सल्यान। नेकपा (एकीकृत समाजवादी) सल्यान कालिमाटी गाउँपालिकाको प्रथम अधिवेशन सम्पन्न भएको छ।
मंगलबार ढोरेनीमा ‘सुशासन र रोजगारी, समाजवादको तयारी’ भन्नु नाराकासाथ सम्पन्न भएको अभिवेशनले ३९ सदस्सीय कमिटी चयन गरेको छ। अधिवेशनले अध्यक्षमा कुमार राना, उपाध्यक्षमा रातो बस्नेत, सचिवमा ओपेन्द्र खत्री, उपसचिवमा भूपाल लम्तरी र रमेश भूसालसहित ३९ सदस्यीय गाउँकमिटी सर्वसम्मत निर्वाचित गरेको हो।
पार्टी केन्द्रीय उपाध्यक्ष प्रकाश ज्वाला, केन्द्रीय सदस्य हरी केसी, प्रदेश कमिटी सचिवालय सदस्य भोला केसी, जिल्ला कमिटी अध्यक्ष रमेश गौतम, प्रदेश कमिटी सदस्य मातृका सुवेदी, जिल्ला कमिटी उपाध्यक्ष टेकमान ओली, सचिव प्रेम डाङ्गी, उपसचिव मनवीर बस्नेत, अनेमसंघ जिल्ला कमिटी अध्यक्ष हिरा चन्दलगायत शीर्ष नेताहरू अधिवेशन सफलताको शुभकामना व्यक्त मन्तव्य राख्नु भएको थियो।
अधिवेशन उद्घाटन समारोहको अध्यक्षता ग्यान्द्र केसी, सञ्चालन कुमार राना तथा स्वागत मन्तव्य ओपेन्द्र खत्रीले राख्नु भएको थियो।
-1747805720.jpg)
-1747805718.jpg)
-1747805717.jpg)
-1747805715.jpg)
-1747805715.jpg)