काभ्रे। नेकपा (एकीकृत समाजवादी) निकट यूवा संघ नेपाल काभ्रेको अध्यक्षमा मनोज थापा निर्वाचित हुनुभएको छ।
शनिबार काभ्रेको बनेपामा सम्पन्न भएको अधिवेशनले थापाको नेतृत्वमा ३१ सदस्यीय जिल्ला कमिटी निर्वाचित भएको हो। उपाध्यक्षमा सुरेन्द्र शाह, पदमनारायण तामाङ, सचिव श्याम नेपाल सहसचिव मनिष दुलाल र अम्बिका कार्की निर्वाचित हुनुभएको छ। त्यस्तै कोषाध्यक्षमा सजल हुमागाईँ निर्वाचित हुनु भएको छ।
त्यस्तै सदस्यहरू क्रमश लालबहादुर लामा, आशिष बख्रेल, प्रल्हाद न्यौपाने, विजय लामा, मनकुमार गोले, रोशन दनुवार, राजन केसी, सानु मगर, मानबहादुर लामा, दिनेश सुनुवार, सन्तोप केसी, आदित्य गौतम, वियोग तामाङ, विदुर घोरासैनी राजन गुरुङ, सन्तोष गुरुङ, सुरेन्द्र गुरुङ, जयन्द्र प्रजापति, रमन कार्की, विशाल केसी, विवेक थापा, पवन चौलागाईँ सर्वसम्मत निर्वाचित हुनुभएको छ।
उक्त कार्यक्रममा प्रमुख अतिथिमा नेकपा एकीकृत समाजवादी केन्द्रीय सचिव सावित्रा भूषाल, पोलिटब्युरो सदस्य टोक बहादुर वाइवा, लक्ष्मण लम्साल, केन्द्रीय सदस्य यसु लामा र पासाङ डोल्मो तामाङ, काभ्रे पार्टी जिल्ला अध्यक्ष बसुन्धरा हुमागाँई, जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपक कुमार गौतम, जिल्ला सहसचिव तथा युवासंघ नेपालका सचिव भेषराज शाहले नव निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई बधाई तथा शुभकामना दिनु भएको थियो।