काठमाडौँ। सत्ता रूढ दलहरूले राष्ट्रियसभा सदस्यका लागि आ-आफ्नो पार्टीबाट उम्मेदारको टुङ्गो लगाएको छन्।
नेकपा (एकीकृत समाजवादी)का तर्फ दोलखाका घनश्याम रिजाल र दैलेखकी सावित्री मल्ललाई उम्मेदार बनाउने निर्णय गरेको छ। सोमबार बिहान एकीकृत समाजवादी र नेपाली कांग्रेसले उम्मेदारको नाम टुङ्गाएका हुन्। आइतबार माओवादी केन्द्र र जसपाले उम्मेद्वारको नाम टुङ्ग्याइसकेको थियो।
कांग्रेसबाट उम्मेदार
कोशीप प्रदेशबाट कृष्णप्रसाद सिटौला, मधेश प्रदेशबा आनन्द प्रसाद ढुंगाना, वाग्मतीमा विष्णु देवी पुडासैनी र जितजंग बस्नेत, गण्डकीमा किरण बाबु श्रेष्ठ र पदम बहादुर परियार, लुम्बिनीमा विष्णु देवी सापकोटा, कर्णालीबाट रूकुमपश्चिमका कृष्ण बहादुर रोकाया र सुदूरपश्चिबाट नारायणदत्त भट्ट र बलदेव बोहरालाई उम्मेदार चयन गरेको छ।
माओवादीबाट उम्मेदार
माओवादी केन्द्रले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवार टुङ्ग्याएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार गठबन्धन दलहरूबचि सहमति भएपश्चात् माओवादीले आफ्नो कोटामा परेका ६ सिटका लागि उम्मेदवार टुङ्गो लगाएको हो।
माओवादी केन्द्रले राष्ट्रियसभा निर्वाचनमा उम्मेदवारीका लागि कोशीबाट महिलातर्फ चम्मादेवी कार्की, बागमतीबाट अपाङ्गतातर्फ श्रीकृष्ण अधिकारी, गण्डकीबाट महिलातर्फ मनरूपा शर्मा, लुम्बिनीबाट अन्यतर्फ झक्कु सुवेदी, कर्णालीबाट दलिततर्फ विष्णु विश्वकर्मा र सुदूरपश्चिमबाट महिलातर्फ रेणु चन्दको नाम अनुमोदन गरेको हो। मधेस प्रदेशमा माओवादीले सिट पाएको छैन।
जसपाबाट उम्मेदार
जनता समाजवादी पार्टी (जसपा)ले पूजा चौधरीलाई राष्ट्रियसभा सदस्यको उम्मेदवार बनाएको छ। राष्ट्रियसभाको १९ सिटमा सत्ता गठबन्धनमा भएको भागबण्डामा जसपाले मधेशको एक सिट पाएको थियो। आइतबार बसेको जसपा कार्यकारिणी समितिको बैठकले रौतहटकी पूजा चौधरीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो।
२०७९ मा भएको प्रदेशसभा निर्वाचनमा रौतहट ३ (क) मा पराजित चौधरी जसपा कार्यकारिणी समिति सदस्य गोविन्द चौधरीकी छोरीसमेत हुनुहुन्छ।
महन्त ठाकुरको नेतृत्वमा रहेको लोसपा, डा.सिके रावतको नेतृत्वमा रहेको जनमत पार्टी र रञ्जिता श्रेष्ठको नेतृत्वमा रहेको नागरिका उन्मुक्ति पार्टीले राष्ट्रियसभाका लागि एक/एक सिटको दाबी गरेपनि भागबण्डामा परेन। त्यस्तै एक सिट राष्ट्रपतिले मनोनित गर्नुहुनेछ।