काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले नेकपा एमालेका नेताहरूलाई आफ्नो पार्टीभित्र रहेका गलत प्रवृत्तिलाई पहिचान गर्दै पार्टीको लोकतान्त्रिक रूपान्तरण गर्नका लागि अग्रसरता लिन अपिल गर्नुभएको छ ।
३० औँ मदन-आश्रित दिवसको अवसरमा नेकपा एकीकृत समाजवादीले केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले यति गरे मात्र मदन भण्डारी र जीवराज आश्रितलाई गरेको सम्मानको अर्थ रहने बताउनु भएको छ ।
व्यक्तिवादको महारोगले सिङ्गो कम्युनिस्ट आन्दोलन ग्रसित रहेको बताउँदै अध्यक्ष नेपालले वैचारिक शुद्धिकरणको अभियान नै चलाउनुपर्ने बताउनु भयो । आज नेपाल कम्युनिस्ट आन्दोलन ठुलो चुनौतीको बीचमा उभिएको र त्यसलाई कसरी अघि बढाउने भन्ने जिम्मेवारी आफ्नो पाटीको काँधमा आइपुगेको बताउनु भयो ।
उहाँले यतिबेला नेताहरू सबै भ्रष्टाचार गर्न प्रतिस्पर्धा गरिरहेकोमा चिन्ता व्यक्त गर्दै अध्यक्ष नेपालले भन्नुभयो , ‘के कांग्रेस, के कम्युनिस्ट, कुनै दर्शनले काम गरेको छैन । एउटै दर्शन छ - पैसा कमाऊ, जनतालाई लुट । यस्तो प्रवृत्ति व्याप्त छ । नेपालको कम्युनिस्ट आन्दोलनलाई भ्रष्टीकरणको प्रवृत्ति र व्यक्तिवादी प्रवृत्तिबाट जोगाउने चुनौती रहेको उहाँको भनाई छ ।
नेता नेपालले मदन भण्डारीलाई दूरदृष्टि भएको नेता र जीवराज आश्रितलाई कुशल संगठकको रूपमा स्मरण गर्दै , ‘नेपालको राजनीतिमा मदन भण्डारीको अत्यन्त महत्त्वपूर्ण भूमिका रहेको छ । नेपालको कम्युनिस्ट आन्दोलनलाई लोकप्रिय र बलियो बनाउनका लागि उहाँहरूले खेलको भूमिका अविस्मरणीय रहेको छ । त्यसैले हामीले मदन भण्डारीलाई कहिल्यै पनि बिर्सन सक्दैनौँ । आश्रितले तत्कालीन पार्टीलाई अगुवाइ गर्न ठुलो भूमिका खेल्नु भयो ।’
‘मृत्यु पनि मान्छे पिच्छे फरक पर्दो रहेछ, जनताको छोरो मर्दा देश रुँदो रहेछ,’ भन्दै अध्यक्ष नेपालले, ‘तर हामीले शोकलाई शक्तिमा बदल्यौँ । उहाँको मिसनलाई अघि बढाएर लैजाने सङ्कल्प गर्यौँ ।’यस सन्दर्भमा समग्र पार्टी नेता र शाषकहरुकोलोकतान्त्रिकीकरण जरुरी रहेको उहाँले बताउनु भयो ।
“नेपाल भ्रष्टाचरमा चुर्लुम्म डुबेको छ, के कम्युनिस्ट, के कांग्रेस, भ्रष्टाचार गर्ने कुरामा लगभग प्रतिस्पर्धा भइरहेको छ । त्यहाँ कुनै दर्शनले काम गरिरहेको छैन, एउटै दर्शन छ- पैसा कमाऊँ, जनतालाई लुट ।
एउटै प्रवृत्ति व्याप्त छ,” उहाँले भन्नुभयो , “त्यसैले नेपालको राजनीतिलाई कसरी भ्रष्टीकरणबाट जोगाउने, नेपालको कम्युनिस्ट आन्दोलनलाई कसरी भ्रष्टीकरणबाट जोगाउने ? यो ठूलो चुनौती हाम्रोसामु विद्यमान छ । कम्युनिष्स् पार्टीभित्र दिक्कलाग्दो अवस्था ‘म’बाट सुरु हुन्छ, व्यक्तिवादी प्रवृत्तिबाट । यस्तोमा वैचारिक शुद्धीकरण अभियान चलाउनुपर्छ ।”
पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपालको राजनीति र व्यवस्था परिवर्तनमा जननेता भण्डारीको महत्त्वपूर्ण भूमिका रहेको बताउनुभयो ।
उहाँले २०४६ सालको आन्दोलनमा जननेता भण्डारीकै योजनामा सफल भएको भन्दै ‘नेपालको राजनीतिमा मदन भण्डारीको अत्यन्तै महत्पूर्ण भूमिका रहेको छ’ उहाँले भन्नुभयो ।
अध्यक्ष नेपालले जननेता भण्डारीले जनताको बहुदलीय जनवाद (जबज) प्रतिपादन गरेर कम्युनिष्टहरुलाई लोकतान्त्रिक बाटोमा अवतरण गराएको स्मरण गर्दै ‘कम्युनिष्ट आन्दोलनलाई बलियो बनाउन, कम्युनिष्ट आन्दोलनलाई उचाइमा पुर्याउन मदन भण्डारीको महत्पूर्ण भूमिका छ’ उहाँले भन्नुभयो– कम्युनिष्टहरुले उहाँको योगदानलाई कहिल्यै बिर्सनु हुँदैन ।’
जननेता भण्डारी र एमालेका तत्कालीन संगठन विभाग प्रमुख जीवराज आश्रितको रहस्यमय दुर्घटनामा भएको निधन मुलुक, राजनीति, लोकतान्त्रिक पद्धति र कम्युनिष्ट आन्दोलनकै लागि दुखद् भएको भन्दै ‘कम्युनिष्ट आन्दोलनलाई उचाइमा पुर्याउन र मुलुकमा लोकतान्त्रिक पद्धति स्थापित गर्न सक्रिय भइरहेकै बेला दासढुंगामा भएको रहस्यमय जीप दुर्घटनामा उहाँहरुको निधन भयो, जुन देशको लागि, कम्युनिष्ट आन्दोलनको लागि र लोकतन्त्रकै लागि ठूलो क्षति हो ’ उहाँले भन्नुभयो ।