काभ्रेपलान्चोक । नेकपा ( एकीकृत समाजवादी ) निकट समाजवादी सहकारी संगठन काभ्रे जिल्ला कमिटी गठन भएको छ । शनिबार बनेपामा पार्टी कार्यालयको सभाहलमा भएको भेलाले बुद्धवीर लामा अध्यक्ष रहेको १३ सदस्यीय समाजवादी सहकारी संगठन जिल्ला कार्य समिति गठन भएको हो ।
समितिको सचिव राजन कुँवर चयन हुनु भएको छ भने सदस्यहरु सुनिता दाहाल ,पार्वती बजगाँइ ,सुकदेव केसि , डि के कार्की , जगन्नाथ श्रेष्ठ , गोवर्धन श्रेष्ठ ,रामेश्वर दाहाल , अर्जुन आचार्य , राम प्रसाद श्रेष्ठ , नारायण लम्साल र गणेश प्रसाद नेपाल कार्य समितिमा रहनु भएको छ।
समाजवादी सहकारी संगठनका उपाध्यक्ष भरत श्रेष्ठको प्रमुख आतिथ्यतामा महासचिव देवराज न्यौपाने र नेकपा एकीकृत समाजवादीका काभ्रे जिल्ला अध्यक्ष बसुन्धरा हुमागाईंको आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो ।
नवनिर्वाचित पदाधिकारीहरुलाई केन्द्रीय महासचिव देवराज न्यौपानेले पद तथा गोपनियताको शपथ ग्रहण गराउनु भएको थियो । समाजवादी सहकारी संगठन काभ्रे गठन भएकोमा शुभकामना दिदै उपाध्यक्ष भरत श्रेष्ठले यो संगठनको सहकारीले अन्य संगठनको जस्तो जनतालाई मर्का पर्ने गरि वित्तीय कारोवार नगर्ने बताउनु भयो । उहाँले भन्नू भयो , जनता मर्कामा छन् , वित्तीय जोखिम बढेको छ। लोन लिने दिने दुवै पक्षलाई अफ्ट्यारो छ। हामीले जनताको हितमा हुनेगरि काम गरौ , हामी बजारमा विक्ने छौ ,उहाँको भनाइ थियो ।
पच्चीस सदस्यीय जिल्ला कार्य समिति रहने कमिटीमा जिल्लाका १३ वटै पालिका बाट पदाधिकारीहरु थपिने छ।