बुटवल। नेकपा (एकीकृत समाजवादी) रुपन्देहीले आईतबार रुपन्देहीका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई स्मरणपत्र बुझाएको छ।
पार्टीका रुपन्देहीका अध्यक्ष हिराध्वज शाहले रुपन्देहीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेमार्फत स्मरणपत्र बुझाएको हो। ‘सुशासन र रोजगारी, समाजवादको तयारी’ भन्ने नारा सहित देशव्यापी आन्दोलनमा रहेको समाजवादीले केन्द्र, प्रदेश जिल्ला, पालिका्सम्म मागहरुका बारेमा स्मरण पत्र बुझाएको सो पार्टीले जनाएको छ। रुपन्देही जिल्ला कमिटिले बैशाख १९ गते जिल्ला प्रशासनमार्फत प्रधानमन्त्रीलाई बुझाएको ज्ञापनपत्रका मागहरु पुनःस्मरण गराउन स्मरणपत्र बुझाइएको जिल्ला अध्यक्ष हिराध्वज शाहले बताउनु भयो।

बैशाख १९ गते जिल्लाको बस्तुस्थिति, बाटो, बिजुली, उत्पादन, कृषि, शिक्षा, स्वास्थ्य, रोजगार, सुशासन, पारदर्शीता, जवाफदेहीता लगायतका पक्षहरू समेटेर समाजवादीले ज्ञापनपत्र बुझाएको थियो। स्मरणपत्र बुझ्दै रुपन्देहीका प्रमुख जिल्ला अधिकारी घिमिरेले यसअघि आएका मागहरु पनि सम्बन्धित क्षेत्रमा पु¥याएको बताउँदै पुन स्मरणपत्र पु¥याउने बताए । स्मरणपत्र बुझाउने कार्यक्रममा नेकपा एकिकृत समाजवादका पोलिटब्यूरो सदस्य तथा रुपन्देही इन्चार्ज नन्दलाल बन्जाडे, केन्द्रीय सदस्यद्धय बाबुलाल यादव, उमा काफ्ले सहित प्रदेश उपाध्यक्ष कमल भण्डारी, जिल्ला उपाध्यक्ष उपाध्यक्ष अविराम विक अर्का उपाध्यक्ष मिरा श्रेष्ठ, सचिव टंक पोखरेल, उपसचिव बाबुराम अर्याल, शारदा भट्टराई पहारी, जिल्ला सदस्यहरु विजय दाहाल, सफरुद्धिन अन्सारी, टेकसिंह थापा लगायतको उपस्थिती रहेको थियो।
एकीकृत समाजवादी बुटवलले बुझायो स्मरण–पत्र
त्यस्तै नेकपा (एकीकृत समाजवादी) बुटवलले आईतबार बुटवल उपमहानगरलाई स्मरणपत्र बुझाएको छ । सुशासन र रोजगारी समाजवादको तयारी भन्ने नारा सहित केन्द्रीय आन्दोलन अन्तर्गत गत बैशाख २२ गते बुझाइएको माग पूरा गर्ने सन्दर्भमा पुन स्मरण पत्र बुझाएको सो पार्टीले जनाएको छ। बुटवल उपमहानगरका नगरप्रमुख खेलराज पाण्डेयलाई एकिकृत समाजवादी पार्टीका अध्यक्ष चिनबहादुर गुरुङले स्मरण पत्र बुझाउनु भएको हो। स्मरणपत्र बुझाउँदै गुरुङले स्थानीय तहले पूरा गर्ने माग यहिबाट र अन्य मागहरु प्रदेश र संघीय सरकारसमक्ष पु¥याउन नगरप्रमुखको ध्यानआर्कषण गराउनु भयो। नगरप्रमुख पाण्डेयले स्मरणपत्र बुझ्दै मागहरुका बारेमा ध्यानआर्कषण भएको बताउनुभयो।
समाजवादी बुटवल उपमहानगर कमिटिले बुटवल धागो कारखाना सञ्चालनसहित विभिन्न जनसरोकारको मागहरु पेश गरेको छ। बुटवलमा रहेको लुम्बिनी प्रादेशिक अस्पतालमा टिकटका लागि समेत घण्टौँ लाइनमा बस्नुपरेको, बुटवल ज्योतिनगर लक्ष्मीनगरको पहिरो नियन्त्रण गर्नुपर्ने मोतीपुर औद्योगिक क्षेत्रमा ५० औं वर्षदेखि बसोबास गर्दै आएकाहरुको समस्या समाधान गरी औद्योगिक क्षेत्र निर्माण गर्न तथा भूमिहिन दलित सुकुम्बासीहरुलाई लालपूर्जा दिने व्यवस्था गर्न माग गरेको थियो । स्मरण पत्र बुझाउने कार्यक्रममा कार्यपालिका सदस्य यमबहादुर सुनार, नेकपा एसका प्रदेश सदस्य रुक्माङगत घिमिरे, इन्द्रबहादुर राई, सचिव भिमबहादुर क्षेत्री लगायतको उपस्थिती रहेको थियो।