काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले राष्ट्रियता संकटमा परेको बताउनुभएको छ ।
समाजवादी प्रेस संगठनका नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्हरुलाई बधाई तथा शुभकामना दिन नेकपा एकीकृत समाजवादीको प्रचार विभागले सोमबार आयोजना गरेको कार्यक्रममा अखण्ड भारत नक्शाप्रति देशवासी सबैले आपत्ति जनाउनुपर्ने बताउनुभयो । भारतको नयाँ संसद भवनमा राखिएको अखण्ड भारत नक्शाको अहिले पाकिस्तान र बंगलादेश लगाउतका मुलुकमा विरोध भइरहेको छु उहाँले भन्नुभयो त्यो नक्शाको नेपालमा पनि देशवासी सबैले आपत्ति जनाउनुपर्छ । सांस्कृति नक्शा रे, के हो सांस्कतिक नक्शा रु भारतले आफूलाई धर्म निरपेक्ष मुलुक भनेको छ । अनि कुन साास्कृतिक नक्शा हो त्यो । राष्ट्यिता संकटमा छ ।
पूर्वप्रधानमन्त्री खनालले मुलुकमा यतिखेर पूँजीवादी र समाजवादी पत्रकारिता रहेको उल्लेख गर्नुभयो । गणतन्त्र आउनुअघि मुलुकमा सामान्ती र क्रान्तिकारी पत्रकारिता थियो । २०६२, ०६३ को आन्दोलनपछि पत्रकारिताको स्वरुप पनि परिवर्तन भएको छु उहाँले भन्नुभयो मुलुकमा अहिले पूँजीवादी र समाजवादी दुई खाले पत्रकारिता छ । पूँजीवादी पत्रकारिताले पूँजीवादीहरुको पक्षपोषण गर्छ । पूजीवादी पत्रकारिता दलालहरुको स्वार्थ अनुकूल चल्छ । त्यसले पत्रकारितामा प्रोपगाण्डा मच्चाउँछ । पूजीवादी पत्रकरिताले समाजमा जथाभावी गरिरहेको छ । तर समाजवादी पत्रकारिता श्रमजीवीको, श्रमिकहरुको पक्षमा क्रियाशील हुन्छ ।
पूर्वप्रधानमन्त्री खनाललले पार्टी निकट पत्रकारहरुलाई समाजवादी पत्रकारिताको धारलाई सशक्त पार्दै राष्ट र राष्ट्यिताको पक्षमा अडिक भएर लाग्न निर्देशन दिनुभएको छ ।
तपाइँहरुले समाजवादी पत्रकारिता अंगिकार गर्नुपर्छ । समाजवादी धारलाई सशक्त पार्दै, खारिलो ढंगले, निशानायुक्त ढंगले अगाडि बढाउनुपर्छु उहाँले भन्नुभयो( देशको सीमा मिचिएका छन् । सिमानामा आवाज उठाउनुपर्ने छ । समाजमा हिजो सामान्ती शोषण थियो , आज पूँजीवादी शोषण छ, बैंकले, लघुवितले विभिन्न बाहनामा, विभिन्न शैलीमा शोषण गरिरहेका छन् । मिटरब्याजबाट शोषण भइरहेको छ । कलमको माध्यमबाट त्यस्ता गतिविधिको भण्डाफोर गर्नुस् ।नेता खनालले भन्नुभयो ।