काठमाडौँ। सरकारले असार १५ लाई राष्ट्रिय धान दिवसको रूपमा मनाउँदै आएको छ। खेतमा रोपाइँ गरी दही चिउरा खाने भएकाले असार १५ मा दही–चिउरा खाने दिनका रूपमा समेत लिने गरिन्छ।
विज्ञकाअनुसार रोपाइँ गरेर थाकेको अवस्थामा पोषिलो र शीतलता प्रदान गर्ने खाद्य परिकार दही चिउरा अचार खाजा खाने गरिन्छ । वर्षामा हिलाम्य भएको शरीरमा ऊर्जा दिने भएकाले दही–चिउरा खाने चलन रहेको पोषणविद् बत्ताउँछन्।
पोषणविद् प्रा.डा.मा कोइरालाकाअनुसार असारमा कामको चाप भएकाले दही–चिउरा चाँडो तयार पार्न सकिने मिठो र पोषिलो खाजा भएकाले पनि असारमा दही चिउरा खाजाका रूपमा खाने चलन चल्दै आएको हो।
पोषणविद् डा। इरालाले दही–चिउरा असार १५ मा मात्र नभई अन्य दिनपनि खाँदा स्वास्थ्यमा फाइदा पुग्नेगर्छ। दही–चिउरा खाना असार १५ मात्र कुर्नु पर्दैन । अरुबेला पनि दही–चिउरा खाँदा स्वास्थ्यका लागि लाभदायक हुन्छ। यो जुनसुकै उमेर समूहले जति बेला पनि खान सकिन्छ।
दही चिउराका साथै अचार अथवा तरकारीसँग दही–चिउरा खादा अझ पूरक र पोषिलो हुने डा। कोइराला बताउँछन्। दही–चिउरामा चिनी हालेर खानुभन्दा मौसमी फलफूलका साथमा मिसाएर खाँदा थप भिटामिन र खनिज पदार्थ पनि पाउन सकिने उनी बताउँछन्।
उनका अनुसार दहीमा क्याल्सियम, सोडिमय, पोटासियम र भिटामिन पाइन्छ। यसमा शरीरमा फाइदा गर्ने गुड ल्याक्टोब्यासिलस ब्याक्टेरिया हुने उनले बताए । यसैगरी, चिउरामा भने कार्बोहाइड्रेड राम्रो स्रोत हो। त्यसका अलावा आइरन र प्रोटिन पाइने छ। उनकाअनुसार दहीमा चिउरा मिसाएर खाँदा कार्बोहाइड्रेड, प्रोटिन, क्याल्सियम, पोटासियम र भिटामिन पर्याप्त मात्रामा प्राप्त गर्न सकिन्छ।
पोषणविद्का अनुसार दही बनाउने ल्याक्टोब्यासिलस ब्याक्टेरियाले पाचन प्रक्रियामा सहयोग पुग्छ, दहीमा क्याल्सियम र मिनरल बढी मात्रामा पाइन्छ, पेट गडबडी हुँदा अर्थात् पखाला लागेको समयमा दहीको सेवन गर्दा पखाला कम हुन्छ। त्यसका साथै दहीले मांसपेशी र हाड बलियो बनाउन मद्दत गर्नुका साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।
चिउरामा प्रशस्त कार्बोहाइड्रेड भएकाले काम गर्न शक्ति प्रदान गर्ने पोषणविद् बत्ताउँछन्। पोषणविद् कोइरालाका अनुसार फलामको ओखलमा कुटेको चिउरामा आइरनको मात्रा बढी पाइन्छ । चिउरा पकाउनु नपर्ने भएकाले हामीले जुनसुकै परिकारका साथ खान सकिन्छ।