काठमाडौँ। नेकपा (एकीकृत समाजवादी), गण्डकी प्रदेश कमिटीको आयोजनामा 'सुशासन र रोजगारी, समाजवादको तयारी' विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
पार्टी केन्द्रले सबैजसो क्षेत्रका विज्ञ, जानकार, तथा राजनीतिक दलहरूका नेताहरूसँग अन्तरक्रिया कार्यक्रमको आयोजना गर्ने कार्यक्रम तय गरेअनुसार गण्डकी प्रदेश कमिटीले उक्त अन्तरक्रियाको आयोजना गरेको हो।
प्रदेश कमिटी अध्यक्ष कृष्ण नेपालीको अध्यक्षता एवं पार्टीका केन्द्रीय सचिव श्रीनाथ बरालको प्रमुख अतिथ्यतामा सम्पन्न अन्रतक्रिया कार्यक्रममा नेकपाका पोलिटब्यूरो सदस्य सावित्रा सी, माओवादी केन्द्रका प्रदेश कमिटी उपसचिव टेकबहादुर बिक, नेकपा केन्द्रीय सदस्य प्रसिद्ध सी, जिल्ला सचिव उमेश सी, त्यस्तै नेसपा (नयाँ शक्ति) का केन्द्रीय सदस्य टिकाराम पौडेल, जिल्ला अध्यक्ष राजु क्षेत्री, राष्ट्रिय जनमोर्चा नेपाल केन्द्रीय सदस्य एवं गण्डकी प्रदेश अध्यक्ष शंकर बराल र नेकपा एकीकृत समाजवादी केन्द्रीय सदस्य एवं नेता तुल बहादुर गुरुङ्गले बिचार राख्नुभएको थियो।
एकीकृत समाजवादीका केन्द्रीय सदस्य अमरनाथ शर्मा र शर्मिला पौडेल, कास्की सल्लाहकार इस्वरी प्रसाद नेउपाने र बिष्णु भट्टराई, क्रान्तिकारी कम्युनिष्ट पार्टीका कास्की जिल्ला सचिव विक्रम थापासहितका नेता कार्यकर्ता उपस्थित हुनुहुन्थ्यो।
आएतबार सम्पन्न अन्तरक्रिया कार्यक्रममा पार्टीका सचिव बरालले दशौँ राष्ट्रिय महाधिवेशनले नेपाली विशेषता समाजवादी कार्यक्रमलाई पारित गरेको र उक्त कार्यक्रमलाई मुर्तरुप दिनका लागि 'सुशासन र रोजगारी, समाजवादको तयारी' भन्ने नारा अघि सारिएको बताउनुभयो। कार्यक्रमको सञ्चालन प्रदेश सचिव ठाकुर शर्मा र मागपत्र पोखरा महानगर अध्यक्ष प्रेम थापाले वचान गर्नुभएको थियो।
-1748309059.jpg)