काठमाडौं । समाजवादी प्रेस संगठन नेपाल काठमाडौंको अध्यक्षमा भिमबहादुर लामा चयन हुनु भएको छ ।
शनिबार नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोक नगरमा आयोजना भएको प्रथम जिल्ला अधिवेशनबाट सर्वसम्मत रूपमा लामाको नेतृत्वमा ११ सदस्यीय जिल्ला कार्य समितिको चयन गरिएको हो ।
नवनिर्वाचित कार्यसमितिका उपाध्यक्षमा लक्ष्मी चौलागाँइ र रुपचन्द्र महर्जन, सचिव योगेन्द्र चौलागाँइ, सहसचिव गणेश विक र बद्री चौलागाँइ, कोषाध्यक्ष सुरज पाख्रिन तथा सदस्यहरुमा डिगबहादुर श्रेष्ठ, स्यारोनघिसीङ लगायत निर्वााचित हुनुभएको छ । त्यस्तै संगठनको राष्ट्रिय अधिवेशनका लागि ८ जना केन्द्रीय पार्षद समेत चयन गरेको छ ।
नेकपा एकीकृत समाजवादीका उपमहासचिव तथा नेपाल सरकारका भौतिक पूर्वाधार एवं यातायातमन्त्री प्रकाश ज्वाला प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो ।
कार्यक्रममा बोल्दै मन्त्री ज्वालाले नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि पत्रकारको महत्वपूर्ण योगदान रहेको बताउनु भयो ।
अधिवेशनले पत्रकारहरूको वृत्तिविकास र हक हितका लागि, सुचना विभागले प्रेस स्वतन्त्रता माथि लगाउन खोजेको अंकुश, न्युनतम पारिश्रमिक निर्धारण, विज्ञापन बोर्डको पछिल्लो निर्णयहरूको विरोध गर्दै ध्यानाकर्षण गराउने प्रस्तावसमेत पारित गरेको छ ।
अधिवेशनमा समाजवादी प्रेस संगठनका केन्द्रीय अध्यक्ष शम्भु श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष विश्वमणी सुवेदी उपाध्यक्षहरु राजेन्द्र कुँवर, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य तथा समाजवादी प्रेस संगठनका उपाध्यक्ष शान्तराम विडारी लगायत एकीकृत समाजवादीका नेता तथा कार्यकर्ताको उपस्थिति थियो ।