सुर्खेत। नेकपा (एमाले) मुगुका नेता कालिबहादुर रोकाय एकीकृत समाजवादीमा समाहित हुनुभएको छ।
रोकाय मुगुको कम्युनिष्ट आन्दोलनमा लामो योगदान गरेका नेता हुनुहुन्छ। २०४७ जेष्ठ २२(२५ गतेसम्म इन्जिनियरिङ क्याम्पस ललितपुर पुल्चोकमा सम्पन्न अनेरास्ववियु (एकताको पाँचौँ) को दशौँ राष्ट्रिय सम्मेलनमा मुगु जिल्ला कमिटीको अध्यक्षको हैसियतमा प्रतिनिधित्व गर्नु भएका, एघारौँ राष्ट्रिय सम्मेलन आयोजक कमिटीका सदस्य, बाह्रौँ राष्ट्रिय सम्मेलनबाट निर्वाचित केन्द्रिय सदस्य, खत्याड गाउँपालिका वडा नं ४ का पूर्व वडाध्यक्ष , नेकपा (एमाले) कर्णाली प्रदेश कमिटीका पूर्व सदस्य हाल जिल्ला कमिटी मुगुका सचिवालय सदस्य रही साङ्गठनिक जिम्मेवारी पुरा गर्नुभएको नेता हुनुहुन्छ।
रोकायलाई नेकपा (एकीकृत समाजवादी) कर्णाली प्रदेश कार्यालय वीरेन्द्रनगर सुर्खेतमा शनिबार पार्टी सचिव तथा कर्णाली प्रदेश इन्चार्ज चन्द्रबहादुर शाहीले अबीर र खाँदा पहिराएर पार्टी प्रवेश गराउनु भएको हो।
पार्टी प्रवेश कार्यक्रममा प्रदेश अध्यक्ष ठगेन्द्र प्रकाश पुरी, केन्द्रीय सदस्यहरु नन्दा चपाई शर्मा, केदार कुमार कँडेल, जंगबहादुर राना, प्रदेश उपाध्यक्ष काली बहादुर रावल, सचिव धिरबहादुर बिष्ट, सुर्खेत जिल्ला अध्यक्ष खडकबहादुर केसी, प्रदेश सदस्य आउसे रोकाय, कर्णाली प्रदेश सभा सदस्य कल्याणी खडका, जिल्ला कमिटी मुगुका उपाध्यक्ष पदम बहादुर मल्लको सहभागिता रहेको थियो।