काठमाडौँ। धेरैजसो महिलाले स्तनपान गराउनुअघि र पछि बच्चाको सरसफाइमा ध्यान दिंदै उसको मुख सफा गरिदिन्छन्।
तर, उनीहरुमा आफ्नो स्तन पनि बच्चालाई दूध खुवाउनुअघि र पछि सफा गर्नुपर्छ भन्नेमा भने ध्यान गएको पाइँदैन। स्नतपान गराउँदा महिलाले आफ्नो बच्चा र आफ्नो सरसफाइमा ध्यान दिनु आवश्यक छ।
स्तनपानका फाइदा
वास्तवमा गर्भावस्था र स्तनपानको क्रममा निप्पल एरिओला कम्प्लेक्समा परिवर्तन हुन्छ। जसले गर्दा यसको आकारप्रकारमा पनि वृद्धि हुन्छ। एरिओलाको वृद्धिले शरीरबाट फाइदाजनक पदार्थलाई निकाल्न मद्दत गर्छ। जसबाट बच्चा र आमालाई पनि फाइदा पुग्छ।
एन्टिब्याक्टेरियल तरल पदार्थ प्राकृतिक रूपमा स्तनबाट निस्कन्छ, जसले बच्चा वा आमालाई संक्रमणबाट जोगाउन मद्दत गर्छ। स्तनपानको समयमा महिलाहरूको स्तनमा लुब्रिकेसन हुन्छ, जसले स्तनको छालालाई नरम राख्छ र छालालाई फुट्नबाट रोक्छ।
बच्चालाई जन्म दिएपछि आमाको स्तनले फेरोमोन भनिने रासायनिक तत्वहरू निस्कन्छ, जसले बच्चालाई निप्पल पत्ता लगाउन र दूध खुवाउन मद्दत गर्छ। आमाको स्तनमा राम्रो ब्याक्टेरिया उत्पादन हुन्छ, जसले बच्चाको लागि स्वस्थ माइक्रोबायोम बढाउन मद्दत गर्छ।
स्तनपानले बच्चालाई उचित पोषण र शारीरिक विकासमा मद्दत गर्छ। यो समयमा स्तनपानले अक्सिटोसिन नामक हर्मोन निकाल्छ। जसले आमाको दिमाग शान्त राख्ने र आफ्नो बच्चासँग जोडिएको महसुस गराउँछ।
स्तनपानको क्रममा स्तनलाई सफा कसरी राख्ने?
स्तनपान गर्नुअघि वा पछि बच्चाको सरसफाइको ख्याल राख्दै महिलाले आफ्नो स्तनलाई साबुनपानी र सेनिटाइजरले सफा गर्छन्, जुन स्तन र बच्चाको लागि हानिकारक हुनसक्छ। यसले लाभकारी प्राकृतिक तेल र स्राव हटाउन सक्छ, जसले स्तन सुक्खापन, जलन र संक्रमणको जोखिम बढाउन सक्छ।
बरु, आफ्नो हात धोएर थोरै पानीले स्तनमा लगाएर सफा कपडाले सुक्खा बनाउन सकिन्छ। स्तनको सरसफाइ कायम राख्न नियमित रूपमा नुहाउनुपर्छ। नुहाउँदा सफा पानीले स्तनमा भिजाउन सकिन्छ। र, यो समयमा निप्पललाई रगड्न हुँदैन। स्तनमा हावा प्रवाह हुन दिन आरामदायक ब्रा र लुगा लगाउनुपर्छ। -एजेन्सीको सहयोगमा