काठमाडौँ। नेकपा ( एकीकृत समाजवादी ) सम्वद्ध राष्ट्रिय जनसांस्कृतिक महासंघ, समाजवादीले भ्रष्टाचारविरूद्ध ‘सडक सांस्कृतिक कार्यक्रम’ को गरेको छ ।
आइतबार राजधानीको असनमा भएको कार्यक्रममा ख्याति प्राप्त जनकालाकारहरूले आफ्ना प्रस्तुति गरेका थिए ।
कार्यक्रममा कलाकारहरुले खासगरी नक्कली भुटानी शरणार्थी प्रकरण, भ्रष्टाचार र देशद्रोहका विरुद्ध गीत संगीत साहित्य प्रस्तुत गरेको आयोजक संस्था राष्ट्रिय जनसांस्कृतिक महासंघ, समाजवादीका अध्यक्ष कृपाराम शर्मा धमलाले बताउनु भयो ।
आइतबार दिउँसो ३ बजे बाट भएको कार्यक्रमको प्रमुख अतिथि पार्टीका उपमहासचिव तथा मोर्चा फाँट प्रमुख डा. विजय पौडेल रहनु भएको थियो ।
कार्यक्रममा विशेष अतिथिको रुपमा पार्टीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले भ्रष्टाचार जस्तो अपराधको विरुध्दमा कुनै पनि पार्टी नभनि आम जन समुदायको जागरुकता हुनुपर्ने बताउनु भयो ।
कार्यक्रममा जनगायकहरु ऋषि अधिकारी, कृष्ण आाँशु विक , भीमसेन खतिवडा, अष्ट लामा, राजेन्द्र दतराज,मिनाश्री लुंगेली , नवराज ढुँगाना,पहलसिङ परियारले आ आफ्ना प्रस्तुति गर्नु भएको थियो भने डा बालचन्द्र मिश्र, आर सि अधिकारी लगायतले कविता प्रस्तुत गर्नु भएको थियो । पार्टीको मोर्चा संगठनले मंगलबार माइतिघर मण्डलामा भ्रष्टाचार विरुद्ध जनप्रदर्शन गर्ने भएको छ ।