काठमाडौँ। नर्सिङ पेसामा आवद्ध नर्सहरुको साझा संगठन नेपाल नर्सिङ संघ (नान) को आगामी मंसिर २८ गते निर्वाचन हुँदैछ। देश भर झन्डै १ लाख २० हजार नर्सहरू रहेको भए पनि हाल मतदाता १६ हजार मात्रै रहेका छन्।
नर्सहरुको निर्वाचन २० स्थानमा हुदैछ। जसअनुसार दमक झापा, विराटनगर, धरान, धनकुटामा, राजविराज, जनकपुर, बीरगंज, हेटौंडा, भरतपुर, पोखरा, पाल्पा, बुटवल, रोल्पा, दाङ, सुर्खेत, जुम्ला, नेपालगंज, धनगढी, काठमाडौँ र भक्तपुरमा निर्वाचन केन्द्र रहेको छ।
विसं २०१८ सालमा स्थापित नेपाल नर्सिङ संघले नर्सिङ सेवालाई मर्यादित बनाउन भूमिका निर्वाह गर्दै आएको छ। तर नर्सिङ क्षेत्रमा उत्पादित जनशक्तिको परिचालन गर्न, नर्सहरुले भोगिरहेका समस्या समाधान गर्न, नर्सहरुको विवरण लाई अध्याधिक गर्न, नर्सहरुको सेवा सुरक्षा, बृत्ति विकास सुनिश्चित गर्न, न्यूनतम तलब सुविधा र सामाजिक सुरक्षाका सुविधा प्रत्याभूति गर्न , सरकारी र नीजि क्षेत्रमा समान तलब सुविधा मापदण्ड लागू गराउन विगतको नेतृत्वले सकेको छैन।
यहीँ भएर यश पटकको निर्वाचनमा यिनै मुद्दालाई लिएर संयुक्त पेशागत नर्सिङ समूहबाट गंगा थापा अध्यक्ष ,बरिस्ठ उपाध्यक्ष कल्पना जोशी, उपाध्यक्ष मनिषा कोइराला, महासचिव मिना कुमारी कार्की, सचिव जया मिश्र, कोषाध्यक्ष रमा देवी पहाडी, सदस्य खुला सानुकुमारी मिश्र, सदस्य जनजाति रति पकवान, आदिवासी जनजाति रुपा देवी थापा, दलित निशा विक, मधेसी अन्जु ठाकुर, सदस्य मुस्लिम जाफे आलम, सदस्य अनमी सफलता बुढाथोकी र सीता कुमारी प्याकुरेल, नेपाल नर्सिङ परिषद सदस्यमा ज्ञानु महर्जन, मित्रा कुमारी देवकोटा र सरला केसी उम्मेदवार खडा भएका छन्।
एमाले भित्रबाट अध्यक्ष, वरिष्ठ उपाध्यक्ष महासचिव पदमा दुई समूह खडा भएका छन् भने माओवादी भित्र पनि असन्तुष्ट बढेको हुनाले पेसागत समूहका गंगा थापाको पक्षमा चुनावी लहर बढेर गएको पाइन्छ।