काभ्रे। राजनीतिक दलहरुको भातृ संगठनमा युवाहरुको सहभागी हुनु जरुरी छ। किनभने युवाले पार्टीको विभिन्न गतिविधिमा भूमिका खेल्ने गर्छ। प्रायस् सबै राजनीतिक दलले युवा शक्ति परिचालन गरेका हुन्छ।
काभ्रे पलाञ्चोकको नेकपा (एकीकृत समाजवादी) निकट युवासंघ नेपाल गतिशील र चलायमान छर रहनेछ। युवा संघ नेपाल चलायमान हुनुमा युवा नेतृत्व नै उर्जावान र वेगमा दौडिएको थियो भन्न सकिन्छ।
युवासंघ नेपाल काभ्रेले गत हप्ता जिल्ला अधिबेशन सम्पन्न गरेको छ। अधिबेशनले मनोज थापा नेतृत्वमा ३१ सदस्यीय जिल्ला कमिटी निर्वाचित गर्यो । यस कारण फेरि एकपटक काभ्रे जिल्ला युवा संघमय भएको जानकारहरु बताउँछन् ।
युवासंघ काभ्रेका निवर्तमान अध्यक्ष शिवराम दाहाल हुनुहुन्थ्यो। उहाँ पाँचखाल नगरपालिका वडा नम्बर ३ मा जन्मनु भएको हो। बुबा साधुराम दाहाल र आमा सावित्री दाहालको कोखबाट २०४० सालमा जन्मनु भएका उहाँ विद्यार्थी कालदेखि नै राजनीतिमा सक्रिय रहँदै आउनु भयो। विभिन्न पद तथा भूमिकामा रहेर काम गर्नु भएका दाहालले २०७८ मा नेकपा एमाले विभाजन पछि काभ्रे युवासंघको उपाध्यक्ष भएर काम गर्नु भएको थियो।
२०७९ को आम निर्वाचनमा संघीय क्षेत्र ञनम्बर २झ को प्रदेशञखझका उम्मेदवारलाई जिताउन दाहालको नेतृत्वमा रहेको युवा संघ नेपालमा आबद्ध युवाहरूको महत्त्वपूर्ण योगदा रहेको थियो । प्रदेशञखझअन्तर्गतका पालिकामा सबै भन्दा बढि प्रत्यक्ष र समानुपातिक मत खसाल्न उहाँ र जिल्ला युवासंघको ठूलो हात रहेको सरोकारवालाहरुको स्विकारोक्ति छ। दाहालले आफ्नो संगठनलाई सचेत र जिम्मेवार पूर्वक परिचालन गरेको उहाँ निकट स्रोतले बताएको छ।
युवासंघ नेपाल काभ्रेपलाञ्चोक जिल्लाको ९ औ जिल्ला अधिवेशनबाट मनोज थापालाई नेतृत्व हस्तान्तरण गरी अध्यक्ष बनाउन अधिवेशन नै मुख्य माध्यम हो भनी छोटो समयको तयारीमा विभिन्न अवरोधको बावजुद पनि सबै पक्षलाई समेटेर अधिवेशनलाई सर्वसम्मत रूपमा सफल बनाउन दाहालले मुख्य भूमिका खेल्नुभयो। दाहालले नेतृत्वका निम्ति तयार रहन थापालाई पहिल्यै संकेत गर्नु भएको थियो । थापाले दाहाल अध्यक्ष हुँदा सहयोगी भूमिका निर्वाह गर्नु भएको उहाँ स्मरण गर्नु हुन्छ। किन भने,नेतृत्व र क्षमता विकासको लागि पद हस्तान्तरण आजको अनिवार्य आबाश्यकता हो भन्ने उहाँको बुझाइ छ।
अधिबेशन कमिटीका संयोजक शिवराम दाहाल लगायत सम्पूर्ण कमिटीले अधिवेशनलाई भव्य र सभ्य रुपमा सफल पार्नुभएकोमा धन्यवाद तथा शुभकामनाका वर्षा सुरु भएका छन् । त्यो दाहालको क्षमताको उचित मूल्यांकन हो भन्ने पंतिकारलाई लागेको छ। युवा संघ नेपालको केन्द्रीय कमिटीमा लामोसम्म रहेको विवादको बावजुद पनि दाहालले काभ्रेपलाञ्चोक जिल्लामा अधिवेशनको आयोजना गर्दै सर्वसम्मत तरिकाले मनोज थापाको नेतृत्वमा जिल्ला कमिटी निर्वाचित गराउन अहम भूमिका खेल्नुभयो। यसमा उहाँलाई युवा संघ नेपालका केन्द्रीय सचिव भेषराज शाहले संगठनलाई केन्द्रमा राखेर अगाडि बढ्नको लागि निर्देशन र सुझाव दिनुभएको थियो।
अहिलेको राजनीतिक चरित्र कस्तो छ भन्ने जानकारी सबैलाई छँदै छ। कुनै पनि पद पाउनका लागि न्वारनदेखिको बल प्रदान लगाउने र पद पाइसकेपछि आफ्नो जिम्मेवारी विर्षने बानी नेतृत्वमा झाँङ्गिदै गएको छ।
राजनीतिक रुपमा माथि हुने र कार्यकर्तालाई पेलेर भित्तामा पुर्याउने नेतृत्व रहेसम्म, पदमा टाँसिरहने र नेतृत्वलाई रिजाएर पद पाउने पंङ्तिको विकास हुन थालेको दाहालको अनुभव छ। उनी निकट एक नेताले स्विकार गरेको तथ्यलाई केलाउने हो भने, आफूलाई नेता मान्दिनको लागि कार्यकर्तालाई गुहार्ने नेताहरुले युवा संघ नेपाल काभ्रेको अधिवेशनबाट सिकोस् कि, कार्यकर्ताले अधिवेशन र भेला मार्फत कसरी नेतृत्व निर्माण गर्छरुभनी प्रश्न गर्नु भएको छ।झ