काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) को सातौं केन्द्रीय कमिटी वैठक सम्पन्न भएको छ।
बुधबारदेखि ललितपुरको बालकुमारी स्थित कान्तिपुर गार्डेनमा सुरू भएको तीन दिने केन्द्रीय कमिटी वैठकले २० बुँदे प्रस्ताव पारित गर्दै वैठक सम्पन्न भएको पार्टीका उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिनुभयो।
शुक्रबार वैठक सम्पन्नपश्चात सञ्चारकर्मीसँग बोल्दै उपमहासचिव खतिवडाले प्रधामन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशबासीका नाममा गरेको सम्बोधनप्रति समिक्षा गरेको र एक वर्षभित्र सरकारले केही राम्रा काम गर्ने प्रयास गरेकोमा वैठले धन्यवाद ज्ञापन गरेको बताउनु भयो।
उपमहासचिव खतिवडाकाअनुसार त्यस्तै सहकारीको पैसा अपचलन गरी जनताको ठूलो धनराशीमा आर्थिक तथा वित्तिय अपराधप्रति वैठकले खेद प्रकट गरेको छ। पोखरा, चितवन तथा देशका विभिन्न भागमा सञ्चालित सहकारीहरुले वचतकर्ताहरुको अर्बौं रकम दुरुपयोग गरेकोप्रति वैठकले भत्सर्ना गरेको छ। वैठकले २० बुँदे प्रस्त्ताव पारित गरेको छ।
नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटीको सातौं बैठक
२०८०।०९।११–१३,
बालकुमारी, ललितपुर।
पारित प्रस्तावहरू
१. नेकपा (एकीकृत समाजवादी) को यो बैठक सम्माननीय प्रधानमन्त्रीले देशबासीका नाममा गरेको सम्बोधनप्रति गम्भीर समीक्षा गर्दै एक वर्षभित्र सरकारले केही राम्रा प्रयासहरु गरेको देखिएको भएता पनि जनताको दैनिक जीवनका समस्याहरुलाई स्पर्श गर्ने, सुशासनको प्रत्याभूति दिने दिशामा अझ धेरै कामहरु हुन बाँकी रहेको देखिएकाले हाम्रो पार्टी परिणाममुखी कार्य गर्नका लागि भूमिका निर्वाह गर्न अग्रसर हुन सरकारलाई आह्वान गर्दछ र प्रधानमन्त्रीले अब उप्रान्त नयाँ गतिका साथ लोकतन्त्रको सुदृढीकरण गर्दै जनमुखी दिशामा सरकार संचालन गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएकोमा स्वागत गर्दछ।
२. नेपाल दूरसञ्चार प्राधिकरणको स्वीकृति बिना एनसेलको सेयर न्युन मूल्यांकन गरी बिक्री गर्ने र अरबौं रकम कर छली गर्ने संगठित प्रयत्न गरेको घटनाप्रति यो बैठककोगम्भीर रुपमा ध्यानाकर्षण भएको छ। यस बारेका सत्य तथ्य को खोजी गरी आर्थिक अपराध गर्न दुरुत्साहन गर्ने गराउने जोसकैलाई पनि पत्ता लगाई कानूनी कार्बाही गर्न र एलसेलको स्वामित्व नेपाल सरकारमा ल्याउन आवस्यक प्रक्रिया अगाडि बढाउन नेपाल सरकारको ध्यनाकर्षण गर्दछ।
३. नेपालको तीन खम्बे अर्थनीतिको एक महत्वपूर्ण खम्बाको रुपमा रहेको सहकारी क्षेत्र आज दिनानुदिन संकटग्रस्त बन्दै गएकोमा हाम्रोपार्टी गम्भीर चिन्ता ब्यक्त गर्दछ। कतिपय सहकारी संस्थाले अधिकारको दुरुपयोग र बचतको अपचलन गरी जनताको ठूलो धनरासीमा आर्थिक तथा वित्तिय अपराध गरेको दुःखद्घटनाहरु सार्वजनिक भईरहेको छ। हाम्रोपार्टी सहकारी क्षेत्रमा आर्थिक अनुसाशन कायम गर्न र जनताको सम्पत्ती डुब्न नदिन नेपाल सरकारले सशक्त अनुगमन र नियमन गर्न तथा आवश्यक कानूनहरुकोनिर्माण गरी दोषीलाई कारबाही गर्दै पीडितहरुलाई न्याय दिन जोडदार माग गर्दछ। यसै सन्दर्भमा हालसालै पोखरा, चितवन तथा देशका विभिन्न भागमा संचालित सहकारीहरुले बचतकर्ताहरुको अरबौं रकमको दुरुपयोग गरेकोप्रति यो बैठककोगम्भीर ध्यानाकर्षण भएको छ। यी र यस्तै प्रकारका सहकारी क्षेत्रमा गरिएका गैरकानुनी कार्यगर्ने संस्था तथा ब्यक्तिहरुलाई निस्पक्ष छानबिन गरी शिघ्रातिशिघ्र कानूनी कारबाही गर्न सरकारसँग माग गर्दछ।
४. विप्रेषण तथा पर्यटनको क्षेत्रमा आएको बृद्धिसँगै मुलुकको अर्थतन्त्रका सूचकहरुमा थोरैसुधारको संकेत देखिएको भएता पनि ब्यापारमा आएको गिरावटलेबैंकिङ कर्जा न्युन भई तरलतामा भएको बृद्धि पूँजी बजारमा देखिएको अस्थिरता मुद्रास्फितिलेउपभोक्ता र लगानीकर्ताहरु विश्ससनीय हुन नसकेको अवस्थालाई ध्यान दिई सरकारको बीत्त नीतिमा अझै सुधारको आवस्यकता रहेको देखिएको हुँदा यो बैठक उपभोक्ता र लगानीकर्ताहरुलाई उत्साही बनाउने तथा उत्पादन बृद्धि गर्ने गरी सरकारी वित्त नीतिमा परिमार्जन गरी अर्थतन्त्र चलायमान बनाउने दिशामा जान सरकारलाई आह्वान गर्दछ।
५. कृषकहरुले सरकारबाट पाउनु पर्ने दुधको भुक्तानी पाउन नसकेकोले कृषक तथा व्यावसायीहरुलाई निरास बनाएको देखिन्छ, जसले आन्तरिक अर्थतन्त्रमा सिथिलता ल्याएको छ। सो रकम तत्काल भुक्तानी दिने व्यवस्था गर्न यो बैठक जोडदार माग गर्दछ। साथै नेपालको कृषि क्षेत्रको सुधार गरी आत्मनिर्भर अर्थतन्त्रको निर्माण गर्न देशको आर्थिक बृद्धि गरी रोजगारी सिर्जना गर्न तथा व्यावसायिक कृषि अर्थतन्त्रको पूर्बाधार तयार गर्नका लागि नेपाल सरकारले जनताले उत्पादन गरेका उपजहरुको सरकारले तोकेको न्युनतम समर्थन मूल्यमा खरिद गर्ने, भण्डारण गर्ने, प्रशोधन, ब्राण्डिङ तथा बजारीकरण गर्ने व्यवस्था मिलाउन जोडदार माग गर्दछ। वर्तमान अवस्थामा बैकिङ कर्जाकोअनुपात हेर्दा कृषि कर्जाको अंश अत्यन्त न्युन देखिन्छ। कृषि क्षेत्रमा दिने कर्जालाई ब्यापक र सहज बनाउँदै कृषि क्षेत्रको आधुनिकीकरण र ब्यावसायिकीकरण गरी उत्पादन बृद्धि तथा बजारकिरणलाई उच्च प्राथमिकता दिन यो बैठक नेपाल सरकारसँग माग गर्दछ।
६. कुल गार्हस्थ्य उत्पादनको झण्डै एक चौथाई योगदान गर्ने विप्रेषणको उत्पादन तथा व्यावसायिक क्षेत्रमा लगानी गर्न बैदेसिक रोजगारबाट फर्किएकाहरुको दक्षता र क्षमताको समुचित प्रयोग गर्ने गरी उपयुक्त कार्यक्रम ल्याउन यो बैठक नेपाल सरकारसँग माग गर्दछ।
७. हाम्रो पार्टीले जनसरोकारका महत्वपूर्ण एजेण्डाहरुसहित गत २०८० को असोज १४ गते देखि २८ गतेसम्म नेपालको तराई भागका २३ जिल्लाहरुमा संचालन गरेको समाजवादी जागरण अभियानमा सो क्षेत्रका जनताले व्यापक सहभागिता जनाएको, दश हजारभन्दा बढी संख्यामा हाम्रो पार्टी प्रवेश गरेको र पार्टीको हौसला अभिबृद्धि गरेकोप्रति हार्दिक आभार प्रकट गर्दछ। यसै गरी अभियानको समाचार प्रकाशन गर्ने सचारकर्मीहरु तथा संचार गृह, सुरक्षा तथा अन्य व्यवस्थापनमा सहयोग गर्ने सरकारी निकाय, अभियानलाई सफल बनाउन अहोरात्र खट्नेपार्टी र जनसंगठनका विभिन्न तहका कमिटीहरु, यसमा सहभागी नेता तथा कार्यकर्ताहरु, अभियानको समयमा आफ्ना व्यावसायिक तथा जनजीवनका अनेकौं समस्यासमेत दर्शाउँदै सहयोग तथा सहकार्यको हात बढाउन आउनुहुने ब्यापारिक तथा सामाजिक संघ संस्थाहरु तथा व्यक्ति–व्यक्तित्वहरुप्रति हाम्रो पार्टी हार्दिक धन्यवाद ज्ञापन गर्दछ।
८. २०८० को कार्तिक महिनामा जाजरकोट, रुकुमपश्चिम, सल्यानलगायत कर्णाली र सुदुर पश्चिमप्रदेशका बिभिन्न भूभागमा शक्तिशाली भुकम्पगई धनजनको ठूलो क्षति हुन गएको भएकोप्रति यो बैठक गम्भीर दुःख व्यक्त गर्दछ। यस प्राकृतिक बिपत्तिमा परी जीवन गुमाउनुहनेहरुप्रति हाम्रो पार्टी भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ। घाईतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछ। सरकाले तदारुकताका साथ उद्दार तथा राहतका लागि प्रयास गरेको भएता पनि ती कार्यहरु अपर्याप्त रहेको र पीडित जनताको जीवन कष्टकर बनिरहेको, बाल, बृद्ध, सुत्केरी, दीर्घ रोगीहरुको स्वास्थ्य अवस्था झन् जटिल बन्दै गएको, दिनानुदिन बढिरहको चिसोले सम्पूर्ण जनजीवन नै कष्टपूर्ण बनेकोपरिस्थितिमा सरकारको तर्फवाट न्यानो तथा सुरक्षित आवास व्यवस्थापन गर्न तदारुकताको अभाव देखिएकोप्रति यो बैठक चिन्ता ब्यक्त गर्दछ र तत्काल विशेष कार्यक्रम ल्याई पीडितहरुको आवास, स्वास्थ्य, तथा भौतिक आवस्यकताहरुको यथाशिघ्र परिपूर्ति गर्न नेपाल सरकारसँग यो बैठक माग गर्दछ। यसैगरी यो बैठक हाम्रो पार्टी पंक्ति युवा संघ नेपाल, अनेरास्ववियू, अनेमसंघ, रिटर्नी नेपाललगायतका जनसंगठनहरुले भुकम्प पीडितहरुको घरघरमै गई उद्वार तथा राहतकार्यमा स्वयमसेवक भई मानवीय सेवा गरेकोमा हार्दिक धन्यवाद ज्ञापन गर्दछ। यसै गरी मानवीय सहयोगको लागि भूमिका निर्वाह गर्ने सबै संघ संस्था, राजनीतिक दल, मित्र राष्ट्रहरु, तदारुकताका साथ काम गर्ने नेपाली सुरक्षा निकाय, स्वास्थ्यकर्मीहरु र नेपाल सरकारका विभिन्न निकायहरुपति धन्यवाद ज्ञापन गर्दछ।
९. हाम्रो पार्टीले विभिन्न समयमा देशका आर्थिक तथा राष्ट्रिय महत्वका विविध विषय र समस्याहरु समाधान गर्नका लागि पार्टीको दृष्टिकोण सहितका मागपत्रहरु प्रधानमन्त्री समक्ष प्रस्तुत गरेकामा ती मागहरुको सम्बोधन गरी देशको आर्थिक अवस्थालाई सहजतातिर लैजान कुनै प्रयास नगरेकोप्रति यो बैठककोगम्भीर रुपले ध्यानमकर्षण भएको छ। यो बैठक देशका समस्याहरु समाधान गर्नका लागि हाम्रो पार्टीले सम्माननीय प्रधानमन्त्रीलाई पेश गरेका मागपत्रहरुको कार्यान्वयन गर्ने दिशामा गम्भीर बन्नका लागि नेपाल सरकारसँग जोडदार माग गर्दछ।
१०. चिनिया कम्युनष्ट पार्टीको निमन्त्रणामा मिति २०८० को कार्तिक महिनामा नेकपा (एकीकृत समाजवादी) को अध्यक्ष तथा पूर्व प्रधानमन्त्री कमरेड माधवकुमार नेपालको नेत्रृत्वमा १५ सदस्यीय प्रतिनिधि मण्डल चिन भ्रमणमा गई दुई कम्युनिष्ट पार्टीबीचको सम्बन्धलाई थप सुदृढ बनाएकोर भ्रमणको क्रममा भएका बहुआयामिक छलफलले दुई कम्युनिष्ट पार्टीको आपसी सम्बन्धलाई नयाँ उचाईमा लगेकोयो बैठक विश्वास व्यक्त गर्दछ। हाम्रो पार्टीलाई महत्वका साथ निमन्त्रणा गरेकामा चिनिया कम्युनिष्ट पार्टीलाई यो बैठक हार्दिक धन्यवाद ज्ञापन गर्दछ।
११. नेपाल र भारतबीचमा लामो समयदेखि बिभिन्न सरकारहरुले जलस्रोत तथा उर्जा विकासका लागि अनेकौं सम्झौता तथा समझदारीहरु गरेका छन्। हालसालै मात्र नेपालका प्रधानमन्त्रीले भारत भ्रमणको समयमा भारतले नेपालको दशौं हजार मेघावाट विद्युत खरिद गर्ने गरी समझदारी गरेको विषय सार्वजनिक भएको छ। नेपालको प्राकृतिक सोतको उपयोग गर्ने विषयमा भएका आजसम्मको सम्झौता तथा समझदारीहरु के कति छन्र कस्ता कस्ता सर्तहरुमा गरिएका छन्? सोको एकमुष्ट रुपमा नेपाली जनतालाई सुसूचित गर्नेगरी सत्यतथ्यको विवरण नेपाली जनतासमक्ष जारी गर्न यो बैठक नेपाल सरकारसँग माग गर्दछ।
१२. मुलुककोलिम्पियाधुरा, कालापानी, लिपुलेकलगायतका क्षेत्रहरुमा भएको अतिक्रमणको बिरोध गर्दै अतिक्रमित भूमि फिर्ता गर्न नेपाली जनताले दवाव बढाईरहेकोमा हाम्रो पार्टी यसमा ऐक्यबद्धता प्रकट गर्दछ। साथै सो क्षेत्र फिर्ता गराउन नेपाल सरकारले प्रभावकारी कदमहरु चाल्न जोडदार माग गर्दछ। यसै गरी अन्तर्राष्ट्रिय सीमाका धेरै ठाउँमा विवाद रहेको, दशगजा तथा नेपाली भूमिसमेत मिचिएको, सीमा स्तम्भहरुसमेत चलाईएको र एक सार्बभौम देशको भौगोलिक सीमासमेत यकिन गर्न नसकिएको अवस्थाप्रति यो बैठक गम्भीर चिन्ता ब्यक्त गर्दै नेपाल सरकारलाई नेपालको भूमि र सीमा रक्षा तथा व्यवस्थापन गर्न दृढतापूर्वक कदम चाल्न आह्वान गर्दछ।
१३. ईजरायलमा अध्ययन गर्न गएका नेपालका विपिन जोशी आज हमासकोलडाकू जमातको कब्जामा रहेको समाचार सार्बजनिक भईरहेकोछ। यो बैठक उहाँलाई सकुसल मुक्तगर्न प्यालस्टाईनी अधिकारीहरु समक्ष अपिल गर्दछ। साथैनिजलाई सकुसल नेपाल फिर्ता ल्याउन पहल गर्न नेपाल सरकार र अन्तर्राष्ट्रिय समुदायलाई अनुृरोध गर्दछ।
१४. ईजराईलकोप्यालेस्टाईनी भूमि गाजा क्षेत्रमा गरेको नृशंस आक्रमणप्रति यो बैठक निन्दा गर्दछ। उक्त आक्रमणबाट २०औं हजार प्यालेस्टाईनी जनताको मृत्यु भएको छ। पचासौं हजार जनता घाईते भएका छन्। लाखौलाख जनताहरु घरबारबिहिन भएका छन्, आठ हजार भन्दा बढी बालबालिकाहरु मारिईसकेका छन्, दशौं हजार नागरिकहरु बेपत्ता भएकाछन्। उक्त क्षेत्रमा औषधोपचार, खाद्य समाग्री, पिउने पानीलगायतको अत्यावस्यक सामग्रीहरुको आपूर्तिमा गम्भीर समस्थाहरु उत्पन्न भई मानवीय संकट उत्पन्न भएको छ। यो बैठक प्यालेस्टाईनी जनताको भूमि र सार्बभौमिकताको रक्षाको लागि संयुक्त राष्ट्रसंघद्वारा पारित प्रस्तावहरुप्रति समर्थन जनाउँदै उक्त क्षेत्रमा यथा शिघ्र युद्धबिराम गर्न आह्वान गर्दछ। त्यहाँ भईरहेको मानवीय संकट समाधान गर्न र मध्यपूर्व क्षेत्रमा दिगो शान्ति स्थापना गर्नका लागि आवश्यक पहल गर्न अनुरोध गर्दछ।
१५. संघीयताको कार्यान्वयन गर्न प्रदेशलाई अधिकार सम्पन्न गर्ने विषयमा समस्या देखा परी प्रदेशका मुख्य मन्त्रीलेसंघीय सरकारसमक्ष राखेका मागहरुलाई संविधानको भावनाअनुसार आपसी सम्वादको माध्यमबाट समाधान गर्न यो बैठक माग गर्दछ। यसै गरी नेपालको संविधानमा व्यवस्था भएको संघ र प्रदेश र स्थानीय तहका साझा अधिकारहरु हालसम्म पनि प्रयोग हुन सकिरहेको छैन। यसको लागि सरकारले तत्काल यस सम्बन्धि ऐनहरु ल्याउनको लागि यो बैठक माग गर्दछ।
१६. अन्तर्राष्ट्रिय बजारमा दूधको मूल्यमा आएको गिरावटले नेपाली दुग्धपदार्थ उत्पादन गर्ने किसानहरु आज निकै ठूलो व्यावसायिक संकटको सामना गरिरहेकाप्रति यो बैठक चिन्ता व्यक्त गर्दछ। खुला सीमानाका लाभ उठाई उद्योगीहरुले भारतीय बजारवाट सस्तो मूल्यमा दुध खरिद गर्ने र नेपाली उत्पादन खेर जाने अवस्था सिर्जना भएको छ। यो समस्याको समाधान गर्न र देशमा देखा परेको आर्थिक मन्दीले उपभोगमा आएको कमीलाई मध्यनजर गर्दै मूल्य समायोजन गरी उपभोगमा आकर्षण बढाउने नीति लिन र नेपालको सीमा कडाईका साथ नियमन गरी अनियमित रुपमा दुध आयात गर्ने कुरामा नियन्त्रण गर्न नेपाल सरकार समक्ष माग गर्दछ।
१७. मोरङ जिल्लाको पथरी सनिश्चरे नगर पालिका–१०मा रहेको जिरीखिम्तिको दलित बस्तिलाई छुवाछुतको कारण सामाजिक बहिष्कार गर्ने गरेको कुरा सार्बजनिक भएको छ। धनुषा जिल्ला, सबैला४ की सुनैनाकुमारी महरालाई सामुहिक बलत्कारको प्रयास भए छ। यसै गरी रौतहट जिल्लाको वृन्दावन नगरपालिकाका राजेश पासमानमाथि जातीय छुवाछुतकै कारणले कुटपिट गरिएको छ। केही महिना अघि सिरहा जिल्लाको भगवानपुर गाउँपालिकाका अध्यक्षले आफ्नी आमाको शुद्धी भोजमा दलित र गैर दलितका लागि अलग अलग साईनबोर्ड लगाएर सार्वजनिक रुपमा दलित समुदायमाथि भेदभाव गरेका थिए। यी र यस्तै प्रकारका असभ्य र अमानवीय र गैरकानूनी कार्यले नेपाली समाजलाई लज्जित बनाएको र दलित माथि भेदभाव गरिएकोप्रति निन्दा गर्दै यस प्रकारका कार्य रोक्नका प्रभावकारी कदम चाल्न नपाल सरकारसँग माग गर्दछ।
१८. संघीय, लोकतान्त्रिक गणतन्त्रमाथि आज विभिन्न कोणवाट हमला भईरहेको अवस्थाप्रति सचेत रहँदै यो बैठक सबै खाले पुनरुत्थानवादी विचार र कृयाकलापको राजनीतिक तथा वैचारिक रुपमा प्रतिवादगर्नु आवश्यक रहेको निष्कर्ष निकाल्दैयसका लागि सबै अग्रगमनकारी राजनीतिक शक्तिहरुबीच घनिभूत सम्वाद र सहकार्यको आवश्यकता रहेकोठहर गर्दछ।
१९. देशमा निर्वाध रुपमा बढिरहेको मूल्यबृद्धि र महंगीले जनताको दैनिक जीवन धेरैनै कष्टकर बनेको र नियन्त्रणका लागि सरकार प्रभावकारी नदेखिएको तर्फ बैठकको गम्भीर रुपले ध्यानाकर्षण भएको छ। यो बैठक नेपाल सरकारलाई तत्काल महंगी, कालाबजारी र मूल्य बृद्धि नियन्त्रण गर्न विशेष कार्ययोजनाका साथ प्रस्तुत हुन माग गर्दछ।
२०. नेपालकमा बनाईने कुनै पनि जल परियोजनाहरुबाट नेपालमा मात्र होईन तल्लो तटीय राज्य भारतमा पनि त्यसका फाईदाहरु सिर्जना हुन्छन्। तर, अहिले संसदमा प्रस्तुत विद्युत विधेयकले यस्ता फाईदाहरुको बारेमा नेपालको हीतलाई तीलाञ्जली दिने शंभावनाहरु देखिएको छ। राष्ट्रिय हितलाई सर्वोपरि राखेर मात्र ऐन बनाउन हाम्रो पार्टी नेपाल सरकारसँग जोडदार माग गर्दछ। धन्यवाद ।