काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) शारदा नगरपालिका सल्यानको प्रथम नगरअधिवेशन सम्पन्न भएको छ।
अधिवेशनबाट डम्बरसिंह तिरूवाको नेतृत्वमा ५५ सदस्सीय कमिटी निर्वाचित भएको छ। उपाध्यक्षतामा शान्ता नेपाली, सचिवमा परशु नारायण गौतम, उपसचिवमा हेमराज थापा र वीरबहादुर डाँगीसहित ५५ सदस्यीय नगर कमिटी सर्वसम्मत निर्वाचित भएको छ।
नगरकमिटी अध्यक्ष हेमेन्द्र बुढाथोकीको अध्यक्षता तथा पार्टी केन्द्रीय उपाध्यक्ष प्रकाश ज्वालाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पार्टी केन्द्रीय सदस्य भद्रसिंह बुढा, लोकबहादुर डाँगी, हरी के.सी, केन्द्रीय सल्लाहकार दामोदर शर्मा, पूर्वजिल्ला कमिटी अध्यक्ष राम खड्गी, पूर्वप्रदेश सदस्य टोपबहादुर थापा, जिल्ला कमिटी अध्यक्ष रमेशकुमार गौतमले निर्देशनात्मक मन्तव्य राख्नु भएको थियो।
त्यस्तै प्रदेश कमिटी सदस्यहरू सीपी वली, ईश्वरी बुढाथोकी, रोमप्रकाश थापा, दुर्गा पुन, जिल्ला कमिटी उपाध्यक्ष कल्पना सेजवाल, जिल्ला कमिटी सचिव प्रेम डागी, जिल्ला कमिटी उपसचिव मनवीर बस्नेत, अनेमसंघ अध्यक्ष हिरा चन्द, पेशागत महासंघका अध्यक्ष सूर्य नारायण शर्मा, नेकपा (माओवादी केन्द्र) नगर इन्चार्ज मोहनलाल बुढाथोकी, नेकपाका नगर संयोजक प्रकाश गिरीलगायतका वक्ताहरूले शुभकामना मन्तव्य राख्नु भएको थियो।