्वतन्त्र पार्टीका नेता विनोद अग्रहरी, राप्रपाका कार्यवाहक अध्यक्ष नारायण शर्मा, जनमोर्चाका नेता कृष्ण पाण्डे, नयाँ शक्तिका नेता केवल गिरी, नेकपाका केन्द्रीय सदस्य नारायण लम्साल, उद्योग वाणिज्य संघ अध्यक्ष टंक धामी, सर्जन तथा समाजसेवी डा.विनोद कर्ण समाजसेवी गोपाल गिरी, सञ्चारकर्मीलगायत पार्टीका नेता कार्यकर्ताको उपस्थिति थियो।
आगामी कार्यक्रम जेष्ठ १८ देखि २० सम्म जिल्लाका मुख्य मुख्य स्थानमा पर्चा पम्पेलेट वितरण कार्यक्रम रहेको जिल्ला उपाध्यक्ष करिश्मा योगीले बताउनुभयो।
-1748760127.jpg)