काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) बागमती प्रदेश कमिटीले भूकम्पपीडितका लागि न्यानो कपडा वितरण गरेको छ।
यहि पुस १४ गते बागमती प्रदेश कमिटी अध्यक्ष सावित्रा भुसालको समन्वय तथा भुम्लु गाउँपालिका काभ्रेकी पूर्वउपाध्यक्ष तथा पार्टीकी युवा नेता कल्पना श्रेष्ठको सक्रियतामा जाजरकोटको नलगाड नगरपालिका वडा नम्बर ३ का सयजना नवजात शिशु, सुत्केरी तथा गर्भवतीलाई न्यानो कपडा वितरण गरिएको हो।
नेता श्रेष्ठकाअनुसार पार्टीकी केन्द्रीय सदस्य पार्वती विसुन्केलगायतका नेताहरू जाजकारकोट पुगेर उक्त राहत सामग्री वितरण गर्नु भएको हो। जाजरकोट जिल्ला कमिटी अध्यक्ष कमानसिंह खड्काको सहजिकरणमा उक्त राहत सामग्री वितरण गरिएको नेता श्रेष्ठको भनाई छ।
नेता विसुन्के र श्रेष्ठले जाजरकोटको सुर्यदय मावि कैन, श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय चवालेचौर, श्री करुणादय प्रा.वि करुवा, लालिगुराँस प्रा.वि स्याना बन, नमूना प्रा.वि पारीकरुवा, श्री बाली प्रा.वि सुर्खाली, कैलाश कन्या मा.वि कटकेका चारसय ५० जना वालबालिकालाई न्यानो कपडा वितरण गर्नु भएको हो।
साथै ३० जना जेष्ठ नागरिक, १५ जना एकल महिलाको लागि पनि न्यानो पकडा प्रदान गरिएको थियो। त्यस्तै रुकुमपश्चिमका ६ जना महिला मजदुरलाई न्यानो कपडा प्रदान गरिएको श्रेष्ठको भनाई छ।