भैरहवा। ‘सुसासन र रोजगारी, समाजवादको तयारी’ भन्ने राष्ट्रिय नारासहित नेकपा (एकीकृत समाजवादी) ले बुधबार भैरहवामा विचार गोष्ठी सम्पन्न गरेको छ।
जिल्ला कमिटी, रुपन्देहीको आयोजनामा भएको उक्त गोष्ठीमा पार्टीका नेताहरु, बुद्धिजीवी, विभिन्न वामपन्थी दलका प्रतिनिधिहरू तथा सामाजिक अभियन्ताहरूको सक्रिय सहभागिता रहेको थियो।
कार्यक्रमका प्रमुख अतिथि नेकपा (एकीकृत समाजवादी) का प्रदेश अध्यक्ष अब्दुल हुसेन खाँ हुनुहुन्थ्यो। विशेष अतिथिको रूपमा पार्टीका केन्द्रीय सदस्य यादव रायमाझीको उपस्थिति रहेको थियो भने अतिथिहरूमा केन्द्रीय सदस्यहरू मिना परियार, उमा काफ्ले, बाबुलाल यादव तथा केन्द्रीय निकाय र प्रदेश कमिटीका उपाध्यक्ष तथा सदस्यहरू सहभागि हुनुहुन्थ्यो।
गोष्ठीमा वामपन्थी धारका विभिन्न दल तथा संगठनका प्रतिनिधिहरूको समेत सहभागिता थियो। सहभागीहरूमा नेकपा एमालेका नरबहादुर घर्ति, राष्ट्रिय स्वतन्त्र पार्टीका मधु प्रसाद अर्याल, नेकपाका सरद ओली, राष्ट्रिय जनमोर्चाका बद्री आलम, क्रान्तिकारी नेकपाका दयाराम खनाल, नेकपा (बहुमत) की रेखा खनाल, नयाँ शक्ति नेपालको तर्फबाट शोभाकान्त नेपाल, नेकपा मसालका लालचन पन्त, राष्ट्रिय एकता अभियानका महेन्द्र आर्याल तथा नेकपा (पिविएम)का विनोद उपाध्याय रहनु भएको थियो।
कार्यक्रमको अध्यक्षता नेकपा (एकीकृत समाजवादी) रुपन्देहीका अध्यक्ष हिरा ध्वज शाहले गर्नुभएको थियो। स्वागत मन्तव्य अविराम विकले राख्नुभएको थियो भने कार्यपत्र प्रस्तुत टंकप्रसाद पोखरेल गर्नुभएको थियो।
गोष्ठीमा वक्ताहरूले वर्तमान राजनीतिक अवस्थालाई विश्लेषण गर्दै सुशासन, रोजगारी सिर्जना, समाजवादको यात्रामा वामपन्थी एकता र सशक्तिकरणको आवश्यकता बारे धारणा राख्नु भएको थियो। कार्यक्रमले विभिन्न धारका वामपन्थी दलहरू बीच साझा कार्यदिशा तय गर्ने दिशामा सकारात्मक वातावरण सिर्जना गरेको छ।

