काठमाडौँ। भिटामिन सी शरीरका लागि सबैभन्दा महत्त्वपूर्ण पोषक तत्त्वमध्ये एक हो। यसलाई ‘एस्कोर्बिक एसिड’ पनि भनिन्छ। यो पानीमा घुलनशील भिटामिन हो, जुन कागती, सुन्तला, गोलभेंडा, अमला, भुईंकटहर र हरियो सागसब्जी लगायतमा पाइन्छ।
यसले रोगप्रतिरोधात्मक क्षमता बढाउँछ र शरीरलाई सङ्क्रमणबाट बचाउँछ। घाउ निको गराउने, दाँत र हड्डीको निर्माण र मर्मत गर्ने काम भिटामिन सीले गर्छ। साथै यसले छालालाई चम्किलो राख्छ र बुढ्यौलीको प्रक्रियालाई सुस्त बनाउँछ। यसले रक्तचाप नियन्त्रणमा पनि मद्दत गर्छ।
सबै फाइदाका कारण मानिसहरू भिटामिन सीयुक्त खानेकुरा तथा यसको सप्लिमेन्ट खान थाल्छन् । तर यस भिटामिनको फाइदाका कारण यसलाई अन्धाधुन्ध उपभोग गर्नु हुँदैन। किनभने भिटामिन सीको बढी मात्रा शरीरका लागि खतरनाक हुनसक्छ। यसको सीमित मात्रा धेरै लाभदायक हुन्छ, यदि यसको मात्रा बढी हुँदा धेरै बेफाइदा पनि हुनसक्छन्।
दैनिक कति भिटामिन सी आवश्यक हुन्छ ?
एक वयस्कका लागि भिटामिन सीको दैनिक खुराक ६५ देखि ९० मिलिग्राम हुन्छ । यसको अधिकतम सीमा दुई हजार मिलिग्राम हो । यही कारणले गर्दा जब खानाबाट भिटामिन सीको आपूर्ति पर्याप्त हुँदैन, मानिसहरूले सप्लिमेन्ट लिन थाल्छन् । तर भिटामिन सीको अत्यधिक सेवनले शरीरमा यसको अवशोषण दर घटाउँछ । यसकारण यो शरीरमा जम्मा हुन थाल्छ र त्यसपछि भिटामिन सीको ओभर डोजको लक्षण देखिन थाल्छ ।
मिर्गौला पत्थरी
भिटामिन सी शरीरबाट अक्सलेटको रूपमा निस्कन्छ। अधिक भिटामिन सीको कारण यी फोहोर उत्पादन जम्मा हुन थाल्छ, जसले युरिक एसिड बढाउँछ र मिर्गौलाको पत्थरीको रूप लिन थाल्छ ।
आइरन ओभरडोज
भिटामिन सीले आइरन अवशोषणको प्रक्रियालाई समर्थन गर्छ । तर जब शरीरमा भिटामिन सीको मात्रा बढी हुन्छ, यसले आइरनको ओभरलोड पनि बढाउँछ जुन धेरै लक्षणका रूपमा देखा पर्छ । यसले मुटु, कलेजो, प्याङ्क्रियाज, थाइराइड र केन्द्रीय स्नायु प्रणालीलाई ठूलो हानि पुर्याउन सक्छ ।
हड्डी दुख्ने र भाँच्चिने
भिटामिन सीको अत्यधिक मात्राले रगतमा प्रोटिनको लेबललाई ट्रिगर गर्न सक्छ । साथै ओस्टियोआर्थराइटिसबाट पीडित व्यक्तिमा फ्र्याक्चरको सम्भावना पनि बढाउँछ ।
पाचनमा समस्या
शरीरमा भिटामिन सीको मात्रा बढी हुँदा पाचन प्रणालीमा समस्या पनि निम्तिन सक्छ । जसकारण अपच, बान्ता, पेट दुख्ने, पेट दुख्ने जस्ता समस्या हुन थाल्छ । यस्तो समस्या भिटामिन सप्लिमेन्ट लिइरहेको व्यक्तिमा भिटामिन सी सप्लिमेन्ट बन्द गरेर यी समस्याबाट राहत पाउन सकिन्छ ।
छाती पोल्ने र टाउको दुख्ने
भिटामिन सीको अत्याधिक सेवनले शरीरमा अम्लीय रस बढ्छ, यसले छाती पोल्ने र टाउको दुख्ने जस्ता समस्या निम्त्याउँछ । यति मात्र होइन, यसले पेटको तह बिग्रिएर समस्या झन् बढ्छ । यस्तो अवस्थामा यसकै कारण लामो समयसम्म रिफ्लक्सको समस्या हुनसक्छ ।
साभार: अनलाइनखबर