काठमाडौं । नेकपा ( एकीकृत समाजवादी ) ले मौसम परिवर्तन सँग हुने विभिन्न प्रकारका मौसम जन्य रोग र समस्याबाट बच्न सचेत गराएको छ ।
एकीकृत समाजवादीले देशभर तापक्रम बढे सँगै तराईका जिल्लाहरूमा तातो हावा लु चल्न सक्ने सम्भावना रहेको नेपाल सरकार जल तथा मौसम विज्ञान विभागले प्रक्षेपण गरे सँगै पार्टीका सम्पूर्ण नेता, कार्यकर्ता एवं पार्टी सदस्यहरूले यसलाई कर्तव्यका रुपमा बुझी व्यापक प्रचार प्रसारमा जुट्न र छर छिमेकमा सहयोग गर्न स्वयंसेवकका रुपमा सक्रिय हुन अनुरोध गरेको छ ।
मौसम जन्य समस्याबाट बच्न र बचाउन आफ्ना पार्टी पंक्ति र सरोकारवालाहरूलाई पार्टीले यसरी स्वास्थ्य अपिल मार्फत सन्देश दिएर सचेत गराइएको हो । पार्टीका उपमहासचिव तथा कार्यालय सचिव डा.गंगालाल तुलाधरले अपिल मार्फत स्वास्थ्य सन्देश सार्वजनिक गर्दै नेता तथा कार्यकर्ताहरूलाई त्यस्ता सामाजिक कार्यमा जुट्न समेत निर्देशन गर्नुभएको छ ।
सन्देशमा भनिएको छ राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रले पनि स्वास्थ्यमा पार्न सक्ने असरका बारेमा सचेत हुन र सुरक्षाका उपायहरू अपनाउन जारी गरेको अपिल पठाइएको छ ।
नेपाल सरकार जल तथा मौसम विज्ञान विभागले देशभर तापक्रम बढे सँगै तराईका जिल्लाहरूमा तातो हावा लु चल्न सक्ने सम्भावना रहेको प्रक्षेपण गरे सँगै र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रले पनि स्वास्थ्यमा पार्न सक्ने असरका बारेमा सचेत हुन र सुरक्षाका उपायहरू अपनाउन जारी गरेको अपिल पठाइएको छ ।
मिति - २०८०/०२/२९
सचेत रहन अनुरोध
प्रिय कमरेडहरू,
नेपाल सरकार जल तथा मौसम विज्ञान विभागले देशभर तापक्रम बढे सँगै तराईका जिल्लाहरुमा तातो हावाु लु चल्न सक्ने सम्भावना रहेको प्रक्षेपण गरे सँगै र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रले पनि स्वास्थ्यमा पार्न सक्ने असरका बारेमा सचेत हुन र सुरक्षाका उपायहरु अपनाउन जारी गरेको अपिलहरु कमरेडहरु समक्ष पठाइएको छ । पार्टीका सम्पूर्ण नेता, कार्यकर्ता एवं पार्टी सदस्यहरुले यसलाई कर्तव्यका रुपमा बुझी व्यापक प्रचार प्रसारमा जुट्न र छर छिमेकमा सहयोग गर्न स्वयंसेवकका रुपमा सक्रिय हुन अनुरोध गर्दछु ।
डा.गंगालाल तुलाधर
उपमहासचिव तथा कार्यालय सचिव
नेकपा ( एकीकृत समाजवादी )