वि.सं २०४६सालकाे जनआन्दोलनको सफलताबाट बहुदलीय ब्यबस्था पुनःस्थापना भएपछि राष्ट्रियस्तरमा पेशागत संगठनहरु खुल्ने क्रम जारी भयाे। संग संगै पेशाकर्मीका सवाललाई लिएर २०४७/४८ तिर निजामती, संस्थान,बैंक, र शिक्षक क्षेत्रमा संघर्ष आन्दोलन भए ।तत्कालीन नेपाली कांग्रेसकाे सरकारले आन्दोलनलाई दमन गर्याे।पेशागत संगठनहरुलाई एक किसिमले अघाेषीत प्रतिबन्ध झै लगायाे। सबै क्षेत्रमा दमन र आन्दोलन भए पछि साझा सवालमा पेशागत क्षेत्रमा खुलेका संगठन बीच समन्वय गर्न ,एउटा क्षेत्रका पेशाकर्मीलाई परेको पीर मर्कामा , उनीहरूले संचालन गरेका आन्दोलनमा सहयोग र ऐक्यबद्धता प्रकट गर्न र पेशागत क्षेत्रमा पेशाकर्मीकाे बिराटशक्ती निर्माण गर्ने उद्वेश्यका साथ एउटा समन्वयकारी संयन्त्रकाे आबश्यकताकाे महशुस भई रहेको थियाे।
यसबिचमा ट्रेड युनियन ऐन २०४९ पनि जारी भयाे। ऐनले १० वटा राष्ट्रिय स्तरका ट्रेड युनियन संघ मिलेर ट्रेड युनियन महासंघ स्थापना गर्न सकिने ब्यबस्था पनि गर्याे। यहीँ पृष्ठभूमिमा एउटा संमन्वयकारी संस्था स्थापनाका लागि पेसागत संगठनका अगुवा नेताहरु बिच पटकपटक स-साना बैठक हरु भए। र एउटा राष्ट्रिय स्तरकाे भेला आयोजना गर्ने निर्णय भए अनुसार २०५१चैत ४ मा १० वटा पेशागत संगठनका ५५ जनाकाे भेला भयो । भेलाबाट श्री सुशील चन्द्र अमात्यकाे संयाेजकत्वमा आयाेजक कमिटी गठन भयाे। २०५२ जेष्ठ ६ गते नेपाल नर्सिङ संघकाे भवन ,लाजिम्पाट काठमाडौंमा राष्ट्रियस्तरका पेशागत संगठनहरुकाे भेलाबाट श्री सिताराम नेपालकाे संयाेजकत्वमा पेशागत ऐक्यबद्धता मंच (Forum for Professional Solidarity ) गठन भयाे। पछि २०५२ जेष्ठ ६ गते प्रथम राष्ट्रिय महाधिवेशन भयाे। महाधिवेशनले मंचकाे सट्टामा महासंघ नामबाट जाने फैसला गरि पेशागत महासंघ नेपाल ( Confederation of Nepalese Professional -CONEP) नामाकरण भयाे। बहुदल आए पछि पेसागत क्षेत्रमा ठुलो दमन भएको , ट्रेड युनियन अधिकार प्राप्त नभएको स्थिति र देशब्यापी संगठन संरचना पनि नभएको कारण महासंघले केन्द्रीय रुपमा मात्रै भूमिका निर्बाह गर्याे।
महासंघको पहिलाे महाधिवेशन २०५३ जेष्ठ ४र ५ पछि २०५८ भाद्र २२ र २३ मा दाेश्राे अधिबेशन सम्पन्न भयाे। महाधिवेशनले सांगठनिक र बैचारिक दिशामा डिपार्च गर्याे। खासगरी पेशागत क्षेत्र बुद्धिजीवी कलमजीवी - निजामती कर्मचारी देखि बिश्व बिधालयका शिक्षक प्राध्यापक कलमजीवीहरुकाे लागि ट्रेड युनियन अधिकारकाे सुनिश्चितताकाे मूल नारालाई अगाडि सार्याे।
यसबिचमा उच्चस्तरिय तलब सुबिधा आयाेगमा प्रतिनिधित्व गरेर हरेक २ बर्षमा तलबबृद्वि र हरेक बर्ष महंगीकाे अनुपातमा भत्ता बृद्धिकाे कानुनी ब्यबस्था गर्नका लागि महासंघले गरेकाे प्रयत्न पेशागत क्षेत्रका महत्त्वपूर्ण उपलब्धि हुन।
२०५९ सालपछि मुलुकमा प्रतिगमनका काला बादल मडारीए। २०६२ मा फाल्गुन १३ गते शाही शासन कालमा अर्धभुमिगत तवरले महासंघकाे तेस्रो महाधिवेशन सम्पन्न भयाे। महाधिवेशनले लाेकतन्त्र, शान्ति, मानवअधिकार हाम्रो प्रतिबद्धता ,पेशागत क्षेत्रमा ट्रेड युनियन अधिकार हाम्रो आवश्यकताकाे मुल कार्यदिशा तय गर्दै महासंघको भवन बनाउने , ट्रेड युनियन ऐन अनुसार महासंघ लाई दर्ता गर्न पहल गर्ने, जिल्लामा जिल्ला समन्वय समिति बनाउने, महासंघको झण्डा ,लाेगाेकाे ब्यबस्था आदिका बारे फैसला गरेको थियो।
तेस्रो महाधिवेशन लगत्तै निरङकुशता बिराेधी आन्दोलनमा महासंघले आन्दोलनकारी ७ राजनीतिक दलसँग सम्बाद र अन्तरक्रिया गर्याे। लाेकतन्त्र बहाली भए पछि ट्रेड युनियन अधिकारकाे सुनिश्चित गरिने दलहरूबाट प्रतिबद्धता लिने काम गर्याे।यश पछि निरङकुशता विराेधी आन्दोलनमा देशभरका पेशाकर्मीलाई सहभागी हुन आबहृान गर्दै परिचालन गर्याे। जनआन्दोलनको सफलता बाट गणतन्त्रकाे घाेषणा संगै २०६३ बैशाख १६ गते बसेकाे महासंघको बैठकले निजामती लगायत सबै क्षेत्रका उपसचिव सम्मका कर्मचारीले ट्रेड युनियन अधिकार पाउनु पर्ने , मे दिवसमा बिदा दिनु पर्ने र श्रमकानुमा सुधार हुनु पर्ने निर्णय गर्याे। मे दिवसकाे बिदा महासंघकै पत्रका आधारमा तत्कालीन श्रम मन्त्री श्री रमेश लेखकले मन्त्रीपरिषदमा प्रस्ताव अगाडि बढाएर मे दिवसमा सरकारी क्षेत्रमा बिदा दिने सरकारले निर्णय गर्याे।यता संसदमा महासंघकै प्रस्तावका आधारमा तत्कालीन सांसदहरु प्रदीप कुमार ज्ञवाली प्रस्तावक ,र रामबहादुर बिष्ट र माेहन बहादुर बिष्ट समर्थक रहेकाे जरुरी सार्वजनिक महत्त्वकाे प्रस्ताव २०६३ बैशाख २८ गते पारित भयाे। याे प्रस्तावमा निजामती लगायत सबै क्षेत्रका कार्यालय प्रमुख बाहेक उपसचिव सम्मका कर्मचारीले आईएलओ अभिसन्धि अनुरुप ट्रेड युनियन अधिकार पाउने निर्णय भयो । याे पेशागत क्षेत्रकाे mile stone सरहको उपलब्धीहाे।
तेस्रो महाधिवेशन लगत्तै देखि गणतन्त्रको स्थापना संगै घटकहरुलाई ट्रेड युनियन ऐन अनुसार दर्ता गर्ने , नयाँ राष्ट्रिय स्तरका ट्रेड युनियन बनाउने र महासंघमा आबद्द गर्ने र तदनुरुप महासंघलाई ट्रेड युनियन महासंघकाे रुपमा दर्ता , सन २००८मा बिश्व ट्रेड युनियन महासंघको( WFTU)काे सदस्यता प्राप्त , र WFTU काे प्रेसिडेन्सियल काउन्सिलमासन २०११ देखिन (केन्द्रीय कमिटी) प्रतिनिधित्व , जिल्ला जिल्लामा जिल्ला समितिहरु निर्माण , ३५/ ४० जिल्लामा सघन ढंगले ट्रेड युनियन शिक्षा अभियान अन्तर्गत प्रशिक्षण संचालन , ट्रेड युनियन हरुकाे साझा संयन्त्र संयुक्त ट्रेड युनियन समन्वय केन्द्र ((JTUCC) स्थापनामा सक्रियता र प्रतिनिधित्व भयाे। संग संगै सन २०१२ मे तारिख निजामती कर्मचारीहरु श्री सुरथ पाेख्रेल, श्री हरि गुरागाई, श्री हरि ढकाल र श्री ज्ञानेन्द्र श्रेष्ठ सहितको टाेलीले सगरमाथाकाे चुचुरोमा CONEP र WFTU काे झण्डा फहराएकाे दिन पनि ऐतिहासिक महत्त्वकाे रहेको छ।
त्यस पछि २०६५ मा चाैथाे महाधिवेशन बाट पेसागत भवन बनाउने फैसला, बिश्व ट्रेड युनियन महासंघको महाधिवेशनमा सहभागीता र प्रेसिडेन्सियल काउन्सिलमा प्रतिनिधित्व , महासंघको आयोजनामा नेपालमा नै बिश्व ट्रेड युनियन महासंघकाे एशिया प्रशान्त क्षेत्रकाे २ वटा अन्तर्राष्ट्रिय सम्मेलनकाे आयाेजना,अन्तर्राष्ट्रिय श्रम संगठन(ILO) काे सम्मेलनमा प्रतिनिधि तथा पर्यबेक्षककाे रुपमा सहभागीताकाे शुरुआत ,पेशागत भवन निर्माण अभियानका लागि तीव्र रुपमा रकम संकलनकाे थालनी गरेर २०७२ सम्म आई पुग्दा पेशाकर्मीहरुकाे गाँस कटाएर संकलन भएको रकमबाट भवन खरिद गर्ने काम भयो । पेसागत महासंघ अहिले लैनचौर स्थित आफ्नै भवनमा कार्यालय संचालन भई रहेकाे छ।
महासंघले सार्वजनिक क्षेत्रका श्रमिकहरुकाे अन्तर्राष्ट्रिय ट्रेड युनियन केन्द्रकाे पब्लिक सर्भिस एण्ड एलाईड काे बिश्व सम्मेलन र पेन्सनर एण्ड रिटायर्डहरुकाे एशिया प्रशान्त क्षेत्रीय सम्मेलन आयाेजनाका लागि समन्वय , बिनाशकारी भुकम्पमा पिडितजनहरुकाे राहत र उद्दारमा महासंघको नेतृत्वमा १ महिना सम्म पेशाकर्मीहरुकाे राहत र उद्दारकारी कार्यमा परिचालन , बाढीपीडित ,शितलहरबाट पिडित जन र बिधार्थीहरुलाई उद्दार सहयोग , राउटे जनहरुलाई सहयोग , संबिधान निर्माणमा महासंघको खबरदारी , संघीयताका नाममा उठेका जातीय र क्षेत्रीयताबादी साेंच चिन्तनका बिरुद्ध सचेतनता अभियान , प्रतिगमनकारी लाेकमान कार्कीकाे अख्तियारकाे प्रमुखमा भएको नियुक्तिका बिरुद्ध बिराेध अभियान संचालन, बिश्व ट्रेड युनियन महासंघको कानुन कमिटी र महिला कमिटीमा समेत महासंघको तर्फबाट प्रतिनिधित्व, महासंघका राष्ट्रिय घटकहरुकाे तर्फबाट WFTU- TUIs हरुमा प्रतिनिधित्व हुँदै आएकाे छ।यी यश विचका महत्त्वपूर्ण उपलब्धि हरु हुन। यसले महासंघ र आबद्ध संगठनहरुकाे अन्तर्राष्ट्रिय स्तरमा सम्बन्ध र प्रतिनिधित्व बढेर गएको छ। यस्तै महासंघकै पहलमा नेपालबाट WFTU मा आबद्ध भएका ८ वटा ट्रेड युनियन महासंघहरु संयन्त्र WFTU co ordination committee काे गठन, महासंघका नयाँ घटक संगठन हरुमा- विश्वविद्यालयका प्राध्यापक देखिन प्राथमिक विधालयमा काम गर्ने शिक्षक प्राध्यापक हरुकाे संगठन USTAN काे गठन, सहकारी क्षेत्रका कर्मचारीहरुलाई संगठीत गर्न संगठन निर्माण ,कृषि ,ईन्जिनियरिङ , लेखा व्यवसायी संगठन संगैशुरुमा १० वटा राष्ट्रिय घटकबाट स्थापना भएको महासंघमा हाल २७ वटा साझा तथा बैचारिक राष्ट्रिय घटक हरु आबद्ध रहेका छन। यश बिचमा महासंघबाट संविधान सभा ,राष्ट्रिय सभा र प्रदेश सभामा १/१ जनकाे प्रतिनिधित्व पनि भएको छ।
महासंघकाे स्थापनाकालकाे पेसागत ऐक्यबद्धता मंचकाे संयाेजकमा श्री सिताराम नेपाल , पहिलो महाधिवेशन देखि दाेश्राे महाधिवेशन सम्म प्रा. श्री हर्षनारायण धाैभडेल, तेस्रो अधिवेशनबाट श्री सुशीलचन्द्र अमात्य ,चाैथाे अधिवेशनबाट श्री प्रमाेद शर्मा र पाँचौ देखि छैठौं महाधिवेशनबाट श्री बिश्वनाथ प्याकुरेल र सातौ राष्ट्रिय महाधिवेशनबाट श्री प्रेमलकुमार खनालकाे नेतृत्वमा महासंघका गतिविधि संचालन हुदै आएका छन। स्थापना देखि यहाँ सम्म आई पुग्दा महासंघले राष्ट्रिय एबं अन्तर्राष्ट्रिय स्तरमा महत्त्वपूर्ण उपलब्धि हासिल गरेको छ।
यसरी पेसागत महासंघ अविच्छिन्न उत्तराधिकार संस्थाकाे रुपमा बैधानिक तवरबाट संचालन हुदै आएको छ। यश विचमा २०७७ माघ २४ गते पेसागत महासंघको कमिटीमा नरहेका केही व्यक्तिहरुले पेशागत महासंघकै नाममा अमूक पार्टीको जनसंगठन हाे भन्दै अर्को नक्कली समानान्तर महासंघ बनाएका छन। र पेसागत महासंघको नाम,झन्डा ,लाेगाे, लेटरप्याड दुरुपयोग गरिरहेका छन। याे गैहृ कानुनी काम हाे। ट्रेड युनियन आन्दोलन भित्र याे अराजक गतिविधि हाे। तर सरकार यस्ता गैहृ कानुनी काम नियन्त्रण गर्न उदाशीन रहेको छ। समानांतर र अनधिकृत गतिविधि गर्ने समूहले मिति २०८० बैशाख २६ गते लैनचौर स्थित महासंघको प्राङ्गणमा आएर जुलुस नाराबाजी गरेर महासंघको भवनमा आक्रमण गर्ने प्रयास गरेका छन। बुद्धिजीवी पेसाकर्मीका बिचमा काम गर्ने तथा राष्ट्रिय अन्तर्राष्ट्रिय नेतृत्व लिइ रहेका व्यक्तिहरुकाे नेतृत्वमा अमूक राजनीतिक पार्टी र उनको नेतृत्वको उक्साहटमा यश किसिमकाे अराजक गतिविधि हुनु निश्चय पनि दुःखद र निन्दनीय घटना हाे । यी घटनाले पेशाकर्मी बिच विभाजन ल्याउने प्रयत्न हुदैछ । जुन पेशाकर्मीकाे हितमा छैन।यस्ता गतिविधिले ट्रेड युनियन आन्दोलन भित्र थप अराजकता उत्पन्न गरेको छ। अतः ट्रेड युनियन आन्दोलनमा हुर्केको ३ "अ" अवसरवाद, अर्थवाद र अराजकतादका विरुद्ध दृढता पुर्वक वैचारिक संघर्ष गर्न आवश्यक छ। र एकता नै बल हाे, एकता भए सफलतापूर्बक टिकिन्छ, फुटेमा असफल हाेइन्छ(Unity is strength, United we stand, Divided We Fall) काे मुल मन्त्रलाई आत्मसात् गरेर अगाडि बढन जरुरी छ।
यतिबेला पेसागत महासंघ नेपाल सातौ राष्ट्रिय महाधिवेशनकाे मूल कार्य दिशा " समाजवाद: सामाजिक न्याय , स्वाधीन अर्थतन्त्र र समृद्ध जीवन ! गुणस्तरीय सेवा ,शुसासन र एकिकृत तथा सुदृढ ट्रेड युनियन " काे प्रकाशमा हामीले हाम्रा गतिविधि अगाडि बढाई रहेका छौ।
मुलुकमा २०७७ पौष ५ गते असंवैधानिक तवरबाट संसद विघटन गरेर प्रतिगमनकारी कदम चाले पछि राजनीतिक संकट श्रृजना भएको छ। यसैकाे परिणामस्वरूप संसदमा कुनै पनि राजनीतिक पार्टीको बहुमत नपुग्ने हङ पार्लियामेन्टकाे स्थिति भएको छ। यसले राजनीतिक अस्थिरता उत्पन्न गरेको छ। राजनीतिक संकटले आर्थिक-सामाजिक संकट श्रृजना गरेको छ। श्रृङखलाबद्वरुपमा अनियमितता र भ्रष्टाचार मौलाएको छ। अनियमितता र भ्रष्टाचारकै श्रृखलामा नेपालीलाई नक्कली भूटानी शरणार्थी बनाएर ठगी र राष्ट्रद्राेह गर्ने घटना देखिन सुन तस्करी , गिरीबन्धु चिया वगान जग्गा प्रकरण , सहकारी ठगी प्रकरण जस्ता घटनामा राज्य संयन्त्र नै लागेको घटना उजागर भएको छ। र अझै पनि दाेषी व्यक्तिहरु कारबाहीको दायरामा आउन सकेका छैनन्।
यसरी राजनीतिक आर्थिक-सामाजिक संकट श्रृजना गर्ने र राष्ट्रद्राेह गर्ने गतिविधिकाे विरोध र भण्डाफाेर गर्दै संविधानमा उल्लेखीत मौलिकहक हरुकाे पुर्ण कार्यान्वयन गर्न सरकारकाे ध्यानाकर्षण गराउदै पेशाकर्मीहरुकाे सेवा सुरक्षा, बृत्ति विकास , समृद्ध जीवन र सुनिश्चित भविष्यकाे प्रत्याभूतिका लागि आम पेशाकर्मीहरु र श्रमजीवी वर्गमा समाजवादी चेतना फैलाउदै समाजवादी क्रान्तिमा याेगदान पुर्याउन भुमिका निर्वाह गर्नुपर्ने युगिन अभिभारा रहेको छ।
यसका साथै मुलुककाे राष्ट्रियताकाे संरक्षण र सम्बर्द्धन गर्न अनेकन चुनौती छन्। सीमा अतिक्रमण, इण्डाेप्यासिफिक रणनीति अन्तर्गत नेपालमा भई रहेको अन्तर्राष्ट्रिय चलखेलमा खबरदारी, विगतका कैयौं असमान सन्धि संझौताकाे खारेजी, विदेशीहरुले जथाभावी नागरिकता पाउने गरि नागरिकता वितरणमा भएको व्यवस्थाकाे नियन्त्रण, बढदाे बैदेशीक ऋण आदिले राष्ट्रियतामा गंभीर चुनौती खडा गरेको छ।
राष्ट्रियताकाे संरक्षण र सम्बर्द्धनमा पनि हामीले आआफ्नो ठाउँबाट भूमिका निर्वाह गर्न आवश्यक छ। यस्तै मुलुकमा शुसासन कायम गर्न, दलालपुंजीवादका विरुद्ध बैचारिक संघर्ष गर्दै राष्ट्रियपुंजी निर्माण गरेर व्यापक लगानी, उत्पादन र राेजगारी बृद्धी गर्न तथा गुणस्तरीय सेवा प्रदान गर्न पनि संगठीत तवरले भुमिका निर्वाह गर्न पर्ने उत्तिकै खांचाे रहेको छ। यस्तै श्रमिक कर्मचारीलाई सामाजिक सुरक्षाकाे दायरामा ल्याउने, राष्ट्रिय श्रम आयाेग गठन गर्ने, श्रमिक विरोधी श्रम कानुनका दफा खारेज गर्ने, अस्थायी, करार, ज्यालादारी र आउट साेर्सिङबाट काम गराउने परिपाटीको अन्त्य गरि दरबन्दी निर्धारण गरेर नियुक्ति गर्ने, उच्चस्तरीय तलब सुविधा आयाेगकाे शिफारिस अनुरुप जीवन धान्न पुग्ने ज्याला पारिश्रमिक ,सेवा निबृत राष्ट्र सेवकहरुकाे सेवा सुविधामा बृद्वि, ओैपचारिक तथा अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकको सामाजिक सुरक्षाको ग्यारेन्टी, न्यून आय भएका जनतालाई राहत प्रदान गर्न रासन कार्डकाे व्यवस्था र ७५३ वटै पालिकामा सुपथ मूल्यका पसल खडा गरि रासन कार्डका आधारमा विक्रि वितरण र जनउपयाेगी सार्बजनिक संस्थानहरु- कृषि, खाध्यान्न, दुग्ध जन्य, ओैषधीजन्य, साझा यातायात जस्ता संस्थानहरुकाे पुनसंरचना गरि ७५३ वटै पालिकामा सेवा विस्तार, संघीयताको व्यवस्थापन गर्न निजामती, शिक्षा र स्वास्थ्य सेवा ऐन जारी लगायतका मागहरु पुरा गराउन शसक्त ढंगबाट भूमिका निर्वाह गर्न जरुरी छ।
महासंघ र आबद्ध घटकहरुकाे सवलीकरण र सुदृढीकरण बाट मात्रै हामीले हाम्रो कांधमा आएको जिम्मेवारी पूरा गर्न सक्तछौ। अतः यतिबेला सबै क्षेत्र र तहमा संगठनलाई सुदृढ ,सबल र एकता बद्व बनाउन आवश्यक छ। यसका लागि सबै तहमा नियमित बैंकक भेला, प्रशिक्षण आयोजना ,सदस्यता विस्तार ,जिल्ला र पालिका तहमा संगठन निर्माण जस्ता कामहरु गरेर संगठनलाई चलायमान बनाउन आवश्यक छ।
महासंघको आज २९ ओै स्थापना दिवसका अवसरमा सम्पूर्ण पेशाकर्मी मित्रहरूमा आपसी एकता , मित्रता र सद्भावका लागि हार्दिक शुभकामना भन्न चाहन्छु।
लेखक पेसागत महासंघ नेपाल अध्यक्ष हुनुहुन्छ।