छविराज ढकाल
पथरी शनिश्चरे । नेपाल कम्युनिष्ट पार्टी ( एकीकृत समाजवादी ) पार्टीकी केन्द्रीय सदस्य कृष्ण कुमारी विककी दिवंगत सासु स्वर्गीय वीरमायादर्लानको चीर शान्तिको कामना गर्दै शोकाकुल परिवारप्रति गहिरो समवेदना प्रकट गरेको छ ।
बिहीबार पथरीशनिश्चरे ७, किराती चोकस्थित स्वर्गीय वीरमाया दर्नालको घरमा पगेर फोटोमा पार्टीका पोलिटब्युरो सदस्य समेत रहनुभएका प्रदेश कमिटी सदस्यत्रय महेश रेग्मी, हर्क मान तामाङ र सेवन्त राज भण्डारी सहितले भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभएको हो। सो अवसरमा आयोजित एक शोकसभालाई सम्बोधन गर्दै केन्द्रीय कमिटी सदस्य चन्द्रमान तामाङले समाजको यात्रा निरन्तर जारी रहेको उल्लेख गर्नुहुँदै लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न अझै पनि सङ्घर्षशील रहनु पर्ने औँल्याउनु भयो।
संविधान सभाका सभासद् चण्डी प्रसाद राईले संचालन गर्नुभएको सो सभामा पार्टीका केन्द्रीय सदस्य, प्रदेश कमिटी सचिवालय सदस्य तथा मोरङ जिल्ला सह इन्चार्ज कृष्ण कुमारी विकले आफू र आफ्नो परिवारप्रति पार्टी र सिंगो पार्टी पंक्तिले आफूलाई पटक पटक दुःख र चोट पर्दा निरन्तर सहयोग र सहानुभूति पुर्याएको भन्दै कृतज्ञता दर्शाउनु भयो। सोही क्रममा पार्टीको केन्द्रीय , प्रदेश , मोरङ जिल्ला तथा पथरीशनिश्चरे नगरकमिटीका पदाधिकारीहरुको उपस्थितिमा दिंवगत आत्माको चिर शान्तिको कामना गर्दै १ मिनेट मौनधारण गरी समवेदना प्रकट गर्नुभएको थियो।
स्वर्गीय वीरमायाको ९६ वर्षको उमेरमा कार्तिक १८ गते बिहीबारका दिन स्वर्गारोहण भएको थियो। उक्त दुखद घडीमा पार्टीका पोलिटब्युरो सदस्य हर्क मान तामाङ र महेश रेग्मी ,केन्द्रीय सदस्य सेवन्तराज भण्डारी, केन्द्रीय सल्लाहकार सदस्य शम्भु शाह, मोरङ जिल्ला कमिटी अध्यक्ष चन्द्रवीर राई, मोरङ कमिटी इन्चार्ज हर्कमान तामाङ, जिल्ला कमिटीका उपाध्यक्षद्वय चण्डी प्रसाद राई र डा. उद्धव पोख्रेल , विराटनगर महानगरका अध्यक्ष विरेन्द्र शाह र सचिव हिरामाया दहाल , प्रदेश सदस्य मानवहादुर श्रेष्ठ , मान बहादुर लिम्बु, लगायतको उपस्थिति थियो।
पथरी शनिश्चरे नगरकमिटीको तर्फबाट पनि नगर अध्यक्ष तुलसी राम ढकालले समवेदना पत्र परिवारजनलाई प्रदान गर्नुभएको थियो।
त्यस्तै पथरीशनिश्चरे ०८ को सोमबारेमा ८१ वर्षको उमेरमा गत कार्तिक १६ गते निधन भएकी स्वर्गीय रूकमणी आचार्यको निवासमा पुगेर पोलिटब्युरो सदस्य महेश रेग्मी लगायतका दलका विभिन्न जनवर्गीय संगठनका नेता तथा कार्यकर्ताहरूले भावपूर्ण श्रद्धाञ्जली सहित समवेदना प्रकट गर्नुभएको थियो।
पथरी शनिश्चरे नगर कमिटीका सचिव देवेन्द्र वनेमलेसंचालन गर्नुभएको शोक सभामा नगरकमिटीका अध्यक्ष तुलसी ढकाल, उपाध्यक्ष कर्ण परियार, समेतको उपस्थिति थियो।