काठमाण्डौं । नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य दिलु पन्तको शब्द रचनामा गणतन्त्र दिवस २०८० को उपलक्ष्य तातो तातो गोली सार्वजनिक भएको छ ।
युटुव च्यानल मार्फत सार्वजनिक भएको उक्त गीत गणतन्त्र दिवसको अवसर पारेर आज सार्वजनिक भएको हो । लोकप्रिय गायक शिशिर योगी को स्वर, लोकप्रिय संगीतकार बि. बि. अनुरागीको सङ्गीतमा नेतृ दिलकुमारी पन्तको शब्द रचनामा तातो गोली नामक युटुव च्यानल मार्फत गीत सार्वजनिक भएको हो ।
गीतको सार्वजनिक गर्दै रचनाकार पन्तले आफ्नो सामाजिक सञ्जालमा लेख्नु भएको छ - २०६२ ०६३ मा भएको जन आन्दोलनकै मैदानमा लेखिएको उक्त गीतलाई अहिले सार्वजनिक गरिएको हो । जति बेला शहीद भिमसेन दाहालको छातीमा गोली लागि मेरै आँखा अगाडि ढल्नु भएको थियो अनि आफैलाई स्पर्श गरि वारपार हुने गरी टियर ग्यास सँगै मडारिएर आउने ताता गोली जनता माथि बर्सियो सडकमा आम जनताबाट गणतन्त्रको नारा बुलन्द र घना हुँदै थियो मलाई लाग्थ्यो ती गोलीहरूले मेरो छाती पनि चिरोस् तर क्रान्तिको आगो निभ्न दिने छैन यो कसम मेरो मात्र थिएन आम महिला, युवाहरू साथै मजदुर लगायत परिवर्तनकामी आम जनसमुदायको थियो कविताको रुपमा मैले उक्त समाग्रिलाई लोकप्रिय गायक तथा संगीतकारहरुले भिडियो सम्पादन सार्वजनिक गर्न सहयोग गर्नुभएको सवै प्रति धन्यवाद दिन चाहन्छु ।
उक्त गितको सार्वजनिक भएसँगै लेखक साहित्यकार धनराज वास्तविक लेख्नुहुन्छ जतिबेला एकात्मक राज्यसत्ताको विरुद्ध सडकमा आन्दोलन जारी थियो। त्यही बेला नेत्री पन्तले ले सडकबाटै रचना गर्नु भएको यो गीतको सान्दर्भिकता अझै पनि जिउँदै छ। व्यवस्था सतहमा मात्रै बदलिएको हो।
समाजको अन्तर कुन्तरमा रहेका नश्लवादी, जातिवादी, पक्षपाती चरित्र र प्रवृत्तिहरूको समूल अन्त्य गर्न बाँकी छ। त्यसैले जस्तो सुकै परिस्थितिमा पनि लड्नुपर्छ। गोली लाग्दा पनि छातीहरू दुख्नु हुन्न। चुनौतीलाई सामना गर्दै अघि बढ्नुपर्छ। कदमहरू रोक्नु हुन्न। हामीले यस्तै गीत गाउँदै सङ्घर्षपूर्ण यात्राबाट गणतन्त्र ल्याएका हौं।
गणतन्त्र निरोधी अभिव्यक्तिलाई खारेज गरौं । कम्युनिस्ट नेता गीतकार दिलु पन्त सहित गायक ,संगीतकार , सम्पादक सबै प्रति हार्दिक बधाई दिन चाहन्छु ।
(2557) तातो गोली TATO GOLI by Shishir Yogi, Dilu Panta, B.B. Anuragee New Nepali Song 2023/2080 - YouTube