काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) सुनसरीको वैठक सम्पन्न भएको छ।
शुक्रबार पार्टी पोलिटब्युरो सदस्य धर्मराज निरौलाको अध्यक्षतामा उक्त वैठक सम्पन्न भएको हो। पार्टी केन्द्रीय सदस्य चिरञ्जीवी भट्टराईका अनुसार वैठकमा आगामी राष्ट्रिय महाधिवेश केन्द्रीत २ महिने सङ्गठन विस्तार तथा सुदृढिकरण अभियानबारे छलफल भएको छ।
बैठकको सञ्चालन जिल्ला अध्यक्ष गोविन्द निरौलाले गर्नु भएको थियो। बैठकमा पोलिटब्युरो सदस्य महफुज अन्सारी र केन्द्रीय कमिटी सदस्यहरू केशप्रसाद तिम्सिना, चिरनजिवी भट्टराई, सुस्मा राईको उपस्थिति थियो।
बैठकमा पोलिटब्युरो सदस्य धर्मराज निरौलाले दशौं महाधिवेशनबाट नेपाली मोडेलको समाजवादी कार्यक्रम पास गरेर अघि बढ्नुपर्छ जुन नेपाली कम्युनिस्ट आन्दोलनको एक ऐतिहासिक पहल कदमी हुने बताउनुभयो।
यो २ महिने अभियान सम्पन्न हुदाँ सुनसरी जिल्लामा पार्टीका १२ पालीका, ४ संघिय र ८ प्रदेशसभा गरि १२ निर्वाचन क्षेत्रीय कमिटि र १२४ वटै वडा कमिटी साथै सबै जनसंगठन, पेशागत र सामुदायिक संगठनका पालीका कमिटी र कम्तिमा पार्टी संगठित सदस्य २,५०० निर्माण हुनेगरी लाग्न पार्टी पंक्तिलाई निर्देशन दिनुभयो।
बैठकले यहि माघ २८ गते क्षेत्र नं १, २९ गते क्षेत्र नं ४, फागुन १ गते ३ नं क्षेत्र र फागुन २ गते २नम्बर क्षेत्रिय भेला सम्पन्न गर्ने निर्णय गर्यो। उक्त क्षेत्रिय भेलाले एक जिल्ला कमिटी सदस्य एक वडा हेर्नेगरि जिम्मेवारी तोक्ने कुरा पार्टी केन्द्रीय कमिटी सदस्य चिरनजीवी भट्टराईले बताउनुभयो।