काठमाडौँ। झापा जिल्लाको दशौँ अधिवेशन सर्वसम्मत रूपमा सम्पन्न भएको छ।
शनिबार र आइतबार सम्पन्न जिल्ला अधिवेशनले विपि भट्टराईको नेतृत्वमा ६१ सदस्सीय जिल्ला कमिटी चयन गरको छ। त्यस्तै उपाध्यक्षमा नविन इजम र सरस्वति लिम्बु, सचिवमा सानुकुमार लामा, उपसचिवमा होम बराल, श्री मिश्र, उदय बराइली निर्वाचित हुनुभएको छ।
जिल्ला अधिवेशनका पहिलो दिन उद्घाटन समारोहलाई प्रमुख अतिथि पार्टीका सम्मानित नेता पूर्वप्रधानमन्त्री झलनाथ खनाल, विशेष अतिथि उपाध्यक्ष जगन्नाथ खतिवडा, उपमहासचिव तथा कोशी प्रदेश इञ्चार्ज राजेन्द्र राई, सचिव बलदेव चौधरी, पोलिटब्युरो सदस्य अशेष घिमिरे, महेश रेग्मी, दुर्गा परियार, कोशी प्रदेश अध्यक्ष सरिता खड्का, जिल्ला इञ्चार्ज तथा केन्द्रीय सदस्य पुष्पराज पोखरेल, वामपन्थी नेता तथा झापा विद्रोहका अगुवा नरेश खरेलले सम्बोधन गर्नुभएको थियो।
जिल्ला कमिटीका उपाध्यक्ष प्रत्युस रानाले स्वागत मन्तव्य राख्नुभएको थियो। वेदराज रेग्मीले अध्यक्षता इवं सचिव विपि भट्टराईले कार्यक्रम सञ्चालन गर्नुभएको थियो।
कार्यक्रममा झापा जिल्लाका पुराना अग्रज ११ जना कम्युनिष्ट नेताहरूलाई सम्मान पत्र प्रदान गरिएको थियो। सम्मानित हुनेमा नरेश खरेलसहित इन्द्रबहादुर बुढाथोकी, नारायणसिंह राजवंशी, जनार्दन उप्रेती, देवी बराल, पुण्यप्रसाद खरेल, तारा ररूचाल, गंगा ओली, ताराराज ओली र पुण्य नेपाल रहनुभएको थियो।
त्यस्तै बन्दसत्र सञ्चालनका लागि पोलिटब्युरो सदस्य अशेष घिमिरेको अध्यक्षतामा, कोशी प्रदेश अध्यक्ष सरिता खड्का, जिल्ला इञ्चार्ज पुष्पराज पोखरेल, जिल्ला सहइञ्चार्जहरू नीलमणी बराल, चन्द्रा श्रेष्ठ, सबिता भण्डारी रहेको अध्यक्ष मण्डल गठन गरिएको थियो। उक्त अध्यक्ष मण्डलले भट्टराईको नेतृत्वमा ६१ सदस्सीय जिल्ला कमिटी सर्वसम्मत चयन गरेको थियो।